रगत

बसु श्रेष्ठ

डर लाग्छ साथी

यहीं कतै देख्छु रगत

मात्र एक थोपा आफ्नोको

आफन्तको

तर

बग्छ रगत खुद आफ्नै

दिन,महीना, बर्षौ लगातार

हुँदिन बिचलित कत्ती पनि म !

किनकी

थाहा छ मलाई

यो रगतको नदीमा

विष होइन

नवजिवन को अमृत लुकेको छ

प्रवाह -यसले जब जब लिन्छ उग्र रुप

तोडेर बाँध हाड छालाको

सुरीलो रूवाई धुनमा

परिवर्तीत हुन्छ !

तब

बिर्सन्छ सारा पीडा यसले

लिन्छ एक नयॉं अवतार

रूढिवाद समाजलाई

लल्कार्न आतुर

तर्साउन तप्तर रहन्छ

तोडेर परिधी बाधँ बढ्छ अघी

त्यसैले

तिमी न सम्झ कमजोर !

हे समाज

यो पीडा बोकी बगेको रगतलाई

मेहनत पसिनामा मिसिएको रगतलाई

युद्ध मैदानमा बगेको रगतलाई

दु:खीको आशुँ साथ बहेको रगतलाई

तिरस्कारले दिएको रगतलाई

घातमा पाएको रगतलाई

बन्छ बलीयो हतियार

प्रतिशोध र बदलामा

कुर्लीदै, उर्लिंदै आरनमा रापिएर

बिनाश कारक बन्नेछ

नहेप तिमी

यो रगतलाई !

Add a Comment

Your email address will not be published. Required fields are marked *