गजल
|समाजमा समानता दिलाउन लेख्छु म
गरीबले पाकोगाँस, खिलाउन लेख्छु म
एकलाई दबाएर , हातेगाँस खोसेमा
त्यही गाँस फर्काएर, निलाउन लेख्छु म
अन्यायमा कोही पर्दा, नहेर्ने त्यो आँखाले
फाटेको यो मित्रता जो , सिलाउन लेख्छु म
आपसमा फाटफुट , साटोपर्छ भुलेर
टुटेको त्यो मनलाई , मिलाउन लेख्छु म
बाँचे कोही बेसहारा, मनको छटपटीमा
पानीको त्यो दुई थोपा , पिलाउन लेख्छु म ।