सम्झना भानुभक्तको

भानुले दिए भाषाको प्रकाश घाँसीको उक्तिले
शब्दलाई बुझ्यौं मनमा सुझ्यौं भानुको जुक्तिले
साहित्य भाषा नभाको जाती संस्कृति अधुरो
भानु नै हाम्रो जातीको प्रकाश नत्र त मधुरो।

भानुकै कारण संसारले चिने साहित्य भाषालाई
संरक्षण गरौं सम्वर्धन गरौ नेपाली भाषालाई
हामीलाई लाग्छ साहित्य भाषा हाम्रो नै धनि छ
शब्दका भाका लयमा बाँधे कण्ठमा मणि छ।

दैबले दिए भानुले लिए घाँसीको अर्तीलाई
चिनाउँनु थियो भानुको प्रताप जन यो धर्तीलाई
सजिलो भयो लेख्न र बोल्न नेपाली जनलाई
खुलाउन सके फैल्याउन सके सहजै मनलाई।

कष्टकर थियो कठिन थियो संस्कृति फैल्याउँन
संस्कृत र पाली बोल्ने त्यो ठाउँमा शब्दलाई पैल्याउन
भानुलाई पाउँनु गर्व नै हाम्रो भाग्य हो जातीको
भानुलाई भक्त बनाउँने श्रेय घाँसी त्यो साथीको।

रामायणको काण्ड बधुको शिक्षा भानुले दिएको
गजाधर सोती बुड़ीको गाली उनैले पिएको
घाँसी र भक्तमालाको प्रभाव जनलाई पर् या हो
संस्कृतका भाका सबैले बुझ्ने अनुवाद गर् या हो।

असारको उन्तिस गतेको जन्म नभुल्नै राम्रो हो
जातीको लागि दिएको कृति सदैव हाम्रो हो
उपाधि पाए आदि कविको अनादि सम्मलाई
सम्झना मेरो सदैव हुन्छ यो जन्म जन्मलाई।

2 Comments

Leave a Reply to तिलक लम्साल सिलगढी ( दार्जिलिड.) 03 Cancel reply

Your email address will not be published. Required fields are marked *