मदनकृष्णकी यशोधाले सिकाएको पाठ

 

नाम र कामले प्रशिद्धी कमाएका कलाकार मदनकृष्ण श्रेष्ठको परिचय गराइरहनु आवश्यक छैन । बिगत दुई चार वर्षदेखि उहाँको दिनचर्या याद गरेको म जस्ता हज्जारौं दर्शकलाई पक्कै उहाँकी श्रीमती यशोधा सुवेदीको निधनको खबरले भावविह्वल बनाएको छ ।

बिगत केही वर्षयतादेखि पर्किन्ससको विरामी भएर आफैं कमजोर बन्दै जानुभएका कलाकार मदनकृष्णले क्यान्सर भएकी श्रीमतीलाई समाल्दै आउनुभएको थियो नै । बुझ्ने अभिभावकका लागि त्यो अपेक्षाकृत व्यवहार त थियो नै त्यसमाथि उहाँको अनुशासित परिवार झनै आजका युवाका लागि प्रेरणामूलक छ ।

छोरा यमनले आफ्नो स्वार्थ हेरेको भए अनेक बहानाले अमेरिका छाड्ने थिएनन् तर बा कमजोर अनि आफ्नी आमा विरामी महसुस हुना साथ उनी पनि अमेरिकी जीवन चटक्कै त्यागेर सपरिवार नेपाल फर्किए यो कदम सामान्य देखिए पनि अभिभावकको सम्मान, आफ्नो कर्तव्य र दायित्वलाई प्राथमिकतामा राख्न सक्ने सन्तान बनाउन सक्नु नै उहाँहरुको सच्चा प्रेमको ठूलो उपहार हो ।

 

त्यसैगरी छोरा यमनको मात्र हैन छोरी सरानाको पनि आफ्ना बाआमाप्रतिको अगाध माया देखिन्छ ।

त्यसो त कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नी श्रीमतीले दुःख पाइरहेकी छिन् नराम्रो विराम लागेको छ र यो दिन आउन सक्छ भन्ने परिवारलाई लागेको हुनसक्छ नै तर मदनकृष्णले उहिल्यैको आडम्बरी समाजमा जातियताको पराकाष्ठ झेल्नेबेलादेखि हालसम्म आफूले माया गर्ने जीवनसाथीलाई अनेकौं चुनौतिका सामु सधैं हरतरहले सम्बन्धलाई जसरी जोगाउँदै ल्याएर आफ्नो नामसँगै प्रेम अमर बनाउनुभयो यो पनि अर्को सिक्न लायकको शिक्षा आजको पिडींलाई दिनुभएको छ ।

मदनकृष्णले लेख्नुभएको “महको म”मा उल्लेख गरिएको कुरा सामान्य लाग्छ तर पनि तलका कुराले पनि थाहा हुन्छ उहाँ आफ्नी श्रीमतीका लागि गर्नुहुने प्रेम ।

“एकपल्ट गायिकका आनी छोइङ डोल्माले होटेल द्धारिकाजमा आयोजना गरेको सानो डिनर कार्यक्रममा दुईचार जना साथीहरु तीजको ब्रतको महत्वबारे कुरा गर्दै थिए । श्रीमानको आयु बढ्छ भन्ने जनविश्वासका आधारमा श्रीमतीहरुले पानीसम्म पनि नखाई तीजको व्रत बस्छन् । उनीहरुको कुरा सुनेर मैले भनेको थिएँ, “म त श्रीमतीको आयु बढाउन पाँच वर्षदेखि लगातार व्रत बस्दै आएको छु ।” मेरो कुरा सुनेर आनीले भनिन्, हो दाई, ‘तपाईंजस्तो श्रीमान पाइने हो भने कसै पनि यहाँ आनी नै बन्नुपर्दैन ।’ “
-महको मबाट उदृत

 

घरपरिवारदेखि आर्यघाटसम्म देखिएका उहाँका सन्तानहरुको माया स्वभाविक भए पनि सम्मानित छ । छोरा-बुहारी, छोरी -ज्वाईं र नातिनी-नातीको माया सधैं कायम रहने नै छ । मदनकृष्णले दिएका कतिपय जीवन संघर्षका अन्तरवार्ताले उहाँको सम्मानित सम्बन्धको प्रेमपूर्ण जीवन, उतार चढाव र अनुभवले सधैं भावुक बनाउँथ्यो ।

आर्यघाटमा उहाँको भावविह्वल अनुहार देखेर मन नपुट्ने को नै होलान् र ? मेरो नजरमा उहाँको प्रेम अमर भयो र सधैं अमर रहने छ । उहाँको परिवार आदर्श परिवार बन्यो र साँच्चिकै सम्मान दिनुपर्ने मार्गदर्शक एक आदर्श अभिभावक प्रमाणित भएको छ ।

उहाँको बाँकी जीवन पनि सधैं कष्टरहित र आदर्शमय बितिरहोस् । यो एक शुभचिन्तक दर्शकको नजरबाट शुभकामना ।।

तस्वीर: साभार महको म बाट

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *