गीत

राखेको थिएँ तिमीलाई मैले आँखाको नानी झैं
सकिनौ तर अटाउन तिमी पोखियौ पानी झैं

बगेर गयौ ओरालो झर्यौ कसरी फर्काउँ म
तिम्रै बाटो हेर्ने यो मनलाई कति दिन पर्खाउँ म

ठानेको थिएँ तिमीलाई जीवनमा खुशीको लहर झैं
तिमी त गयौ सागरलाई भेट्न म भएँ बगर झैं

पराइ तिमीलाई मान्दैन यो दिल कसरी बुझाउँ म
तिमीले दिएको आँसुमा आँफैलाई कति दिन रुझाउँ म

Add a Comment

Your email address will not be published. Required fields are marked *