कोरोनाभाइरस/कोरोना संक्रमणको दीर्घकालीन डर

मानव सभ्यताको उदय कालदेखि मानव र प्रकृतिको बीच संघर्ष हुदै आएको छ। यसमा जहिले पनि मानिसले प्रकृतिलाई जिम्मेवार ठहराउने कुनै किसिमको कसर बाँकी राखेको छैन।

सभ्यताको अनुसार हरेक दश वर्षलाई युग परिवर्तनको नाम दिइन्छ तर गम्भीर विश्लेषण गर्दा मानिसलाई नै जिम्मेवार ठहर्याउँछ र त्यो जिम्मेवारी भौगोलिक प्रवेश अनुसार राजनीतिलाई पनि संघर्षको बाटोमा लाग्न केहि बढी बेर लाग्दैन विज्ञानले जहिले पनि नयाँ अविष्कारहरु आफ्नो विभिन्न क्षेत्रमा गर्दै आएको छ। तर प्राकृति स्वतन्त्र हुँदैन यसको नियन्ता मानिस नै हुन्छ र राजनीतिले यसलाई भौगोलिक प्रवेशको रुपमा विभाजित गरेको हुन्छ जसले गर्दा राज्यहरु विकसित भई विभिन्न राजनीति आदर्श र मूल्य मान्यतामा सभ्यतालाई लिएर आउँदै गरेको छ।
राज्यहरु बने राजनितिक स्वरुपहरु निर्धारित भए र राज्यले मानिसको सम्पूर्ण आवश्यकताहरुलाई विकसित, विकासशील, अल्पविकसित र अलिअलि विकासको क्रममा आफ्नो सभ्यतालाई साथै लिएर जाँदै गरे जसले गर्दा आर्थिक दृष्टिकोणले राज्यहरुको अस्तरविभाजित हुदै गए।

विकसित भएको राष्ट्रहरु मानवीय सभ्यताको हरेक आएमलाई स्पर्श र उपयोग गर्दै जादै गए र यसले गर्दावैज्ञानिक अविष्कारहरु विकासको हरेक आएम जस्तै आर्थिक, सामाजिक, राजनितिक, विकसित, अविकसित,स्वरुपहरुको आधार लिदै अगाडी बढ्दै गए ।

यसमा खासगरी विकसिल देशहरू, छिटो विकासको प्रयासमा अरु क्षेत्रहरुमा जेजति विकास गरे गुण अवगुणको परवाह गरेन तर आधुनिक युगमा प्रवेश गर्नेवित्तिकै स्वस्थ जीवनको सन्दर्भमा मानवीय जीवनको कुनै परवाह नगर्दै यसता यसता प्रयोगहरु गर्दै गए जसले निर्माणकर्तालाई नई असभ्य साबीत गरे औंलामा गन्तीगरेका विकसित राष्ट्रहरु र तथाकथित विकसित हुने राष्ट्रहरु समेत शंका स्पध अवस्थामा रमाउँदै अझ मानवको लागि ब्रह्माण्डथ्रकाउने जीवन र मृत्युको आपाधापीमा विगतका श्रापहरु बाहेक कोरोनाभाइरस ( कोरोना संक्रमण ) जस्ता अहिलेसम्म बुझ्न र उपाय गर्न् कुनै निश्चित बाटो प्राप्त गर्न् सकेको छैन, दुनिया हैरान छ।

एकले अर्कालाई गाली गर्दै छन्। गाली गर्नेहरु देश नभई सो देशका मानीसहरु नै छन्। अब जीवन माथि नै ठूलो प्रश्न चिन्ह आइसके को हुनाले एक अर्का माथि दोषारोपण गर्दै बहसको पटाकक्षेप गर्न सकेको छैन बहस जारी छ निश्कर्षमा पुगेको छैन । स्थिति र परिस्थिति पर्खी राहेको छन् । अथ: निश्कर्षमा प्रकृति यदि मानव प्रकृति माथि कृपालु हुँदैनभने भविष्य जान्न ज्योतिषि बोलाउनु पर्छ र आकाशवाणीको प्रतिक्षा गर्नुपर्छ।

यो एक सामान्य जनताको रूपमा मेरो सामान्य परिप्रेक्ष्य हो जुनसँग परिस्थिति अझ राम्रो हुनको लागि पर्खनु बाहेक अरू कुनै मद्दत छैन।

ईमेल:- chayudr@yahoo.com

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *