जिम्मेवार हामी नै होइनौ र ?


नेता र नीति बद्ली सक्यो साथी अब तिम्रो त्यो विभेदकारी चस्मा फाल्ने बेला भयो रु तिम्रा हाम्रा वर्गीय सपनाहरुमा रंग भर्ने जिम्मा लिनेहरु अझै आफ्नै सपनामा रल्लिरहेका छन् दुवै हातमा लड्डु समातेका बच्चा झैं अनि हामी अझै आसे नजरले तिनैलाई हेरी रहेका छौँ । २-४ जना भातमारा नेताहरुको राजनीतिक भविष्य सुरक्षित गर्न बहुदलीय व्यबस्था विरुद्ध मोम बत्ती बालेर जुलुस निकलेनौ र ? यदि बहुदलीय व्यबस्थामा नै पछारिनु थियो भने ०१७ साल मै मुन्टीयको भए के हुन्थ्यो ? तर यिनीहरुको अवस्था भाडाका ट्टूको जस्तै थियो कुनै राजनैतिक हैसियत नै थिएन र त्यसबेलाका महान राजनीतिज्ञहरु का अघि यिनीहरुको औकात र अस्तित्व पनि थिएन सायद। ०१७ देखि ०४६ सम्म को कालखण्डमा हामीले भोगेका सम्पूर्ण कष्टका लागि यिनीहरुले जिम्मेवारी लिन्छन ?

हिजोका ति पम्फा देवी अनि तानाशाहका काल्पनिक कथाहरु कता पुरिए ? नातावाद कृपावाद जहानिया शासन स्विस बैंकको त्यो अकुत सम्पत्ति जस्ता अनर्गल कथाहरु खै त् ? बरु अचेल पो देखिंदै छ त् पम्फादेवीको नयाँ रुपहरु अनि नव तानाशाहका घृणित कर्महरु। बीसौं हजार हाम्रा दाजुभाइको हत्या अनि अहिलेको अकर्मन्यता भ्रष्टाचार देशद्रोहको औचित्य कसरी पुष्टि गरौँ ?

कुख्यात वामपंथी कवि धूमिलले एउटा कविता लेखेका थिए “हिजड़ों ने भाषण दिए लिंग-बोध पर, वेश्याहरु ले कविता पढे आत्म-शोध पर।।” मलाई यो पंक्ति कता-कता हाम्रा भाडाका क्रान्तिकारी प्रचण्ड बबुरामको जीवनीसँग मेल खाए झैं लागेर यहाँ उधृत गरें । दोष यी भातमारा नेताहरुको मात्रै पनि हैन केहि हदसम्म हाम्रै पनि हो किनकी फगत एकछाक मासुभातको लोभमा या भनौं दुइचार पैसाको लालचले हामीहरु स्वम नै यिनीहरुको पिछलग्गु हुन् पुग्यौं, कसैलाई जागिरको आश्वासन मिल्यो होला कसैलाई आफ्नु जात क्षेत्र भाषाले लोभ्यायो होला, कारणहरु अनेक हुन् सक्छन वा अरु चाहे जेसुकै किन नहोस्।…….

अब तपाई आँफै भन्नुहोस तपाई हामी जस्ता लुच्चा, स्वार्थी-गुलाम जस्ता कार्यकर्ता पाए पछि मदन भण्डारी होस् या बीरेन्द्रको हत्या गर्न कुनै कठिनाई हुन्छ त् हुने कुरै भएन यदी त्यसो हैन भने के हामीले दरवार हत्याकाण्ड होस् वा भण्डारी हत्या काण्डको उचित विरोध गर्यौं त् कदापी गरेनौं । हाम्रो आन्दोलन केवल आफ्ना नेताले औंला तेर्साए तिर लक्षित भयो, नेताले औंला त्यतै तेर्साए जता उनीहरु लाई सहज सत्तामा पुग्ने भ्र्याङ्ग थियो । हाम्रो दासताले हामीलाई नेताहरुले कोरिदिएको लक्षमण रेखा पार गर्ने औकात दिएकै छैन तसर्थ पटक-पटक टुक्रिएर पनि हामी थुतुनोमा रुन्चे खुसि देखाउन वाध्य छौँ कारण हामी प्र्तिपक्षको कटाकक्षसँ लाज मान्छौं । होइन भने नेताको लज्जास्पद क्रियाकलापको तिनीहरुको भ्रस्टचार पदीय वेइमानी अनैतिक आचरणको केहि विरोध गर्थौँ होला ।

अहिले त् झन् दसकौंदेखि हामीलाई रंगिन सपना देखाउनेहरु को पूर्ण बहुमतको सरकार छ, खै त् आहत जनतालाई राहत रु जनताको जीवनस्तरसँग प्रतक्ष्य सरोकार राख्ने कुनै मुद्धा सम्बोधन हुन पनि सकेन अब स्वाभिमानी नेपालीको त् कुरै छोडौं, लाजसरम नमानिकन के तपाई अझै पनि ‘साँच्ची’ नै गर्व संग ‘मं कम्युनिस्ट हुँ’ भन्न सक्नु हुन्छ ? स्वाभिमानी हुनुहुन्छ भने सक्नु हुन्न सायद साथी समय अब पहिला जस्तो छैन संसार धेरै फेरिएको छ संसार भरी एकार्कासँग कोहि टाढा छैन । सबैलाई सबैको सबै कुरा छर्लंग थाहा छ तसर्थ हामीले एकार्कालाई अल्मलाउन सकौंला केहि समय तर धेरैबेर ढाँटन सक्दैनौ तसर्थ हे आँफुलाई वामपन्थी हुँ भन्ने साथीहरु आफ्नो ग्रन्थीको मर्मत गर्नुस अनि आफ्नो अवसरवादी चस्मा फालिदिनुहोस र भन्नुहोस यी यावत काण्डहरु भण्डारी हत्या काण्ड, राजपरिवार हत्या काण्ड, लाउडा काण्ड चाहे निर्मला वलात्कार होस् या ३३ किलो सुनको कुरा होस् अथवा वालुवाटारको जग्गा होस् कोरोनाको नाममाअरवौं खरवौँको राष्ट्रकोढुकुटीको दोहनको कुरा होस के हामीले वर्तमान अराजकता विरुद्ध राज्य संचालनको ठेक्का लिएका राष्ट्रद्रोही विरुद्ध उचित दवाव दियौं त् आफ्ना नेताहरुलाई ?

तपाई आँफु त् जीवन नेताको दास गुलाम झोले भएरै गुजार्नु होला तर आफ्ना सन्ततिको सुनौलो भविस्यसँग अझै कति खेलवाड गर्नुहुन्छ ?

 

Add a Comment

Your email address will not be published. Required fields are marked *