निबन्ध सम्भारमा देखिएका डम्बर दाहाल


१. निबन्धको परिचय –
साहित्यमा निबन्ध एउटा लोकप्रय विधा हो। यो विधा विभिन्न रूपमा देखा पर्दछ। निबन्ध विधा एउटा ठुलो रूख हो भने प्रबन्ध, नियात्रा, संस्मरण, जीवनी, आत्मजीवनी आदि यसका हाँगाबिँगा हुन्। यात्रामा देखिएका कुरादेखि लिएर पहिले संस्मरण, कुनै वस्तुको विवरण आदि जम्मै निबन्ध हुन्। पहिले पहिले निबन्ध र प्रबन्धलाई समग्र रूपमा एउटा मानिथ्यो भने अहिले यी दुई शब्दहरूको अलगअलग अर्थ, ढाँचा र स्वरूप मानिन्छ। निबन्धका विभिन्न प्रकार, भेदोपभेद बारेमा विभिन्न विद्वानका परिभाषा मत-मतान्तर पाइन्छन। लेखकहरूका निम्ति आफ्नो ज्ञान, अनुभव, विचार, अनुभूति, संवेदनालाई पाठकसित सोझै बाँड्ने, अभिव्यक्त गर्ने कला हो। यो कुनै पनि विषयमा लेखिन्छ। यसका विषय अनन्त छन्। जीवाणुदेखि लिएर ब्रह्माण्डसम्म नै यसका विषयवस्तु हुनसक्छन्। सामान्य भौतिक वस्तुको वर्णनदेखि लिएर कल्पना गरेकोसम्म सबै खाले मूर्त अमूर्त सबै कुरा यसभित्र अँटाउन सकिन्छ । निबन्धमा सुनियोजित तरिकाले एउट मुख्य विषयको विस्तार र विश्लेषण गर्न सकिन्छ अथवा मिश्रित कुरा जे पनि हाल्न सकिन्छ ।

निबन्धमा लेखक र पाठकको सोझो सम्बन्ध हुन्छ । निबन्धकारले आफुले प्रतिपादन गर्न चाहेको विषय र आशयलाई सोझै आफ्नै तरिकामा प्रकट गर्दछ । यो औपचारिकभन्दा अनौपचारिक बढी हुनसक्छ । निबन्धकारको मनमा एउटा अज्ञात स्रोता र पाठक हुन्छ र उसलाई गफ गरेको ढाँचाले सुनाउँछ। लेखक प्रस्ता भए अज्ञात स्रोता भावक हुन्छ। कुनै लेखकले छोटोमा र कुनैले विस्तारपूर्वक सनाउँछ। अज्ञात स्रोताले कुनै तर्क नगरी हो मा हो मिलाएको भान गर्छ। उसलाई तर्क दिएर, उदाहरण आदि दिएर विभिन्न तरिकाले बुझाउने प्रयत्न गर्छ । कुनै विषयलाई टुङ्गोमा पुर्‍याएको हुन्छ । लेखक पाठकसित लहसिन्छ, आत्मीय भएर विचार व्यक्त गर्छ ।

वास्तवमा निबन्ध लेख्नु सजिलो छैन । संस्कृतमा एउटा भनाइ छ- गद्य कवीनाम् निकष बदन्ती अर्थात् कविको कविको वास्तविक प्रतिभा गद्यमा रहेको हुन्छ । निबन्ध लेखन भनेको बेकाबु घोडाको दौड होइन बरू लगामले बाँधेको घोडाको हिँडाइ हो । विषयलाई छरपस्ट हुन नदिई नियञ्त्रित राखेर आफ्नो भन्नुपर्ने कुरा लेख्नु पर्छ । पाठकलाई ज्ञान र मनोरञ्जन दुवैले लाभान्वित बनाउनु पर्छ। भावनासँगसँगै शब्द चयन, बुनोट र बनोट सबै मिलेको हुनुपर्छ भन्ने विद्वानहरूको भनाइ छ। आफ्ना विषय, विचार वा आशयलाई पाठकका निम्ति पत्यारिलो पार्न तर्क दिन्छ, विवरण दिन्छ । निबन्धभित्र आख्यान तत्व पनि समावेश गर्न सक्छ । त्यो आख्यान ल्पनिक पनि हुनसक्छ वा लेखकको आफ्नै पनि हुन सक्छ । निबन्ध छरपस्टिएको चिन्तन मात्र नभएर ज्ञान, अनुभव, संवेग आवेग आदिका सन्तुलित र व्यवस्थित लेखन पनि हो ।

२. भारतमा नेपाली निबन्ध –
नेपाली साहित्यमा नेपाली लेखनको लामो इतिहास रहेको पाइन्छ । यसको इतिहास कविताभन्दा परसम्म पुग्न सकिन्छ । राजा गगनिराजको यात्रा, राम शाहको जीवनी, अजीर्ण मञ्जरी, बाजपरीक्षा हुँदै पृथ्वीनारायण शाहको दिव्योपदेशमा आएर विधाले आफ्नो स्पष्ट स्वरूप धारण गर्दछ । निबन्धका रूपमा कतै नियात्रा, कतै जीवनी, कतै संस्मरण कतै आत्मजीवनी, कतै औषधीमूलो उपचार पद्धति, कतै उपदेश, कतै स्थान वर्णन आदिका रूपमा निबन्ध लेखिएका पाइन्छन् । यद्यपि लक्ष्मीप्रसाद देवकोटाको निबन्ध लेखनमा प्रवेश भएपछि मात्र यसले ठोस निबन्धात्मक स्वरूप धारण गर्दछ । उनको पहाडी जीवन, कल्पना, सरिताको कलकलमा, के नेपाल सानो छ ? मान्छेलाई घडीबाट हानि आदि निबन्धहरू नेपाली साहित्यका उत्कृष्ट उदाहरण बनेका छन् । हृदयन्द्रसिंह प्रधान, कृष्णचन्द्रसिंह प्रधान, शङ्कर लामिछाने, भैरव अर्याल, केशवराज पिँडाली, कमल दीक्षित, मदनमणि दीक्षित, नगेन्द्र शर्मा, माधवलाल कर्माचार्य, श्यामप्रसाद शर्मा, बासुदेव लुइँटेल, विष्णु नवीन, आदि हुँदै हालका राजेन्द्र सुवेदी, युवराज नयाँघरे, प्रकाश ए राज, इशान गौतम, गोविन्दराज भट्टराई, लोकराज बराल, विजय खरेल आदि हुन् यद्यपि हाँस्य-व्यङ्ग्य, नियात्रा, संस्मरण आदि लेखकहरूको अलग अध्ययन गर्नुपर्ने देखिन्छ ।

यता भारतमा पनि नेपाली निबन्ध लेखनको परम्परा शय वर्ष नाघिसकेको छ। भारतमा नेपाली निबन्ध लेखनको परम्परालाई कालविभाजन गर्दा मूलतः दुईवटा काल विभाजन गर्न सकिन्छ- प्रारम्भदेखि पचासको दशकसम्म अनि दोस्रो साठीको दशकदेखि हालसम्म। शेरसिंह राना, हैकमसिंह राई, खङ्गबहादुर छेत्री, पारसमणि प्रधान, सूर्यविक्रम ज्ञवाली, अच्छा राई रसिकसम्म आइपुग्दा नेपाली निबन्धले आफ्नो विधागत स्वरूप निकै विकसित गरेका पाइन्छ। यसले आफ्नो विषयवस्तु निकै विस्तारित गरिसकेको पाइन्छ। जातीय चिन्तन, समाज सुधारको आवश्यकता, भ्रमण संस्मरण, नैतिक सन्देश आदि बढी मात्रामा लेखिएको पाइन्छ। साठीको दशकदेखि भने नेपाली निबन्ध निकै झ्यिँएको पाइन्छ। नेपाली पत्र-पत्रिकाको सङ्ख्या बढेर गए, नेपाली पाठ्य पुस्तक बढेर गए, लेखकहरूको सङख्या बढेर गयो, ज्ञान विज्ञानका ढोकाहरू खुलिँदै गए। यसो हुँदा लेखन विषय पनि पढेर गए। यस चरणमा निबन्धका विभिन्न उपविधाहरूको विकास भयो। रामकृष्ण शर्मा, इन्द्रबहादुर राई, लक्खीदेवी सुन्दास, डा. जगत छेत्री, इन्द्र सुन्दास, टिकाप्रसाद राई, रामलाल अधिकारी, शरद छेत्री, गुप्त प्रधान, कृष्ण प्रधान, राजनारायण प्रधान, गुमानसिंह चामलिङ, केदार गुरूङ, सानु लामा, महानन्द पौड्याल, डा खेमराज नेपाल, ज्ञानबहादुर छेत्री, लोकनाथ उपाध्याय चापागाइँ, डा. हर्कबहादुर छेत्री, डा. मोतीवीर राई, डा. शान्ति छेत्री, किताबसिंह राई, मिङ लिवाङ, राजु प्रधान हिमाङ्शु, हीरा छेत्री, बदरीनारायण प्रधान, मोहन ठकुरी, शिवराज शर्मा, छविलाल उपाध्याय, चन्द्रकुमार शर्मा, सानुभाइ शर्मा, रूद्र पौड्याल, डा. डिकबहादुर देवान, जीवन लाबर, हरि गजुरेल, मुन्नु गौतम, विन्द्या सुब्बा, डा. खगेन शर्मा, सबिता थापा सङ्कल्प नम्रता संस्कार शर्मा, अजय खँड्का भानु अधिकारी आदिका निबन्धसङ्ग्रह देखा परेका छन्। अन्य विधाका तुलनामा निबन्ध थोरै नै लेखिएको पाइन्छ। नियात्रा लेखनतर्फ एम बी प्रधान, सलोन कार्थक, सानु लामा, चूडामणि दाहाल, जयनारायण लुइँटेल, एम पथिक, लावण्य देवी, देबेन सापकोटा, मिङ लिवाङ आदि अनेक नाम रहेका छन् । संस्मरण लेखनमा महानन्द पौड्याल, नन्दलाल रसाइली, पी डी बल आदि नाम रहेका छन् । हास्य-व्यङ्ग्यपरक निबन्ध लेखनतर्फ हीरा छेत्री, सुदर्शन अम्बटे, परसात राई, कृष्ण प्रधान, आदि देखा परेका छन् ।

निबन्धकारका रूपमा डम्बर दाहाल –
नेपाली साहित्यमा डम्बर दाहालको नाम पनि अङ्कित भइसकेको छ। उनक जन्म कालिम्पोङको कागे बस्तीमा १५ जनवरी, १९५८ मा भएको हो। उनका बाबु स्व. छबिलाल दाहाल र स्व. आमा चन्द्रमाया दाहाल थिए । उनी सानै उमेरदेखि असम बसोबास गरेका हुन् । उनी एक कवि, कथाकार, निबन्धकार र एक कुशल अनुवादक हुन् । पुस्तक प्रकाशनका क्रममा उनका आविष्कार (लघुकथासङ्ग्रह, १९८६), यात्राक्रममा (कथासङ्ग्रह, २००८), हाम्रा केही मार्गदर्शकहरू (निबन्ध सङ्ग्रह, २००८), उकुसमुकुस (२००९), अतीतका पाइलाहरू (कवितासङ्ग्रह, २०१२), निबन्ध सम्भार (निबन्धसङ्ग्रह, २०१३), विगततीन वर्षलाई फर्केर हेर्दा ( निबन्ध, २०१६), शुभेच्छा सम्भार (२०१६), स्मृति प्रवाह (२०१८, संस्मरण), वीरभद्र् कार्कीढोलीर निर्वाचित कविता (असमीय अनुवाद, २००९), भानुभक्त नेपाली संस्कृति आरू अन्यान्य (असमीय निबन्धसङ्ग्रह, २००९), बाहुनीचरी (असमियबाट अनूदित कवितासङ्ग्रह, २०१९) प्रमुख देखिन्छन्। यीबाहेक उनका लेखादि असमतिर विभिन्न पत्रिकामा देखा पर्छन्। यसबाहेक डम्बर दाहाल एक कुशल साहित्य- सङ्गठक, कर्मठ सदस्य, चिन्तक हुन्। असमका दुई अलग अलग साहित्यिक सङ्गठन नेपाली साहित्य परिषद र नेपाली साहित्य सभालाई एकीकरण गरेर असम नेपाली साहित्य सभा गठन गरी त्यसका प्रथम सभापति भएका हुन् ।

३. निबन्ध सम्भारका निबन्धहरूको अध्ययन – २०१३ मा प्रकाशित र असम नेपाली सभाबाट प्रकाशित निबन्ध सम्भार निबन्धसङ्ग्रहमा जम्मा पन्ध्रवटा लेखहरू समावेश छन् ।

४.१. व्यक्तित्वपरक –
प्रस्तुत निबन्धसङ्ग्रहमा लीलबहादुर छेत्री र कृष्ण धरावासीका व्यक्तित्व, सान्निध्य-सङ्गत, उनीहरू सम्बद्ध प्रसङ्ग, अन्तरङ्ग कुराकानी, कामको मूल्याङ्कन, चिन्तन जस्ता कुराहरू पाइन्छन्। उनले लीलबहादुर छेत्रीको निकै नजिकबाट अध्ययन प्रस्तुत गरेका छन्। छेत्रीका उपन्यास, कथा, निबन्ध, व्यक्तिगत पक्ष, कुराकानीबाट उब्जिएका भाव र विचार, उनको लेखनमा पाइने विशेषता आदिबारे पाठकसामु प्रस्तुत गरेका छन्। यद्यपि उनलाई असमीय साहित्यकारहरूले नचिन्नु, उनीबारे असमीयमा कसैले त्यति नलेखिनु, चर्चा नगर्नु जस्ता कारणल उनी गौहाटी र अन्यत्र ठाँउमा नचिनिएका हुन्। नेपाली भाषीहरूसमेत धेरैले उनलाई उति चिन्दैनन्। उनीभित्र ज्ञान र अनुभवलाई आत्मजीवनीका रूपमा लेखिदिए नेपाली साहित्य लाभान्वित हुनेथियो भन्ने मनशाय पोखिएको छ। यसबाहेक लेखकले नेपाली साहित्यकारहरू आफ्नो पुस्तक बिक्री नभएर रोयल्टी नपाउने स्थितिको सामना गर्नुपरेको दयनीय अवस्थालाई दर्साउँदै लीलबहादुर छेत्रीको अवस्था पनि उस्तै रहेको तथ्य प्रस्तुत गरेका छन्। जिउँदामा साहित्यकारहरूको महत्त्व हुँदैन तर मरेपछि मात्र महत्त्व दर्साइन्छ भन्ने विचार व्यकत गरेका छन्। उनका मतानुसार छेत्री अब हाम्रा तीर्थ भएका छन्। उमेरले पनि माथिनै पुगिसककेका उनमा ज्ञान, अनुभव र संस्मरण छन्, तिनलाई चिनौं, उनको महत्त्व बुझौं भनी नेपाली समाजलाई आह्वान गरेका छन् ।

४.२. भाषिक चिन्तनपरक – यस निबन्धसङ्ग्रहको सबैभन्दा महत्त्वपूर्ण पक्ष भाषिक अध्ययन हो। हाम्रो शब्दभण्डारको स्रोत एवम् असमी नेपाली भाषामा असमीय नेपाली भाषाको प्रभाव भन्ने लेखमा असम सामान्य प्रयोग हुने नेपालीभाषाको बारेमा निकै गम्भीर रूपमा अध्ययन गरिएको छ । यसमा नेपाली शब्दभण्डारको स्रोतको अध्ययन प्रस्तुत गर्दै नेपाली भाषामा बढ्दो असमीय शब्दको प्रयोगबारे लेखक निकै चिन्तित छन्। अन्य भाषाबाट भशब् आएर शब्दको वृद्धि हुनु सकारात्मक कुरा हो तर आफ्नै शब्द हुँदाहुँदै अन्य भाषाका शब्द जबर्जस्ती प्रयोग गर्नु उचित होइन। मानिस बाँच्दाको क्रममा स्थानीय परिवेशसित तालमेल मिलाउन आफ्नो बिर्सेर असमीय शब्दको भरमार प्रयोग पनि उचित होइन। एकपट्टि असममा असुरक्षाको भावना, अर्कातिर गोरखाली हुनुको हीनताबोधबाट पलायन हुन पनि जानीजानी असमीय शब्द प्रयोग, उच्चारणअनुकरण, शैक्षिक परिवेश र असावधानी आदि । यस लेखमा लेखकले असममा सामान्य रूपमा प्रचलित लगभग तीनसय चौंसठवटा शब्दहरू प्रस्तुत गरिएको छ। तीमध्ये धेरै शब्दहरू नेपालीभन्दा भिन्दै छन्, कतिप उच्चारणभेद तर कतिपय भने अन्यत्र नेपाली समाजमा एकदमै नचलेका नसुनिएका छन्। मथाउरी,बेजी, बाइदेउ, पिटा, राजहुवा, सलारी, बिलाही, लेतेरा, दोलङ, पाकघर, गाखीर, राइज, कुँहेर, जखला, बुरून्ची आपेल (Apple), बास (BUS), ताँतखाल, जापि, भाटिबेला, आदि शब्द भने विलकुल भिन्दै लाग्छन् ।

४.३. समीक्षापरक – यसमा तसलीमा नसरिनको कृतित्वमाथि प्रकाश पारेर उनको लज्जा उपन्यासको कथासार, यसको वस्तुगत विवेचना प्रस्तुत गरिएको छ। लज्जा उपन्यासमा मुस्लिम धर्मको विरोध नभएर वास्तविकता दर्साइ मानवतावादी धारणा व्यक्त गरिएको हो भन्ने आशय रहेको छ। लज्जा उपन्यासको कथावस्तुबारे संक्षिप्तमा भए पनि प्रकाश पारिएको छ ।

४.४. संस्थापरक – यस संस्मरणमूलक निबन्धमा दाहालले आफु असम सहित्य सभाको प्रतिनिधि सदस्यका रूपमा रही काम गरेका, असमीय साहित्यका सामु नेपाली साहित्यको परिचयात्मक अध्ययन प्रस्तु गरेको कुरा उल्लेख गरेका छन्। यसबाहेक उनले नेपाली साहित्य परिषद् र नेपली साहित्य सभा जस्ता दुई अलगअलग साहित्यिक संस्थालाई जोडेर एउटा नयाँ र वृहत् साहित्यिक संस्था असम नेपाली साहित्य सभाका प्रथम सभापति भएर काम गरेको कुराको उल्लेख छ। हाल जस्तो सुयोगयको प्रतिनिध पाएर नेपाली साहित्य पनि लाभान्वित र वृहत असमीय समाजमा सुपरिचित हुन पुगेको तथ्य पाइन्छ।

४.५. विविध – यस सङ्र्ग्रहमा अन्य केही विषयमाथि पनि चर्चा भएको छ। हाम्रो समाजमा सार्वजनिक र वैयक्तिक रूमा महापुराण लाउने चलन र यसको कारणबारे चर्चा गरिएको छ। पराणको आयोजना र्ननु मनोवैज्ञानिक कारण पनि हुन्छ ।
४. निबन्ध सम्भारको मूल्याङ्कन र उपसंहार

2 Comments

Add a Comment

Your email address will not be published. Required fields are marked *