कभर गीत, टिक-टके संगीत र पपे गीतकार

सामजिक संजालमा हालसालै एउटा घटना चर्चित छ – ‘ओरजिनल’ गायकले आफ्नो गीतको कभर गीतलाई युटुबबाट निकाल्न बाध्य बनाए । सामाजिक संजालको भिउजलाई आधार मान्ने हो भने निकै नै चलेको यो गीत ओरजिनल गायक हुदै ‘फिमेल भर्सन ‘ देखि कभर गीत र टिक-टकमा पनि छाएको छ । विवादको कुरा नगरौ, तर गफ-गाफकै प्रसङ्गमा पनि थुप्रै श्रोताहरु यो भर्सन राम्रो छ भन्दै आ आफ्नो कित्तामा बाडिएका छन् । यो लेखक उत्कृष्टताको यो लडाईमा सामेल छैन ।

साधारणतया जब गीत संगीतकोको कुरा पैसासँग जोडिएर आउँछ त्यसले ज्वारभाटा उत्पादन गर्छ । संगीतकारले पैसा दिएर गाउन लगाएको गायकले तेही गीत स्टेजदेखि सामाजिक संजालसम्म संगीतकारको शब्दमा ‘बेचेर’ पैसा कमाउन थाल्छ, त्यतिबेला संगीतकारको शृजना रुन्छ । गीतकारले मेरो शब्दको मूल्यांङकन पनि आर्थिक रुपमा हुनु पर्छ बह्न्ने आवाज उठायो भने स्वर र संगीत बिना शब्दको के अर्थ भन्दै झट्केलो ब्यबहार गरिन्छ । तर कभर गीत र टिक टक संगीतले जब आर्थि सफलता प्राप्त गर्न थाल्छन, तब गायकहरुको सिर्जनाको मोलको बारेमा आवाज सुनिन थाल्छ । श्रस्टाहरुले आफ्नो सृजनाको मोलको बारेमा आवाज उठाउन पाउनु उनीहरको अधिकार हो । तर, आफ्नो आवाज उठाउदा आफुले अरुको आवाज निषेध त गरेको छैन नि भनेर हेक्का भने राख्नु पर्छ ।

सामाजिक संजालको युगमा श्रोता दर्शकसँग पुग्न कभर गीत टिक-टक बलियो र उपयोगी माध्यम हुन् । त्यसो त रेडियो नेपालको एक छत्र राज भएको समयमा एफएम रेडियोको प्रवेशले नया सर्जकहरुलाई त्यतिबेला राम्रै साथ दिएको थियो । नया प्रबिधिको बिकाससंगै नया प्रतिभाहरुको उदय हुने नौलो कुरा भएन । नया प्रविधिलाई उपयोग गरेर कसैले आफुलाई आगाडी लैजान्छ भने त्यो स्वागतयोग्य हो । हामीले चाहेर पनि यी माध्यमको उपयोगितालाई रोक्न सक्दैनौ । तर, एउटा कुरा चाहि व्यवस्थित गर्न सक्छौ – सृजनामा संग्लग्न सबै बाट कपि राइटको पूर्ण पालना गरेर ।

पपे गीतकार….

तपाईहरुलाई लाग्न सक्छ – यस्तो पनि हुन्छ ? मलाई पनि त्यस्तै लाग्थ्यो, तर बीस-पच्चीस वर्ष अगाडी पप गीतका शब्द कोर्नेहरुलाई यो पगरी दिइन्थ्यो , सम्मान गरेर भने होइन । पचास दशक को सुरुवातमा यो लेखक सहित नरेश देव पन्तले गीत लेखनको यात्रा सुरु गरेका थियौ । अग्रजहरु को नजरमा हामी पपे गीतकार थियौ ! अर्को अर्थमा भन्दा दोस्रो दर्जाका गीतकार ! हाम्रो प्रवेश भन्दा अगाडी पप गीतका शब्दहरु ‘ऐसेलुको बोट माथि पिङ्ग हालेर ” जस्ता बेअर्थी हुन्छन भनेर आरोप सुन्नु पर्थ्यो, नरेश र मेरो त्यो आरोपसंग बिमति मात्र थिएन पप गीत पनि शब्दका कारण प्रिय र कालजायी बन्न सक्छन भन्ने विश्वास थियो । र, अहिले २ दसक पछि फर्केर हेर्दा हामी दुईले त्यो यात्रामा सहयोगी कदम चलेको जस्तो लाग्छ । बस्ताबमा भन्ने हो भने हामीलाई त्यतिबेला पपे गीतकारको त्यो तुच्छ उपमाले राम्रो शब्द लेख्ने उर्जा दिएको थियो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *