गजल

रातभरी यो मनमा , ऐठन परेछ
पिरतीले त्यो मनमा, डेरा सरेछ

नहुनु र नटुट्नु थियो, मायाको गाँठो
लोभमा परी, मायालुले के- के गरेछ

अब परेछ मुटुमा, जति चोट सारा
मेरो आँखामा, उसले रोदन भरेछ

बिचैमा छाडी उसले, भयौं वारी-पारी
संगै तर्ने खोला, अब आँफैले तरेछ

बिलाई नभमा, भयो आकाश उज्यालो
नपोल्ने घामको, रवि प्रकाश छरेछ

Add a Comment

Your email address will not be published. Required fields are marked *