प्रधानमन्त्री ओलीको पाखण्डी राष्ट्रवाद !

​“निर्वाचनमा भोट मागेको त पार्टीले हो । शासनको वैधता तिम्रो कार्य सम्पादनबाट प्रमाणित भएन, त्यसकारण अब चेन्ज अफ गार्ड हुनुपर्छ भनेर नेकपाले भन्नुपर्छ ।”

प्रा. कृष्ण पोखरेल

राजनीति शास्त्री

“नेपालको थलमा, जलमा, दलमा सर्वत्र रअ छ । वास्तवमा १२ बुँदे मतियार सबै रअका वैतनिक वा मानार्थ एजेन्ट हुन् ।”

जयन्तनाथ खनाल

देशभक्त नेपाली

​राष्ट्रभन्दा माथि कोही पनि हुँदैन । राष्ट्रप्रति जो सुकै मापनबाट आएको होस् । चुनावी मैदानबाट आएको होस् । उसले जहिले पनि राष्ट्रप्रति र जनताप्रति बेइमान गर्न पाईदैन । राष्ट्रप्रति घात-आघात गर्ने जति सुकै शक्तिशाली भए पनि ढिलो चाँडो उसको पतन अवश्य छ । शाहवंशीय परम्पराको इतिहासमा नेपाल राष्ट्रको निर्माणका लागि विभिन्न कालखण्डलाई चिर्दै नेपालको भूमि विस्तार गर्न तथा त्यसलाई राष्ट्रसँग जोड्न, तत्कालीन ती क्षेत्रहरुमा राष्ट्रियताको ओजलाई झन्–झन् माथि उकास्नका लागि शाही परिवारको अहम् भूमिकाको निरन्तरतालाई नकार्न तथा त्यसलाई वेवास्ता गर्न मिल्दैन । जब–जब सुगौली सन्धि भयो । ती सन्धिका बोलीमा नेपालको महाकाली नदी पारिपट्टि पनि नेपालको भूमिलाई स्वीकारिएको छ । तत्कालीन व्रिटीश शासन व्यवस्थामा पनि प्रष्ट छ । जब–जब नेकपा एमालेले सरकार बनायो । तत्कालीन नेकपा तर्फबाटको कार्यभार के.पी. ओलीलाई दिइएको थियो । तत्कालीन भारतीय राजदूत राजनको चिरकटो बोकेर महाकाली नदीबाट ९ खरब ९ अरब वर्षेनी आम्दानी हुने बताएका थिए । महाकाली नदी सिङ्गो नेपाल भूमिको एकलौटी नदी हो । त्यसबेलामा के.पी. ओलीको अगुवाइमा महाकाली नदी आधा-आधाको रट लगाइएको थियो । तत्कालीन ओलीको राष्ट्रप्रति घातको सिलसिला महाकाली नदीलाई जब आधा-आधाको रट लगाएर भारतप्रतिको लुण्डुपे स्टाइलको यात्रा सुरुवात भएको थियो ।

 

तत्कालीन ने.क.पा. एमालेको राष्ट्रघातप्रतिको मौनता

​सिङ्गो नेकपा एमालेभित्र ‘महाकाली नदी’ नेपालको आफ्नै भूमिबाट प्रवाहित भएर बग्छ । नेपालको एकलौटी नदी हो भन्ने कुराको ज्ञान सिङ्गो पार्टीभित्र रहेको देखिन्छ । या बुझ पचायियो । नेकपा एमालेभित्र राष्ट्रप्रति जिम्मेवार व्यक्तित्व, आफ्नो भूभाग सम्बन्धी ज्ञानको अभाव देखिएको थियो या छिमेकीको दवाव तथा त्यतातिरबाट कुनै मोलाहिजा तथा सत्यप्रति जानकारी नहुनु ? यी सबै बारे ढिलो भए पनि पार्टीले छानबिन गर्नु पर्दैन ? मेरो बुझाइमा, कम्युनिष्टहरु देश र जनताप्रति माया गर्छन् उनीहरु जतिको अगाधता, राष्ट्रियता अरुमा पाइँदैन भन्ने सुनेको थिए । विश्वमा विभिन्न भागमा भएका कम्युनिष्ट आन्दोलनमा राष्ट्रप्रति उनीहरुको अगाधता छाम्ने मौकाको साथै उनीहरुका देशमा भएका घटनामा उनीहरुको संलग्नतालाई उदाहरणको रुपमा लिन सकिन्छ ।

​तत्कालीन नेकपा एमालेका के.पी. ओलीको महाकाली सन्धिको प्रस्थान विन्दु नै राष्ट्रप्रति घात प्रतिघातका साथै आम नेपाली जनतालाई ढाट र छलेर के हौवा पिटाए भने ‘महाकाली नदी साझा नदी हो’ जब कि महाकाली नदी नेपालको एकलौटी नदी हो । यसका लागि नेकपा एमालेका तर्फबाट राष्ट्रप्रति घात गरिएको कुरा देशभक्त नेपाली जनता समक्ष माफी माग्नु पर्छ । राष्ट्रप्रति घात गरिएको कुरालाई सरकारले श्वेतपत्र जारी गरोस् ।

 

भारतीय शासकको दादागिरीको भण्डाफोर गरिनुपर्छ

​छिमेकी भारतले हाम्रो मुलुकलाई पटक–पटक नाकाबन्दी लगाएको छ । नाकाबन्दी अर्थात् त्यसलाई युद्धको दोस्रो रुपमा पनि भनिन्छ । जब–जब भारतीय सरकारको स्वार्थ अनुकूल नहुँदा भारतीय पक्षबाट नाकाबन्दीको युद्धलाई तेर्छाउने गरेको छ । नाकाबन्दीको अर्थात् उसले नेपालमा एक पछि अर्को गर्दै यस मुलुकलाई झन्–झन् आत्मनिर्भर विहीन बनाउनु उसको मनसाय रहेको छ ।

​सीमा विवाद सम्बन्धमा एउटा उदाहरण बुद्धिनारायण श्रेष्ठले यसरी पस्किनु भएको छ कुरा हो “नाइजेरिया र क्यामेरुन बीच तेल भण्डार भएको विकासन पेनिन्सुलाको स्वामित्वलाई लिएर सन् १९९४ देखि सीमा विवाद भयो । आपसी कुराकानीबाट समाधान नभएपछि दुवै देश संयुक्त राष्ट्रसंघ हुँदै १९९५ मा अन्तर्राष्ट्रिय अदालत पुगे । अदालतले १९२९–३० मा थोम्सन मर्चान्ड घोषणापत्रले सीमा उल्लेखन गरी अक्षांश देशान्तर र उचाइ कोअडिनेट तथ्याङ्क भएको नाप नक्सा एवम् १९३१ मा फ्रान्स र वेलायत बीच भएको कागजातलाई आधार मानेर २००२ मा क्यामेरुनको पक्षमा निर्णय गर्यो । निकै समय वित्दा पनि नाइजेरियाले हारेको तेल क्षेत्र खाली गरेन । अदालतको निर्णय कार्यान्वयन गर्न कोफी अन्नानले दुवै राष्ट्राध्यक्षलाई राखेर २००६ मा मध्यस्थता गरे । बल्लतल्ल नाइजेरियाले २००८ मा निकासन क्षेत्र क्यामेरुनलाई हस्तान्तरण गर्यो ।”

​सानो देशले ठूलो देशलाई हराउन सक्छ यसकारण कि आम जनताको व्यापक समर्थन र एकता पहिलो कुरा हो । आमजनता राष्ट्रप्रति समर्पित हुनुपर्यो । हामीले देखेका छौं । हाम्रै छिमेकी भारतले लंका र लंकाली जनतालाई तहस-नहस गर्नका लागि कम्युनिष्ट ब्राण्ड लिट्टे नामक आतङ्कवादी संगठन खोलेर लंकामा पदार्पण गराएको थियो । जस्तो नेपालमा माओवादी पार्टीलाई गठन गरेर भारतले आफ्नै देशमा पालित पोषित संरक्षण गरेर नेपालभरि आतङ्कको सिर्जना गरेर नेपाली जनताले राजतन्त्र विरुद्ध युद्धको शंखघोष गरेको र त्यसलाई भारतीय मिडियाहरुले जे जस्तो हरकत गर्न लगाइएको थियो । त्यसको पुष्टि भइसकेको छ । भारतद्वारा पालित पोषित लिट्टे नामक आतङ्कवादी संगठन लंकामा टिक्न सकेन । लंकाली जनताले त्यसलाई नामेट पारेको इतिहास हामीले विर्सिएका छैनौं ।

​प्रचण्डको अध्यक्षतामा हुर्काइएको बढाइएको नेकपा माओवादी आतङ्कवादी संगठनको जन्म भारतीय रअ र भारतीय मिल्ट्री मिसनको पैदाइशीमा जन्मिएको तथ्य र नेपालमा राजतन्त्रको नामेटको लागि तयार गरिएको एउटा जत्था थियो । ढिलो चाँडो त्यस जत्थाको व्यवहार र माओवादी संगठनको पालनकर्ता नै भारत सरकार थियो । नेपाल आर्थिक रुपमा आफ्नै खुट्टामा अडिन खोज्दै आफ्ना संरचनालाई मजबुत बनाउँदै लग्दै थियो । यी सबै संरचनालाई विभिन्न बहानामा ध्वस्त गरिदै लगिएको कुरा आम नेपाली जनता समक्ष प्रष्ट हुँदै गएका छन् ।

​नेपाली जनतालाई अल्पमत बनाउनका लागि सालै पिच्छे लाखौंको मतदातामा नेपाली नागरिकता वितरण गरिदैछ । छिमेकी भारतीयहरुलाई होलो खुकुलोको रुपमा सिमाना-सिमाना क्षेत्रमा यस किसिमका राष्ट्र विरोधी क्रियाकलापलाई रोक्न सरकार कुनै कदम चालेको छैन । उल्टै भारतीय सरकारबाट संरक्षण प्राप्त त्यसलाई झन् झन् उदान्त रुपमा राष्ट्रिय विरोधी क्रियाकलाप भारतीयहरुलाई नागरिकता दिने कार्य झन् झन् विगविगी रुपमा महामारीको रुपमा यो बढी रहेको छ । यसप्रति ध्यान दृष्टि दिने कोही देखिएको छैन । सिक्किममा भारतीय शासन व्यवस्थाले जसरी २२ औं राज्यमा रुपान्तरणको प्रक्रिया गर्यो त्यस किसिमको सञ्जाल विकास उग्र रुपमा बढी रहेको छ ? आम नेपाली जनताको चासो यतातिर किन छैन ? देशमा भारतीय सरकारको दादागिरीमा झन् झन् खस्किदै गइरहेको छ ।

 

प्रधानमन्त्री के.पी. ओलीको गाईजात्रा

​प्रोटोकल तय नभएको सेनापति र रअ प्रमुखलाई भेट दिनु, लिपुलेक, कालापानी, लिम्पियाधुरामा सडक निर्माण युद्धस्तरमा भैरहेको बेला उनीहरु प्रतिको यो सम्मानले देशभक्त नेपालीले कसरी पचाउछन् ? नेपाली जनतालाई कस्तो देशभक्ति सिकाउँदै हुनुहुन्छ प्रधानमन्त्री ओलीजी !

कमल कोइरालाले स्पष्ट शब्दमा जवाफ दिनु भएको छ, यो कार्ड नरेन्द्र मोदी र भारतीयको लागि हो । यसै प्रसङ्गमा बल्लभ पौडेलले भन्नु भएको छ – महाकाली सन्धिको पृष्ठभूमिमा पाखण्डी राष्ट्रवादको अर्थ के छ र ?

​के.पी. ओलीको महाकाली सन्धिदेखि तय भएको उनको पाखण्डी राजनैतिकयात्रा भित्र लुकेको लेण्डुपे राष्ट्रवाद यसबेला छताछुल्ल भएको छ । संसदबाट पास भएको चुच्चे नक्साप्रति घृणाभाव राख्दै, सेनापति र रअ प्रमुखप्रतिको एउटा देशको प्रधानमन्त्रीको शिष्टताको परकाण्ठा नाघेको छ । नेपाली जनता र नेपालप्रति मिचाहा प्रवृत्ति अनुरुप लिपुलेक, कालापानी, लिम्पियाधुरामा युद्धस्तरमा सडक निर्माणको क्रम भारत सरकारले गरिरहेको छ । संयुक्त राष्ट्रसंघ गुहार्नु पर्ने बेलामा प्रोटोकल तय नभएका व्यक्तिसँग हिमचिम बढाउने, ज्यू-हजुरीको नाट्यलीलाले राष्ट्रको मानमर्दनमा ओलीको लेण्डुपे प्रवृत्ति छताछुल्ल भएको छ । राष्ट्रको लागि के.पी. ओलीलाई देशद्रोहीको मुद्दा चलाउनका लागि सम्बन्धित निकाय युद्धस्तरमा तयार हुनुपर्छ ।

​संसदको भारि बहुमतबाट लिम्पियाधुरा, कालापानी, लिपुलेक सहित समेटेको नक्साप्रति आदर सम्मान गर्दै पास गरेको छ । संसदको गरिमामय उद्घोष राष्ट्रप्रति संसदको त्यो सम्मानजनक एकताले राष्ट्रको शिर उठेको छ । यस्तो बेला राष्ट्र एकजुट भएको परिदृश्यमा प्रधानमन्त्री के.पी. ओलीद्वारा चुच्चे नक्शाको वेवास्ता गर्दै दशैं जस्तो महान् चाडको पूर्व सन्ध्यामा राष्ट्रप्रति गरिएको घृणित व्यवहारले आम नेपाली जनताप्रति संसदको गरिमामय प्रति गरिएका दृष्टिता निन्दनीय छन् । एक सेकेन्ड पनि उनी प्रधानमन्त्रीको कुर्सीमा टाँसिरहन योग्य नभएका हरकत गरेका छन् ।

​के.पी. ओलीको राजनैतिक उठान झापाली आस्था अर्थात् माक्सबादप्रतिको आस्था उठेको भएता पनि उनको संगठनको निरन्तरता त्यस्तो भएन । जेल जीवनमा भन्ने गर्थे मैले ५ करोड रुपैयाँ पाएको खण्डमा कम्युनिष्ट हुन छोडेर पंचायती व्यवस्थातिर आफूलाई समर्पण गर्नेछु । यस्तो कुरा आफ्ना अन्तरस्करण मिल्ने साथीहरुसँग भन्ने गर्थे भन्ने कुरा जेल जीवनमा नै भन्ने गर्थे । जेल जीवनमा आफूलाई माक्सबादप्रति कति दीक्षित बनाए या माक्सबादप्रतिको आस्थालाई उनले के कसरी त्यसलाई सौदावाजी गरे भन्ने कुराको स्पष्टता प्रधानमन्त्री भइसकेपछि होली वाइनको चासनीमा डुबेर १ लाख डलरको छातीमा माला लाउनसम्म भ्याएका थिए । होली वाइनको चास्नीसँगै उनीले आफूलाई माक्सबादप्रति तिलाञ्जली दिँदै यूटर्न भएको कुरा देशभक्त नेपालीहरुलाई जगजाहेर भएकै छ ।

​के.पी. ओलीको जीवनका विभिन्न कालखण्डमा आइपुग्दा आफ्ना हनुमानहरुले भ्रष्टाचार जे-जस्तो देशद्रोही तथा घृणित कार्य गरेता पनि तिनको संरक्षणका लागि हँदैसम्म उत्रिएको कुरा आम नेपाली जनतामा स्पष्ट बोध भएको छ ।

​माओत्सेतुङले भन्नु भएको थियो – “कम्युनिष्टहरुको हृदय विशाल हुनुपर्छ, ऊ इमान्दार र सक्रिय हुनुपर्छ, क्रान्तिको हितलाई उसले आफ्नो ज्यानभन्दा प्यारो सम्झनुपर्छ र आफ्नो व्यक्तिगत हितलाई क्रान्तिको हितको अधीनमा राख्नु पर्छ । पार्टीको सामूहिक जीवनलाई मजबुत तुल्याउन र पार्टी र जनताका सम्बन्धहरुलाई अझ बलियो पार्न उसले सधैँ र जहाँ पनि सही सिद्धान्तमा अडिरहनु पर्छ । सबै गलत विचार र कामहरुको विरोधमा अथक संघर्ष चलाउनुपर्छ । कुनै व्यक्तिको भन्दा बढ्ता उसले पार्टी र जनताको चिन्ता लिनुपर्छ । आफ्नो भन्दा बढ्दा अरुहरुको वास्ता गर्नुपर्छ । यसो भएमात्र उसलाई कम्युनिष्ट मान्न सकिन्छ ।”

 

सरकार प्रमुखको जिम्मेवारी

​सीमाविद् बुद्धिनारायण श्रेष्ठको शब्द सापटी लिएर यी शब्द पस्किन्छु – “सवुत प्रमाण र नक्सा दस्तावेजका आधारमा समकक्षीसँग एउटै टेबुलमा बसेर आँखामा आँखा जुधाएर शिर ठाडो गरी छाती तनक्क तन्काएर पुस्टाइको साथ कुराकानी र वहस गर्नु अन्ततः सरकार प्रमुखको जिम्मेवारी हो । पुरानो ऐतिहासिक नक्सा प्रमाण भिडाएर भारतलाई नक्सा संशोधन गर्न बाध्य तुल्याउन सक्नुपर्छ । नक्सा संशोधन गरे पछि लिपुलेक, कालापानी, लिम्पियाधुरा क्षेत्रबाट सेन्यबल फिर्ता गराउनै नैतिक जिम्मेवारी भारत माथिपर्छ । समय लाग्ला त्यो बेग्लै कुरो हो । तर कुराको उठान गरी वैठानमा पुर्याउने कुटनीतिक चातुर्य चाहि अपरिहार्य छ ।”

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले तत्कालीन भारतीय प्रधानमन्त्री पी.भी. नरसिंह रावसँग नेपाल भारत बीच १९५० को असमान सन्धिलाई आजको परिस्थिति अनुकूल बनाइनु पर्छ भनेर प्रस्ताव राख्नु भएको थियो । तत्कालीन भारतीय प्रधानमन्त्रीले त्यसलाई सकारात्मक रुपमा लिएर त्यसको लागि गृहकार्य पनि भएका थिए । राष्ट्रिय हितका सवालमा अन्य हाम्रै तर्फबाट पनि त्यसलाई निरन्तरता दिइएन । यी सबै सवालसँगै अन्य कतिपय राष्ट्रय हितका कुराहरु पनि नउठाइएका छन्

​वहालवाला प्रधानमन्त्री के.पी. ओलीले जसरी संसदबाट नेपालको चुच्चे नक्शामा हाम्रो अतिक्रमित भूमिहरु लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर नक्सा बनाइएको थियो । देशभित्र र देश बाहिर प्रधानमन्त्री के.पी. ओलीको राष्ट्रियता प्रतिको लगाव उनको आँटप्रति सराहना गरिएको थियो । संसदबाट पास भएको थियो । थपडीको गुञ्जयमान र त्यहाँ संसदबाट अनुमोदनको मसी सुक्न नपाउँदै प्रधानमन्त्री के.पी. ओलीद्वारा ती नक्शालाई थाती राखेर पुरानो नक्शालाई प्रकाशित गर्नु आफैंमा देशप्रति घात गर्नु हो । नेपालको प्रोटोकलले नचिने भारतीय कर्मचारीद्वयलाई वालुवाटारमा गरिएको आवागत, त्यो पनि प्रधानमन्त्रीबाट गरिएको हरकत राष्ट्रको लागि शिर निहुराउने हरकत भन्न सकिन्छ । भारतीय सरकारको हेपाहा प्रवृत्तिप्रति नेपालको प्रधानमन्त्रीको स्वीकारोक्ति तथा दास मनोवृत्ति आम देशभक्त नेपालीको शिर झुकाउने कार्य गरेका छन् । यसका लागि पनि प्रधानमन्त्री ओलीले आम नेपाली जनतासँग यस किसिमको रवैया प्रति माफी माग्नु पर्छ । यस किसिमको प्रोटोकलले नचिनेको भारतीय कर्मचारीप्रतिको दवावको आवाहगत प्रतिको दवाव वारे पनि देशवासीलाई भन्न सक्नुपर्छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *