कथा : कुरा छिनौ त !
|
दृश्य एक
ए सुन्यौ ? हाम्रो छोरालाई केटी दिन आएको छ। उपल्लो गाउँको हर्ष तिमिल्सिनाको छोरी !
बुबा,आमालाई खुसीको खबर सुनाउने रहरले बोलाउँदै हुनुहुन्छ । बुबाले बोलाउनु भएको आवाज सुनेर ‘किन बोलाउनु भएको हजुरले ? मैले राम्रो बुझ्न सकिन’ भन्दै आमा भान्छाबाट सारीले हात पुछ्दै बाहिर निस्कनु भयो। आमालाई देख्ने बित्तिकै बुबा मुसुक्क हाँस्नु भयो र भन्न थाल्नुभयो-
केटी राम्री स्वभावकी छिन् रे।
केटी हेर्न जानुपर्छ भनेर छोरालाई सम्झाऊ । छोराको जिम्मा आमालाई पन्छ्याउँदै बुबा आँफैमा खुसी देखिनु हुन्थ्यो।
आमा ,क्रमश: प्रश्न थप्दै जानु भयो कस्को छोरी ? कहाँको हो आदी ईत्यादी । बुबा एक एक गरेर सबै बताउँदै जानु भयो। राम्रो बुहारी घरमा ल्याउने कुराले आमालाई पनि रहर जाग्न थाल्यो।
पल्लो कोठामा प्रवीनले सुन्दै थिए बुबा र आमाको कुरा । प्रवीन मनमनै सोच्छ किन हतार गर्नु भएको होला । पढाई भरखर मात्र सकियो । काम खोज्न बाँकिनै छ। कहिले मिल्ने हो थाहा छैन । प्रवीनको मनमा अनेक विचार पलाउन थाल्यो । के कस्तो भविष्य होला भनेर। केटी चिनेको छैन । आनीबानी पनि केही नै थाहा छैन । कसरी सँगै जीवन बिताउने होला आदि इत्यादि मनले सोच्न थाल्यो । ऊ सोचै सोचको कुलोमा मन बग्न थाल्यो।
प्रवीन मौनतापूर्वक कोठामा नै बसिरहेको थियो । बुबासँग कुरा सकिएको एकैछिनमा आमा आउनु भयो प्रवीनको कोठामा एउटा फोटो बोकेर।
आमाले भन्नुभयो- काईला बाले त्यरो बिहेको लागि ल्याउनु भएको केटीको फोटो हो यो । मलाई राम्रो लाग्यो हेर त तलाईं पनि मन पर्यो भने कुरा बढाउनु पर्छ ।
फोटो टेबलमा छोडेर जानु भयो।
दृश्य दुई:
मैले केहि बोलिन आमाको अगाडी फोटो पनि हेरिन। आमा कोठाबाट निस्कनु भएपछि फोटो बिस्तारै उठाएर हेरें। त्यति राम्री लागेन। मनले खाएन त्यसै राखें।
सबैजनासँगै बसेर खाना खाँदा त्यही प्रश्न आमाले दोहर्याउनु भयो । मैले असजिलो मानिमानि मलाई राम्रो नलागेको कुरा गरें । स्पष्टिकरण पनि थपें – पढाई भरखरै सकियो, जागिर पनि भेटिएको छैन । अहिले नै किन हतार छ र ?
तर आमा बुबाको प्रतिकृया हेर्न मलैई आँट आएन । कसैको मुख हेरिन। त्यसपछि बिहेको कुरा निस्केन । सामसुम भयो ।
दृष्य तीन:
दिन बित्दै गयो । कामको खोजिमै थिएँ । अझ पनि चिताएको जस्तो काम पाएको थिइन । समय प्रयत्न गर्दै बितिरहेको थियो । ६-७ महिनापछि मेरो मिल्ने साथीको बिबाहको निम्तो आयो । बुबाको पनि मिल्ने साथी भएकोले हाम्रो परिवारलाई चुले निम्तो थियो । बिबाहको दिनमा बिहानैदेखि मद्दत्को लागि पनि बोलाएको थियो। म बिहानै गएँ । बिबाह घरमा चहल पहल नहुने पनि कसरी ? बिहेको घर भिडभाड नै थियो ! साथीको कोठामा छिर्न लागेको मात्र के थिएँ, एउटी केटीले थाल भरी तातो तातो चियाको गिलास बोकेर सबैलाइ बाँड्दै थिईन् । कोठा भित्र नपस्दै मेरो अगाडि पनि आएर चिया लिनको लागि आग्रह गरिन् । दुब्ली पातली चिटीक्क परेको अनुहारमा मुस्कान भरिएको, सलक्क परेकी गोरी देखेर मनमा कता कता आनन्द छायो । मैले पनि मुस्कान फर्कायर चिया लिएँ । धन्यवाद भन्दै साथीसँग बसेर चिया पिउन थालें । प्रत्येक चियाको चुसकीमा त्यही केटीको मधुर मुस्कान घोलिएको जस्तो अनुभव हुन लाग्यो । त्यतिबेला म आनन्दले बिभोर भएको थिएँ ।
मनमा तिनै केटीको चहकले छोपि सकेको थियो । जता गए पनि उनैलाई देख्छु कि भनेर आँखा घुम्न थाल्यो । बिबाहको भिडमा १-२ झाकलझुक्कल मात्र देखें । मन हुँदा हुँदै पनि कुरा गर्न पाइएन। घरमा घेरै अल्मल थियो । बिहेको बिधि पनि सकीयो। हाँस्दै कुरा गर्दै सबै भोज खानमा व्यस्त थिए । सबै खुसिनै देखीन्थे । तर म भने ज्यादै कौतुलतामा थिएँ । पुन: एक पल्ट उसैलाई भेट्ने आशमा थिएँ तर मेरो आश मेट्नु पूर्व नै तिनी आफ्नो घर फर्किछन् । त्यो दिन मैले देख्न पाइन। मेरो आँखामा उनको मुहार हाँसीरहेको थियो । म पनि बिबाहको काम सकिएपछि घरमा फर्किएँ ।
राती सुत्न खोज्छु सुत्नै सकिन । मलाई पनि थाहा छैन एक दुई मिनेटको भेटमा उन्ले
मेरा हृदयलाई कसरि यसरि छोएर गइन् ? जतिसुकै बिर्सन खोजे पनि त्यै अनुहारको झझल्को आईरहेको थियो। दिन बित्दै गयो । क़रीब एक हप्तापछि त्यही साथीको बिहे भएको कुरा चलिरहेको थियो । भला कुसारीकै क्रममा आमाले भन्नु भयो- हाम्रो छोरालाई दिन ल्याएको केटी पनि आएकी रहिछ । भोजमा मैले देखेकी थिएँ । त्यती राम्री केटीलाई हाम्रो छोराले किन राम्री नदेखेको होला ?! आमासँग सवाल जवाफ गर्न पनि मनले मानेन ।
दृष्य चार:
मलाई भने मनमा खुल्दुली लाग्यो कुन राम्री केटी आएकी थिई भन्नु भएको आमाले भनेर । कौतुहलता बढ्दै गयो । घरमा आमा एक्लै हुनुभएको बेलामा साहस बटुलेर सोधें -हजुरले कुन चैं राम्री केटी आएकी थिई भन्नु भयको आमा ! तेतिक्का केटीहरू छन् भोजमा ।
मेरो कुरा नसकिंदै आमाले भन्नुभयो- ‘त्यही सबैलाई चिया दीने केटी क्या ! कत्ति हसिली,भलादमी, तड़क भड़क केहि छैन । प्रकृतिले बनाएकी पुतलीजस्तै चिट्टिक्क परेकी सौन्दर्यकी खानी । मलाई त सारै राम्री लाग्यो ।’
आमाको कुरा सुनेर मलाई ज्यादै नरमाइलो लाग्यो । किन त्यती राम्री केटीको फोटो नराम्रो देखेको होला मैले ? मनमनै आँफैलाई गाली गरें- थुक्क मेरो आँखा ! भित्र भित्रै मनमा पश्चाताप र ग्लानिले छोप्यो । तर पनि त्यँहा नयाँ किरणको आभाष पलायो । सोच्दै थिएँ । पहिले आँफैले नराम्री ठानेर नाइँ भनेको केटीलाई अब हुन्छ भन्ने दाऊ हेर्दै थिएँ । मौकाको पर्खाईमा आमाको मुख हेरीरहें ।
ओहो ! मैले भगवानको कृपानै ठानें। एकै छिनमा नै आमाले पुन: कुरा त्यही केटीको कुरा निकाल्नुभयो । मेरो मुख हेर्दै भन्नुभयो- आँखा पनि केहो केहो यस्को….! आमाको शब्द पुरा नहुँदै मैले थाम्नै सकिन र बोलिहालें- आमाको आँखाले राम्रो देख्नुभएपछि पुगिहाल्यो नी ।
आमा छक्कपर्नु भयो । खुसीले मतिर हेरेर भन्नुभयो। साँच्चै हो बाबु कुरा छिनौ त ! मैले मुसुक्क हाँसेर जवाफ दिएँ ।