चिकित्सा क्षेत्रमा एक कर्मठ प्रतिभा डा. सृष्टि शर्मा

हाम्रो समाजमा धेरै प्रतिभा छन् जसले विश्वस्तरमा काम गरिरहेका छन्। आफ्नो प्रतिभा, मेहनत र दुरदृष्टिले धेरै उँचाइमा पुगेका हुन्छ । यस्तैमा हाम्री एउटी चेलीले चिकित्सा क्षेत्रमा विश्वस्तरीय काम गरिरहेकी छन् ।

उनी हुन् अमेरिकामा कार्यरत डा. सृष्टि शर्मा । उनको जन्म सन् १९८४ मा गान्तोकमा भएको हो । बाबा कृष्णकुमार शर्मा र आमा सुशिला शर्माको छोरीको रूपमा जन्मेकी उनले आफ्नो अध्ययनका क्रममा गान्तोकको होलि क्रस स्कुलबाट नर्सरी, सन्त जोसेफ्स कन्भेन्ट, कालिम्पोङबाट तेस्रो श्रेणीदेखि छैटौं श्रेणीसम्म, सातौं श्रेणीदेखि बाह्रौं श्रेणीसम्म गान्तोकको टासी नामगेल अकादमीमा पढेकी हुन् । उनले सन् २००० मा दशौं श्रेणी र सन् २००२ मा बाह्रौं श्रेणी उत्तीर्ण गरेपछि उनको अध्ययन चिकित्सा क्षेत्रमा मोडिएको हो । उनले गान्तोकको सिक्किम मणिपाल आयुर्विज्ञान संस्थानबाट एमबीबीएस र एम एस (Master in Surgery) २००२ देखि २००८ सम्म सकेपछि आफ्नो अध्ययन बढाउन अमेरिका पुगिन् । त्यहाँको बाल्टिमोरको John Hopkins Bloomberg School of Public  Health  बाट जनस्वस्थ्य (Master of Public Health) विषयमा मई २०११ –मई २०१२) स्नातकोत्तर अध्ययन गरिन् । त्यसपछि फेरि विश्वको उच्चकोटिको Harvard Medical College, Boston बाट जून २०१५ देखि जुलाई २०१६ सम्म Paul Farmer Global Surgery Fellowship रही अध्ययन गरिन् ।

(नवीन पौड्याल)

डा. सृष्टि शर्माले आफ्नो चिकित्सा सेवाको शुरूवात् सन् २००९ सालभरि National Rural Health Mission  अन्तर्गत मेडिकल अफिसर भएर सिक्किममा काम गरिन् । त्यसपछि २०१० सालभरि दिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा सर्जरी विभागमा (Liver Transplant ad Hepatobiliary Surgery) मा Resident Doctor भएर काम गरिन्। त्यसपछि जुलाई २०१२ अप्रेल २०१३ सम्म उनी Arlington VA USA मा International Relief and Development Health Division  मा पनि काम गरिन् । त्यसछि जनवरी २०१३ देखि जून २०१५ सम्म जोन होप्किन्स विश्वविद्यालयमा  स्नातक अनुसन्धान सहायक हुँदै  John Hopkins Global Surgical Initiative  र G4 Alliance विकासशील राष्ट्रहरूमा सर्जरीको विकास गर्ने अभियानमा जुटेर काम गरिन् । उनी  G4 Alliance की त कार्यकारी सदस्य भएर पनि काम गरेकी हुन् ।

उनको आफ्नो सेवा र अनुभवको गतिलाई बढाएर उनी अमेरिकाको Harvard Medical School मा जून २०१५ देखि जुलाई २०१६ सम्म Program for Global Surgery and Social Change  मा  Global surgery मा काम गरिन् । यसको आयजनामा उनले Lancet Commission Surgical Systems Assessment Tool भन्ने विकसित गरेर यसलाई   इथोपिया, रावण्डा र ब्राजिल सरकारहरूले आफ्नो स्वस्थ्य सेवाको विकासको निम्ति प्रयोग गरे ।  यस क्रममा उनेल भारतको सूदुर ग्रामीण क्षेत्रका स्थानीय सर्जनहरूको सहयोगमा स्वस्थ्य क्षेत्रको सुधारमा Lancet Commission on Global Surgery को पदक्षेप गरिन् । त्यसपछि उनी मार्च २०१६ देखि जुलाई २०१७ सम्म अमेरिकाकै बोस्टोनको Brigham and Women’s Hospital मा Department of Thoracic Surgery मा Clinical Researcher  भएर  स्वस्थ्य क्षेत्रमा फोक्सो सम्बन्धित रोगको सम्भावित विकास गर्ने कुरामा आफ्नो अध्ययन गरिन् । त्यस क्षेत्रमा उनले यस फोक्सोको रोगसम्बन्धी अध्ययन गरेर EPIC EHR को अवधारणा विकसित गरिन् ।

यसपछि उनी University of Colorado मा Department of Surgery Resident, General Surgery  जुलाई २०१७ देखि जुलाई २०१८ सम्म काम गरिन् । त्यहाँ उनले आफुले विकसित गरेको EPIC EHR को अवधारणाको आधारमा बिमारीको सेवा जारी राखिन् । त्यहाँ सर्जिकल बिमारीहरूमाथि गहिरो अध्ययन, अनुसन्धान गरी रोगको दैनिक कार्यप्रवाह विकसित गरिन् । सेप्टेम्बर २०१८ देखि हालसम्म भने Denver, US  मा आफ्नै Synapse Healthcare खोली Digital Healthcare Implementation Strategy Consultant भएर काम गरिरहेकी छन् । उनले स्थापना गरेको यस संस्थाले विश्वमा स्वस्थ्य सेवाको उन्नत गर्नु, Telemedicine को व्यवस्था विकसित गर्नु, चिकित्सा औजार आदिको माध्यमले सेवा कार्य गरिरहेकी छन् । यस सँगसँगै उनी Colorado State Health Department मा संलग्न रही हालमा चलेको COVID-19 को महामारी विषयमा Chair for Clinical Workforce Engagement for Colorado e-Commission COVID-19 Innovation Response Taskforce अन्तर्गत विभिन्न स्वस्थ्य सङ्गठनहरूसित सहकार्य गर्दै यस महामारीसित बुझ्ने, लड्ने आदि कुरामा रणनीति बनाउने, प्रशासनिक दक्षता बढाउने आदि जस्ता काममा अहोरात्र लागेकी छन् । यससँगै उनी Sheridan Health Services मा  मुख्य गरी Telemedicine का क्षेत्रमा काम गर्छिन् । NYC Hospital and Healthcare Systems (New York), Alameda Health Systems (California) र Sopris Healthcare सित त जडित छिन् । चिकित्सा क्षेत्रको आफ्नो गहन अध्ययनलाई विभिन्न अन्तर्राष्ट्रिय गोष्ठी र मेडिकल जर्नलहरूमा प्रकाशन गरेकी छन् । समग्रमा भन्नुपर्दा डा. सृष्टि शर्मा, अहिलेको उच्चस्तरीय विज्ञान प्रविधिलाई प्रयोग गरेर अध्ययन, अनुगमन गरी चिकित्सा क्षेत्रमा वैश्विक तहमा काम गर्ने एक कर्मठ प्रतिभा हुन् ।

कालिम्पोङको बमबस्तीका मूल बासिन्दा स्व. कृष्णलाल पौड्यालकी नातिनी डा. सृष्टि सचेत र सुशिक्षित परिवारमा सुसंस्कार पाएकी प्रतिभा हुन् । उनका पिता स्व. कृष्ण कुमार शर्मा (पौड्याल) नै विद्युत विभाग, सिक्किम सरकारमा सुपरिटेन्डेन्ट इन्जीनियरबाट २०११ मा सेवानिवृत्त भएका र आमा सुशीला शर्मा गान्तोकको एउटा विद्यालयकी शिक्षिका (हालमा सेवानिवृत्त) हुन् । डा. सृष्टि शर्मा यसरी चिकित्सा क्षेत्रमा एक चम्किलो तारा भएर काम गरेर आफ्नो श्वर्गवासी बाबुको सपनालाई साकार पार्दैछिन् । उनको उत्साह, कार्य दक्षता, तत्परता, नयाँ केही गर्ने हुट्हुटीले उनलाई सफलताको शिखरतिर लगिरहेको छ । स्वभावले उज्याली, हँसिली, घमण्डशून्य भएकी डा. सृष्टि हाम्रो सम्पदा हुन् । हामी आशा गरौं, निकट भविष्यमा उनको कार्य अनुभव, दक्षता, निरन्तरता, परिश्रम, लगनशीलता सफलता आदिले विश्वव्यापी चर्चा पाएको तथा कुनै दिन चिकित्सा क्षेत्रमा सम्मानजनक अन्तर्राष्ट्रिय पुरस्कार पाएको देख्न पाउँ । हामी सबै गोर्खालीको शुभकामना र आशीर्वाद ।

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *