भगवानले आँसु झार्न थाले

वायुमा हावा दुषित हुन लागे
हिमालमा हिउँ पग्लीन थाले ।

जङ्गल रुखहरु ढालिन लागे
डाँडामा हरियाली मासिन थाले ।

उडी जाने चरीहरु
यत्रतत्र भाग्न थाले ।

जमीन सब भासिन लागे
पृथ्वीको खाँबो हल्लीन थाले ।

घरबार खोज्दा आँगन छैन
खेती गर्न भूमि छैन
किसानहरु बिचल्लित हुन थाले ।

सभ्यतामा जिउनेहरु
पिल्सि पिल्सि बाँच्न थाले ।

मरिजाने दुई दिनको चोला
घमण्डले मानव फुल्न थाले ।

अब न्यायालयमा न्याय छैन
शक्ति र पैसामा न्याय किन्न थाले ।

मानवको झूठा कर्तुत देखेर
भगवानले बलिन्द्र आँसु झार्न थाले ।

Add a Comment

Your email address will not be published. Required fields are marked *