तीन मुक्तक

(१)
कोही अजम्बरी छैन ,एकदिन जो पनि माटो हुन्छ
अरूलाई हँसाउनेहरूकै भागमा मात्र हाँसो हुन्छ
उसैपनि नासिने यो शरीर र यसको स्वामी मनलाई
बुझ्नेले कजाएर सधैँ सेवामै जोताउनु जाती हुन्छ।

(२)
ताजा थिएँ बजारमा र म नगदको लट्टो थिएँ
जसको नजर पर्यो उसैलाई लोभ्याउने पट्ठो थिएँ
मेरो कुरा सुनेर ओठ नलेप्राउनू ए मेरा हजुरहरू  !
वास्तवमा म , मान्छे कम र बढी फर्सीको गट्टो थिएँ।
० ०
(३)
हारखाएका हुन् ऊसँग सर्प, हात्ती, गैँडा, गोही र बाघ-भालुले
अनि ह्वेल, सार्क, गोरिल्ला, हिप्पो र सिंहजस्ता बलिष्ठ ठालुले
मान्छेको तुजुक सम्झेर पशुजगत् थरथर कामेकोकाम्यै छ
अचम्म!आज उसैलाई बन्दी बनायो नाथे कोरोना विषाणुले।

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *