किन झर्छ आँसु ?
|आँखाको सागरमा
ज्योति बनेर
दियो बाल्ने आँसु
किन झर्छ ?
अबिरल झरी बोकेर
मनको ब्यथासँग
भाव र भावना जुधाएर
बर्षिरहन्छ तरतरी किन ?
परेलीको कलेटीबाट
जब कोटिन्छ घाउ
जब देखिन्छ बिभत्स
दृष्यहरु मानवतामा
उचनीच जातिय विभेदमा
उम्लिएका भावनाहरु
चीरहरण भयका क्षणहरु
धैर्यको बाँध छुट्छ ।
स्मृतिमा फलेका चोटिला फलहरू
घोच्न थाल्छन् मनको दैलोमा
फड्को मार्दैछ पाइलाहरू
घायल मन बोकेर
असमानता र आक्रोशका ज्वालाहरु
सल्काउन थाल्छ ।
बेदनामा लट्पटिएका असहय पीडाहरू
क्रोधको राँको बाल्दै जुलूस निकाल्छ
तातो तातो आँसुका भेलहरु
बग्न थाल्छ यथार्तताको धरातलमा
रातो रगतसँगै
सोच शुन्य बेचैन मन
आशाको क्षितिजभन्दा पर
शुन्यतामा टोलाई रहन्छ ।
भारी संघर्षका पलहरू
जताततै फैलिरहन्छ
अशान्तिका दीप शीखाहरु
समयले नै जगाउँछ
समयले नै सेलाउँछ
यि मनका चयनहरु
शब्द बिहीन तर परिभाषित
आँखाको बह बोकेर
अशान्तिका दीप शीखाहरु
बगिदिन्छ आँसु
पीडा पोखेर ।