भृकुटी र सीताले के भन्लान् ?
|
भान्जाहरू नहेप मामालाई
भृकुटी र सीताले के भन्लान् ?
चीन र भारत दुइटा आँखा नेपाल सानो नानी
आँखाहरू किन मिच्छन्? नानी जानी–जानी ।
चीन र भारत करङ भए हिमवत्–खण्ड
दुवैलाई अड्याउने नेपाल मेरुदण्ड ।।
भान्जाहरू नहेप मामालाई
भृकुटी र सीताले के भन्लान् ?
चीन भन्नु कैलासनाथ भारत काशीनाथ
दुवैतिर मिल्ने नेपाल पशुपतिनाथ ।
दुइटा काँध बीचको नेपाल संसारको शिर
नाथहरू अनाथलाई दिन्नन् दुःख–पीर ।।
भान्जाहरू नहेप मामालाई
भृकुटी र सीताले के भन्लान्?
चीनियाँ र भारतीय भान्जा भैया–भैया
मिथिलालाई दुख्दा भन्छ–अयोध्याले ऐया Û
सुल्टो गरी सीताराम जप्नुपर्छ जान
भान्जालाई प्रेम गर्ने मामालाई मान ।।
भान्जाहरू नहेप मामालाई
भृकुटी र सीताले के भन्लान् ?
चीन र भारत हात्ती भए नेपाल माहुते हुन्छ
दुई भान्जाको युद्ध हुँदा बुद्ध मामा रुन्छ ।
नेपाल सधैँ नेपाल हुन्छ, दुइटा के–के बन्छौ ?
म नेपाली भइनँ भने मामा कल्लाई भन्छौ ?
भान्जाहरू नहेप मामालाई
भृकुटी र सीताले के भन्लान् ?
YouTube Link: