जर्ज फोयर्डको बयान
|स्वेत प्रहरी मालिक !
म कालो जर्ज फोयर्ड
तिमीले आफ्नो गाड़ी मुनि लडाएर
तिम्रै घूँड़ाले
मेरो स्वासनली अठ्याउँदा
कैंयौं पल्ट मैले अनुरोध गरें
सास फेर्न गाह्रो भो’
कैंयौं पल्ट बोलाएँ
मेरो अन्तिम समय आयो
गरें हृदयदेखिको आर्तनाद
आमा ! आमा !! आमा !!!
मृत्यु भएकी मेरी आमाले नसुनेपछि,
स्वेत प्रहरी हजुर तपाईंलाई नै
मैले बिन्ती गरें
मलाई बचाऊ
मलाई बचाऊ
स्वेत छालाका मालिक !
म मर्न लागें
सास फेर्न सकिन
मलाई माफ गर्नुहोस् ,
म मर्न लागें
मेरो गर्धन अट्याउन छोड्दिनुहोस् ।
मेरो कालो छाला
यो देशको लागि अभिशाप रहेछ
हाम्रा पुर्खाले तिम्रो सेवा गरेकोले
हाम्रा पुर्खा तिम्रो दास भएक़ाले
हामी पनि सँधै हज़ुरको दास रहेछौं
नागरिकता मात्र अमेरिकी रहेछ
देश मात्र स्वाधीन र स्वतन्त्र रहेछ
रंग र वर्ण विभेद
बन्दूक र पाखुरा हुनेका लागि रहेछ
तर हामी काला जाति
तिम्रो बन्दूकका नालको निशानी
तिम्रो मुट्ठीको ताकत
तिम्रो पैतला मुनीको धुलो
हाम्रो श्वासनलीको के मूल्य
अझै पनि हामी दास नै रहेछौं !
मालिक !
तिम्रो पाखुरामा भिरेको बन्दूकको नालले
मलाई मुकदर्शक बनेर हेरि मात्र रह्यो
त्यो बन्दूक त
तिम्रो सुरक्षाका लागि मात्र रहेछ
तिम्रो हत्केलाले मलाई थिचिरह्यो
नाकबाट रगत बगीरह्यो
शरीर छटपटाइ रहयो
हज़ुर हाँसी रहनु भयो ।
डाक्टरले भने जर्जको मुटुको चाल छैन
तैपनि मालिक हज़ुरले मेरो घाँटी छोड्नु भएन
सबैले भने जर्ज मर्यो
तैपनि हज़ुरले छोड़्नु भएन
स्वेत मालिक !
कालो हुनु नै
तपाईंको मुट्ठीमा निसासिएर मृत्युवरण गर्नु पर्ने हो र ?
कालो हुनु
यो स्वाधिन अमेरिकामा
यो स्वतन्त्रताको प्रतिक
स्ट्याचु अफ लिबर्टीको काखमा
अभिशाप रहेछ
स्वेत छालाका मालिक
मेरो यो बयानमा भन्नु केही छैन-
तिम्रो अमेरिकामा तिमीलाई शुभकामना !