भान्सा


आज कस्को कुरा गरौं
केरा को कि सुन्तलाको
आँपको कि भुईंकटहरको
ज्यामिरलाई छुटाउन भएन
चित्त दुखाउला उस्ले नि।

आलु पिडालुलाई कस्ले छुने
फूलकोबी र बन्दा होइनन् बैगुनि
नाम छ बैगुन तर धेरै छ उसको गुन
छुटाउनु हुन्न खोर्सानी र हरियो साग
अपुरो हुन्छ भान्सा लाग्छ फिक्का दाग।

निगुरोको ब्याख्या निगुर मुन्टि न हो
कागतीको कचकच  कति सुन्नु भैगो
निचोरेर बनाउ उसलाई तिलको छोप
धुलोपिट्ठो पार्दै आलसको अचार
स्वस्थ रहनु पर्यो सदाबहार
वृद्धि हुन्छ बुद्धि विवेक विचार।

मकैको थाङ्ग्रो होस वा धानको भकारी
रित्तिंदै जानु गरिबीको संकेत हो प्यारी
भोको पेट बस्न कस्को रहर हो र
अन्नपात नहुँदा बिकल्प अरू के छ र ?

सरकारको के मुख ताक्नु
उ आँफै अरूको निर्देशन ताक्छ
सरोकारबालालाई को हौ भनी सोध्छ ?

नजाउँ भने हुँदैन भान्सामा
चल्दैन गुजारा यो संसारमा
दिनमा दुई-दुई पटक धाउनुपर्छ
किन हो अचेल भान्सा शब्द
सुन्ने बित्तिकै दिक्क लाग्ने गर्छ।

3 Comments

Leave a Reply to Sahadev koirala Cancel reply

Your email address will not be published. Required fields are marked *