तीन दशक लामो लकडाउन
|आमाः हैन, तीन महिना हुन लागिसक्यो सकिएन भन्या तिमीहरुको बिदा ?
छोराः ह्या आमा पनि, लकडाउन चलिराछ क्या । सरकारले बाहिर ननिस्कनु, सबै काम घरैबाट गर्नु भनेको छ के ।
आमाः ए यसलाई लकडाउन पो भन्छन् ? आज धन्नै तीन दशक हुन आँट्यो होला, मलाई त गन्नै नआउनी झैं…… ।
छोराः त्यस्तो हैन के खबर सुन्नु हुन्न कि क्या हो ?
आमाः न म पत्रिका पढ्न जान्दछु, न रिमोट हातमा नै पाउँछु । दशैं आओस् या चुनाव नै, बासी खबर सुन्न पनि हल्लाको पछि लाग्ने चल्ला झैं हुनपर्छ ।
छोराः हल्ला हैन के आमा, सरकारले नभनेसम्म कसैले अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कनु भनेको छ ।
आमाः खै बा सरकारले नभनी कैले पो निस्किएकी छु र म बाहिर ? माइतीको कन्यादानसँगै कोरिएको लक्ष्मण रेखा पार गर्न त मैले चुले निम्तो नै कुर्नपर्छ ।
छोराः …….. (मौन)
आमाः अनि अरु के-के भनेको छ त सरकारले ? सुना न ।
छोराः साबुनपानी या ह्याण्डवासले बारम्बार हात धुनुभनेको छ ।
आमाः बिहान-बेलुकै घरधन्दा सरसफाई गर्दै हात धोइरहेकै त हुन्छु नि म हैन ?
छोराः हो हो । त्यति मात्र हैन ज्वरो, रुघा खोकी लागेमा साथै टाउको दुखेमा तुरुन्त अस्पताल जानुपर्छ ।
आमाः आ त्यो पनि बिमार हो र ? रुघाखोकी लागेमा साथै टाउको पनि दुखेमा तुरुन्त अस्पताल जानुपर्छ ।
आमाः आ त्यो पनि बिमार हो र ? घरमै जाउलो, पानीपट्टी लगाई आराम गरे निको भै हाल्छ नि ।
छोराः हैन के आमा, अचेल कोरोना भाइरस फैलेको छ । यी सब त्यसैको लक्षण हुन ।
आमाः के हो यो फेरी कोरोना भन्या ? कसरी लाग्छ ?
छोराः नयाँ रोग हो के आमा कोरोना लागेको व्यक्तिबाट सर्छ त्यसैले कोरोनाको लक्षण देखियो कि छुट्टै बस्नुपर्छ ,
आमाः ए ए म परसरे जस्तै रहेछ ।
छोराः अ अ ह्या त्यस्तै हो ।
आमाः अनि कति दिनमा निको हुन्छ त ?
छोराः भर नै हुन्न खै अहिलेसम्म कुनै औषधी पत्ता लाग्या छैन ।
आमाः हैन अनि सुनपानी छर्केर हुन्न रैछ र ? हामी त निको हुन्छौं क्यारे ।
छोराः हरे सुनपानीले ठिक हुने भए किन लकडाउन राख्थ्यो सरकारले, तीन महिनादेखि हाम्लाई घरै थुनी हाम्रो मानवअधिकार नै हनन हुने गरी ।
आमाः त्यो त हाम्रै सुरक्षाको लागि होला नि तर के हो यो मानवअधिकार भन्या ?
छोराः हामी सबै मानिसहरुको हक अधिकार के आमा ।
आमाः ए यत्तिका वर्ष लकडाउनमा बस्दा मेरो नि मानवअधिकार हनन भएन होला र ? कि यो पुरुषलाई मात्रै लागू हुने हो ?……………..।
बुवाः बुढी खाजा पाक्ने बेला भएन र ?
आमाः ला ! (भान्छा कोठातिर लाग्छिन्)