सडकमा बसेकाको दाउ कुर्सी, कुर्सीमा बसेकाको दाउ कुर्सी नछोड्ने

यो पंक्तिकार अहिलेसम्म कुनै दलको झोला बोकेर हिडेंको छैन । अहिलेसम्म पंक्तिकारको परिचय भनेको मात्र एक  नेपाली हो । म यहाँ कुनै व्यक्ति विषेश वा कुनै दलको  विरोधी वा समर्थक भएर यहाँहरु समक्ष विचार व्यक्त गरिरहेको छुइन ।

मात्र एउटा सच्चा नेपाली भएर आफूलाई लागेको विचार व्यक्त गर्ने जमर्को गरेको छु ।  देशभित्रका गनेमानेका विभिन्न विद्धानहरुका विचार अहिलेको अबस्थामा पढ्न पाइरहेको बेला एउटा नेपाल र नेपालको हितका लागि केही लेख्ने अनुमति यहाँहरुसमक्ष राख्न चाहन्छु ।

देश दिनदिनै बिषम परिस्थितिमा गुज्रिरहेको देखेको २० सौं वर्ष बितिसक्यो । नेतामा हुने विषेश  योग्यता के हुन् ? भनेर केपि बा, प्रचण्ड, माकुने, बाबुराम, शेरबहादुर देउवा वा रामचन्द्र पौडेल जोसुकै हुन् , अहिलेसम्म नेतृत्वमा पुगेर देश र जनताको सेवा गर्छु भन्दै दलाल(सेटिङ्ग) मार्फत “नैतिक भ्रस्टाचार गरी अकुत सम्पत्ति कुम्ल्याई पदलोलुप हुँदै अझै पनि बाचुन्जेल कुर्सीको मोहमा परि नैतिकता बिर्सेर पथभ्रस्ट हुने” बाहेक देश र जनताका लागि के काम गरेर यिनीहरुलाई नै मतदाताले फेरी १०० मा १०० नै आउने गरि आफ्नो तर्फबाट नम्बर दिनु ?

इन्भर्टेडकमा भित्रको बाक्यमा कति जनालाई आपत्ति होला तर यति भन्न बाध्य छु । हामीले पाएको नेताहरुलाई धेरै कम हो यो वाक्य।

तर ब्यवहारमा के कस्तो नम्बर दिइरहेका छन भन्ने  झन घाम जस्तै छर्लङ्ग छ । सुन काण्ड कता गयो ? निर्मला कता पुगिन ? ७० करोड चोर उसकै ठूलो स्वर ?

कोरोनाको नाममा अरबौं भ्रष्टचार, मौकामा चौका हान्ने बानि राज्यसत्तामा जुको झैं टांसिएर आफ्नै मात्र परिवारका लालनपालनमा लागेका नेताजीहरू देशको लागि जिम्मेवार बनेका खै ? जनताले कुन कुरामा सहुलियत पाएका छन् ? कोरोना लागेको बेला बिहान-बेलुकाको छाक कताबाट ल्याएर जुटाउने भन्ने अवस्थामा कर उठाउने मेरो सरकार ? अनि यो “ओली भर्सेस् प्रचण्ड” को दोहोरिमा जनताले महामारी नभनी अझै पनि झुटा आश्वासनहरुलाई साचो मान्दै मतदान गरेर जिताउनु पर्ने ? यी त भए अहिलेका सरकारले गरेका ताजा उदाहरण ।

यो त लोग्ने-स्वास्नीको झगडामा चक्का जाम गरे जस्तो भएन र ? दुई जनाको कुरो मिल्दैन सारा नेपाली निर्वाचनमा जानुपर्ने ? अरबौंको लगानी लाग्छ चुनाबमा त्यो सबै जनताको करबाट उठेको पैसा हैन ? यो पैसा त कुनै बिकास कार्यमा लगानि गर्नु अथवा बिद्धुत उत्पादनमा लगाउनु बिकास गर्नु देशमा बिकास भए सबैको हित हुन्छ भन्ने मनोभावना राख्नु जनतालाई सहुलियत दरमा बिद्धुत दिनु अरु पनि राज्य संयन्त्रबाट दिन सक्ने सुबिधा दिनुअनि जनताहरुले पनि भन्ने छन सरकारले जलस्रोतको दोस्रो धनी देश हाम्रो बिद्धुत चै सुलभ छ। अथवा यो चैं दियो है भनेर, जहिले लुट्ने ?

अब त एक अर्को दलको नेताको पनि हैन एउटै दलका नेताहरुको कतिन्जेल हामी मतदाताले व्यक्तिगत लडाँइ-झगडामा  साथ दिइराख्न पर्ने ?

२०४६ सालपछिका कुरातिर पनि नजाऔं, इतिहास पढ्दा सबै थाहा हुन्छ । यिनै दलका नेताले गरेका अनेकन भ्रष्टचारका रामकहानी । गणतन्त्र स्थापनापछिका मात्र कुरा गर्ने हो भने पनि हिजोका तिनै भ्रष्ट र अनैतिक काम गरेकाहरुकै अहिलेसम्म पनि रजगज चलिरहेको देखेपछि मतदाताको मन कस्तो होला ? कतिन्जेल मतदातालाई आश्वासनका पोकाहरु बाँढ्दै कुर्सीमा पुगेपछि फेरी पनि आफू र आफन्तकै लागि मात्र भ्रष्टचार र अनैतिक सम्पत्ति कुम्ल्याउनेहरुलाई हामीले किन बुझ्न सकिरहेका छैनौं ?

कतै हामी मतदाता नै मुख्य दोषी त हैनौं ? पटक-पटक हामीलाई झुटो आश्वास दिएर पनि फेरी तिनै नैतिक-पतन भएका भ्रष्टहरुलाई हामी किन छानिरहेका छौं ? किन व्यक्ति-व्यक्तिको झगडामा हामी यति धेरै खर्चिलो चुनावलाई एउटा प्रधानमन्त्रीको सन्कीलाई मानिरहेका छौं ? किन यसका विरुद्द हामी लड्न सकिरहेका छैनौं ? एकछाक मासु भात र झुटा आश्वासनमा परेर सम्पूर्ण नेपाललाई नै हामी मतदाताले कतै यिनै कीर्नाहरुलाई चुसाइरहेका त छैनौ ? अब सोच्ने बेला आएको छ ।

सन्कीको हातमा जब शासन सत्ताको बागडोर आउँछ त्यस्तो सन्कीले आफ्नै जनतालाई अनाहकमा दुःख दिनु बाहेक राम्रो काम केही गर्दैन । आजसम्म नेपालमा त्यस्तै-त्यस्तै सन्कीको हातमा सत्ताको बागडोर पुग्यो । यसैले सन्कीहरुले हामी आम जनतालाई दुःख दिने र देशको बजेटको दोहन गर्ने बाहेक कुनै राम्रा काम गरेको हामीले देख्न सकिरहेका छैनौं । कांग्रेस कम्युनिस्ट त्यसअघिका पंचेहरु जो सुकै हुने सत्तामा पुगेपछि आफ्नो स्वार्थलाई मात्र प्राथमिकतामा राखेर अहिलेसम्म हामी मतदाताले दुःख मात्र पाएको आभास भएको महसुस गर्नुपरिरहेको छ ।

लगभग १५-२० बर्ष पहिले जब मतदान दिन योग्य भैयो उसबेलाको कुरो सम्झनामा आउँछ जब चुनावको माहोल शुरु हुन्छ अनि भन्ने गरिन्थ्यो ठुला बडा भनौदा झोले अंकलहरुबाट यस्मा भोट हाल्नु पर्छ, अर्को आयो तेस्तै अनि जहिले पुरानै अनुहार पुरानै बिचार अनि पुरानै भ्रस्टाचारको दुनियामा रमाईरहेको मेरो देश, अब नयाँ मुहारको खोजी हुन थालेको छ मुलुकमा । जनताहरु अत्यन्तै निराश भैसकेका छन अब अत्ति भैसकेको छ । सडकमा बसेकाहरुको दाउ कुर्सी नै हो र कुर्सिमा बसेकाहरुको दाउ कुर्सी नछोड्ने नै जस्तो देखिन्छ । सडकमा बस्ने सडकमै र उखान टुक्का भन्ने कमेडीमै होलान । यस्तो भएमा जनता सचेत भएको महसुस गर्नेछ मुलुकलेले । जय मेरो देश ।

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *