बुद्धत्व

आँसु पियर म
जीवनभरि दर्दनाक कहरको…
लस्करै लस्कर देखेर
भावुक हुनपुगेछु
ती कारुणिक दृष्यहरू
ती क्षणिक ऐशमा
कति पौडिएँ
कति तैरिएँ
भावनात्मक क्षतबिक्षत भावहरूमा
मेरो मन आक्रान्त भैरहेकोबेला
अफ्ठ्यारा मनका प्रहरहरुमा
भित्रभित्रै खोजीरहें पीडा़हरूको शान्ति
अन्तस्करणमा च्यातेर पहरा
मनै भित्र खनेर गोरेटो
मौन शान्तिको राजमार्ग
हरेक पल खन्दैरहें
हरेक क्षण जोतिरहें
शान्तिको  बीज रोप्दैगएँ
शान्तिको  सम्यक् खोज्दैगएँ
निर्वाणको टेवा दिदैगएँ
चराचर जगतमा ज्ञानको ज्योति
शान्तिको  पात्र जोडेर
बुद्ध पछ्याउँदा
आत्मबोधको अन्तरदृष्टि
बोधिक तत्वज्ञान आत्माभित्रै
अन्तरदृष्टि जगाएँ
बुद्धत्वको निर्वाण मार्ग
अन्तस्करण: भित्रै बुद्धत्व कोरेर
हरपल कुदिरहें
हरपल छरिरहें
हृदयको अन्तर्ज्ञान
सम्यक् दृष्टि बोध !

Add a Comment

Your email address will not be published. Required fields are marked *