क्यानेडियन क्रिकेट लीगको प्लेअफमा नेपाली टिम

उत्तर अमेरिकाको “क्रिकेट हब” को रुपमा बिकशित भैरहेको  क्यानाडाको डिविजन एक क्रिकेट प्रतियोगितामा नेपाली समुदायको  नेपलिज  क्यानेडियन क्रिकेट क्लब  (एन सी सी सी) प्लेअफमा प्रवेश गरेको छ । लीग चरणको समाप्ति संगै  दोस्रो  स्थान हासिल गरेर  एन सी सी सी प्लेअफमा प्रवेश गर्न सफल भएको हो । प्लेअफको तयारी  र एन सी सी सी को बारेमा जानकारी दिने उदेश्यले आयोजना  गरिएको अक्टोबर ३ मा  ‘जुम’ पत्रकार सम्मेलनमा  क्लबका पदाधिकारीहरुले सो जानकारी दिएका हुन् ।

राम्ब्लर मास्टर्स  नामाकरण गरिएको सो २०-२० लीगको ७ खेलमा ४ खेलमा जीत हासिल गर्दै राम्रो रनरेटको  आधारमा दोस्रो स्थानका  साथ  नेपाली टिम एन सी सी सी उपाधि जित्ने संकल्प सहित प्लेअफ मा जाबाज  संग  भिड्दै  छ ।  अक्टोबर ११ मा  हुने सो प्लेअफ मा नेपाली टिमले जाबाजलाई पराजित  गरेमा लेजेंड्स र चार्जर्स  बीच हुने अर्को प्लेअफ को बिजेता संग सोहि दिन  ट्रफीको लागि प्रतिस्प्रधा गर्ने छ ।  एन सी सी सी मा स्थानीय  युवा खेलाडी सहित पूर्व राष्ट्रिय खेलाडी नरेश बुढा येर र महेश क्षेत्री  टिमको खम्बाको रुपमा रहेका छन् ।  क्लबका  महासचिब  तथा  उप कप्तान  निरन्जन श्रेष्ठ  आफ्नो टिम ट्रफीको लागि मैदानमा उत्रने  दाबी गर्छन ।  एक पत्रकार सम्मेलनमा उनले आफ्नो टिमले सबै महत्वपुर्ण  खेलाडीहरुलाई मैदानमा उतार्ने भएकोले ट्रफीको दाबेदार भएको  बताए । “हामी नेपाली समुदायको निम्ति ट्रफी जितेरै छाड्ने छौ ”  निरन्जनको प्रतिबधता थियो ।

पत्रकार सम्मेलनमा अध्यक्ष किरोज श्रेष्ठले नेपाली समुदायका अलवा  भारतीय मुलका खेलाडीलाई  पनि टिममा समाबेश गरिएको बताए ।  किरोज भन्छन, हाम्रो टिम मा  ‘प्लेइंग ११’ मा पर्नको लागि मात्रै पनि ठुलो प्रतिष्पर्धा छ ।  यसैगरि  चयनकर्ता अमृत थापाले २५ बाट ११ खेलाडी छान्न निकै मुस्किल भएको र कति पटक राम्रा खेलाडीलाई स्थान दिन नसकिएको  स्पस्ट पारे ।

क्यानाडा को टोरोन्टो क्षेत्रमा २०१७ मा स्थापित एन सी सी सीले छोटो समयमै  आफ्नो उपस्थिति मजबुत  बनाउदै आएको छ । गत वर्ष डिविजन २ मा उपबिजेता बनेको यो टिम यो वर्ष डिविजन १ मा उक्लदै बिजेता बन्ने दाउमा छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *