प्रधानमन्त्री केपी ओलीको जन्म कुण्डली: एक सिंहावलोकन

प्रधानमन्त्री केपी ओलीको शासन केही महिना अझै बाँकी छ

वर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीलिको जन्म  विसं २००८ साल फागुन ११गते शनिबारका दिन अपरान्ह ०२०० वजे तेह्रथुमको आठराइमा भएको बताइन्छ ।
त्यस अनुसार यिनी श्रवण नक्षत्रको दोश्रो  पाउमा जन्मिएको देखिन्छ। जन्मको नाम खु,रहेकोले खड्गप्रसाद नाम राखिएको हुन सक्छ ।
यिनीको लग्न मिथुन हो र वृष नवमाम्श हो ।
यिनको दामिनी, बुधादित्य तथा हंश योग भयेर जन्म भयेको छ ।
शनि मित्रगृही, मंगल, चन्द्र तथा बुध समगृही छन् । राजनीति कारक ग्रह सूर्य भने शत्रु गृही भयि भाग्य भावमा बसेको छ
(१)भाग्यको मालिक र राज्य भावको मालिक  बीच दृष्टि सम्बन्ध छ ।
(२)लग्नको मालिक  बुध भाग्यभावमा रहेको पाइन्छ ।
(३) भाग्यको मालिक  शनिले दशौ दृष्टिले लग्नलाई हेरिरहेको छ । लग्न र भाग्येशबीच पनि दृष्टि सम्बन्ध रहेको छ ।
(४)लाभको मालिक मंगल पञ्चम त्रिकोणमा विराजमान छन् ।
(५) भाग्य स्थानमानै बुधादित्य योग परेको छ ।
(६) चतुर्थेश बुध र त्रिकोणेश शनि परस्पर स्थान परिवर्तन गरेर बसेका छन् ।
लक्ष्मी स्थानं त्रिकोमं स्यात् विष्णु स्थानन्तु केन्द्रकम् ।
तेषाम् संयोगमात्रेण चक्रवर्ती नृपो भवेत् ।।(त्रिकाल जन्म कुण्डली दर्पण, पृ१६४/३१)
त्रिकोण वा केन्द्र स्थान बीच स्थान परिवर्तन योग बन्नु भनेको चक्रवर्ती राजाको योग हो ।
अर्कोतिर छ स्थानमा सबै ग्रह रहनु दामिनी योगले पनि राजा सरह राज्य शक्तिमा पुग्ने मानिन्छ।
यसका साथै केन्द्रमा रहेको गुरुले केन्द्रमै रहेको शनि बीच पारस्परिक दृष्ट लेन देन भयिरहेको पाइन्छ ।

(ठाकुरप्रसाद बराल )

दशम भवननाथे केन्द्र कोणे धनस्थे।
अवनिपतिवलनाये शस्त सिहासनेषु ।।
स भवति नरनाथे विश्वविख्यात कीर्ति ।
र्मदगतित कपोलै: सद्गजै शेव्यमानः ।।(त्रिकाल,५५/१८०)
दशम भवनपति केन्द्रमा भये ,राजसिहासन योग्य हुन्छ भनिएको छ ।।
त्यसैगरी केन्द्रगत गुरुलाई बलवान् मानिन्छ।  यी सबै विचार गर्दा केपी ओलीको कुण्डली सशक्त छ।
तर वर्तमान परिप्रेक्ष्यमा भने प्रमुख को उमेर ६९/१/१० देखि ७० वर्षसम्म उल्काको ग्रह चलिरहेको छ । उल्काले मानिसलाई मतिहीन बनाउ छ । ६७/५/१८ देखि ७०/०/०वर्ष सम्म राजयोगकारक वृहस्पतिको दशा चल्दैछ उल्काले प्राय पद त्याग्नु पर्ने वा मतिभ्रष्ट निर्णयहरू गर्दै अलोकप्रिय काम गर्ने योगहरू बन्दछन् । गलत गलत निर्णय गर्न सल्लाहकारहरूले उक्साइरहनेछन् ।
अब विस्तारै पतनको दिशातर्फ जान सकिने छ ।

गोचरमा नबौ भावमा आएर बसेको वृहस्पतिले भाग्य दरिलो बनाए पनि शत्रु गृही छ भने असार छ गते अस्ताउदैछ।बुध वक्री भएरै जेठ ३० गतेअस्त हुनु, शनि वक्री भएर आठौ भावमा पुग्नु पनि शुभकारक हैन ।

राज्यकारक गुरू असार छ गते वक्री हुदैछ । राज्यको मालिक भाग्यमै भयेर वक्री हुनु शत्रुलाई झन् बलवान् बनाउने योग रहेको छ ।

तर पनि प्रधानमन्त्री ओलीको ६७/५/१८ देखि ७०/०/०वर्ष सम्म राज्यको मालिक नै विशोत्तरी दशामा सञ्चालन भइरहेको छ । प्रधानमन्त्री ओलीको अहिलेको उमेर ६९/४महिना हुदैछ ।

 

ठूलै उलटपुलट भयो भने मात्र प्रधानमन्त्री ओली ७० वर्ष अगाडि सत्ताच्यूत हुनेछन् नत्र त यिनी २०७८ साल चैत ११ गते सम्म जसरी भयेपनि टिकिरहने छन् ।

शत्रु भावको मालिक मङ्गल जेठ २० गते कुटुम्ब स्थानमा पस्न पुगेकाले त्यसैदिनबाट शत्रुहरूको सहयोगमा नया गठबन्धन बन्ने योग भएकोले मधेशी मोर्चासँगको सहकार्य शुरू भयेको छ । तर एक डेढ महिना बढि यो गठबन्धन टिक्ने देखिएन। अहिले शत्रुहरूको सहयोग थोरै समयको लागि हो ।

राज्य सत्तामा पुर्याउने गुरू आषाढ छ गते वक्री हुदैछ। आफूले लिएका निर्णयहरू शत्रुहरूले उल्ट्यादिन सक्छन् ।

नेपाल राज्यको लग्न स्वामी मङ्गल र केपीको राज्यभिवको मालिक गुरुबीच परस्पर मित्रता पनि रहेकोले केपीको शासन केही महिना अझै बाँकी छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *