आँसु हाँसो मिसिएको
|![](http://nepalipost.com/beta/wp-content/uploads/2018/02/place-your-ad-here_bigger-300x66.jpg)
आँसु हाँसो मिसिएको
अलिक दिनको जिन्दगी
कहाँ पुगिने कहाँ टुङ्गिने
बिना यकिनको जिन्दगी
सुखमा हुँदा रमाउन
सजिलै साथ पाइने
आफूलाई पर्दा दु:खमा
आफ्नो नै चाहिने
कहिले आनन्द कहिले
उदासीनको जिन्दगी
कहाँ पुगिने कहाँ टुङ्गिने
बिना यकिनको जिन्दगी
आँसु हाँसो मिसिएको
अलिक दिनको जिन्दगी
राम्रो नराम्रो दुईटै कुरा
यो दुनियाँमा देखिन्छ
कति आँखामा सर्दै जान्छ
कति मनमा लेखिन्छ
कुनैबेला सङ्कट कुनै
सौखिनको जिन्दगी
कहाँ पुगिने कहाँ टुङ्गिने
बिना यकिनको जिन्दगी
आँसु हाँसो मिसिएको
अलिक दिनको जिन्दगी
आँसु हाँसो मिसिएको
अलिक दिनको जिन्दगी
कहाँ पुगिने कहाँ टुङ्गिने
बिना यकिनको जिन्दगी
![](http://nepalipost.com/beta/wp-content/uploads/2018/02/place-your-ad-here_bigger-300x66.jpg)