फेसबुकमा- लेखनाथ भण्डारी

राजा मामा अर्थात कुसुन्डा भाषिको अन्त्य

नेपाली समाजमा यसभन्दा पहिले यसप्रकारका घटना भएका थिए वा थिएनन् यकिन छैन । तर अहिले हामीले जात जाति धर्म वर्ण वर्ग वा समुदाय आदिको भाषा संस्कृतिको पहिचान सहितको बाटोमा हिड्न प्रयास गरेकै समयमा अर्थात हिड्न शुरु गरेकै अवस्थामा एक अल्पसंख्यक कुसुन्डा जातिको भाषाको ज्ञान भएका एक मात्र व्यक्ति राजा मामाको गत हप्ता (१८ अप्रेल सन् २०१८) निधन भएको छ ।

समाचारहरुमा उनको उमेर कतै ६५ त कतै ७५ लेखिएको मात्र छैन १९९० को महाभूकम्पमा उनका परिवारको सबै सदस्यको निधन भएको तर उनी र उनकी बहिनी मात्र संयोगले बाँच्न सकेको समेत उल्लेख गरिएको छ | यसरी हेर्दा नेपाली समाबेशी समाजका जातीय सेलीब्रेटीकारूपमा चर्चित र परिचित राजा मामाको उमेर ६५ देखि ८५ बर्षसम्म कति हो यकिन नेपाली सञ्चार माध्यमले गर्न सकेका छैनन् । उनका १० बर्षिय छोरी र श्रीमती छन् । यो जातिको संख्या करिब ३ यस रहेको अनुमान छ ।

नेपाल प्रज्ञा-प्रतिष्ठानव्दारा प्रकाशित नेपाली शब्दकोश(नेपाली बृहत् शब्दकोश,नवौं संस्करण/विसं २०७२ ) मा यस जातिको बारेमा जे लेखिएको छ,त्यो गलत छ र अपमानजनक पनि छ । यो प्रज्ञा-प्रतिष्ठानले सच्याउनु पर्छ । दुख प्रकट गर्नुपर्छ । माफी माग्नुपर्छ । कुनै पनि जाति समुदायलाई अपमानित गर्न प्रयोग गर्ने अर्थ/विशेषणलाई सो जातिको शब्द अर्थ वा परिचय मान्न राज्य वा राज्यका निकायले हुँदैन ।

कुसुन्डा एक नेपाली जाति हो । घुमन्ता पनि हो र जङ्गल भेगमा बस्ने पनि होला तर यसैको अर्थ असभ्य,धुस्रो फुस्रो वा नाङ्गो-भुतुङ्गो भने होइन । हुँदै होइन । यस्ता कतिपय नकारात्मक अर्थ लाग्ने शब्द जुनसुकै समुदायको व्यक्तिको चरित्र/प्रवृति हेरेर भनिने र बुझिने हो । यस्तो अर्थ लाग्ने शब्द अन्य कुनै जाति समुदायको बारेमा पनि लेखिएको छ भने त्यो गलत हो । त्यसरी लेखिनु हुँदैन । लेखिएको भए अबिलम्ब नि:सर्त दुख र क्षमा प्रकट गर्दै हटाइनु पर्छ । नराम्रो अर्थ वा नराम्रो चरित्र/छवी झल्काउने शब्द/परिभाषा कुनै पनि जात समुदायको अर्थ हुँदैन । हुनु हुँदैन ।

कुसुन्डा,यस जातिको बारेमा मलाई सामाजिक अभियन्ता मित्र श्रवण शर्मा जीले बताउनु भएअनुसार यो जाति हिन्दु धर्मका आदर्श मानिने राम र सीताका छोराहरु (लव र कुश) मा कुशका सन्तान हुन् रे ! यो आफ्नै लामो परम्परा संस्कृति र भाषा बोकेको जाति/समुदाय हो ।

हजुरबाको ‘नागबेली’ इतिहासको नालीबेली

 

पत्रकारितामा आधा शताब्दी लामो यात्रा तय गरिसक्नु भएका औंलामा गन्न सकिने र अहिले पनि सकृय नेपाली पत्रकारहरुमा पर्नुहुन्छ -चक्रपाणि नेपाल । जीवनका ७० वसन्त पार गरिसक्नु भएका नेपाल अहिले पनि मेची काली भित्र मात्र होइन सन् १९५० को नेपाल भारतबिचको सन्धिका कारण नेपालले गुमाउनु परेका भूभागहरुको माटोमा पनि नेपाली सुवास खोज्न घुमिरहनु भएको देखिन्छ ।

नेपाली समाजको ६० को दशकको आसपासमा लेखिएका राजनीति,संस्कृति/समाज,इतिहास/सत्य घटना,यात्रा साहित्य संस्मरण,विदेश र अर्थ प्रसासनलगायतका विषयमा नेपालव्दारा लेखिएका करिब १०० वटा समसामयिक लेखहरूको सङ्कलन ‘नागबेली’ इतिहासको नालिबेली पनि हो । समसामयिक सामाजिक वा राजनितिक विषयवस्तुहरूको संकलन हुँदा हुँदैपनि केही लेखहरू विषय वा प्रस्तुतिका दृष्टिकोणबाट हेर्दा सामाजिक वा सामयिक कसिमा तौलिन नमिल्ने खालका नि’ छन् । तर पनि लेखक/साहित्यकारहरूको जीवनका व्यक्तिगत अनुभूतिहरू पनि समाज वा पाठकहरूका लागि पठनीय हुँदैनन् भन्न र निषेध गर्ने तर्क गर्न पनि मनासिब नहोला !

नागबेली,मा कुनै पनि समसामयिक विषयमा लेख्नुपर्दा पाठकीय रुची र आकर्षणका लागि छनौट गरिएका शब्द शैली र बान्कीले सामान्य विषय पनि पठनीय तथा रोचक लाग्छन् । सामान्य लाग्न सक्ने समसामयिक विषयहरु भित्रको गहनताले पाठकलाई पनि त्यहाँसम्म पुर्याउँछ,त्यसको कारण र परिणाम के हुनसक्छ । यस नागबेलिको अर्को लेखकीय शक्ति हो- विषयहरुकाप्रति लेखकको निकटताको सम्बन्ध । विषय बस्तुलाई आँफै भित्र अनुभूत गरेर जिवन्त बनाउन सक्नु र हरेक विषय बस्तुलाई छोएर छामेर आत्मासात गर्न सक्नु लेखकको विशेषता हो । लेखक एक यायावर यात्री हुन् र यात्रा नै उनको लेखनी शक्तिको आधार पनि । समसामयिक वा राजनितिक भएर पनि यात्रा वृतान्त वा संस्मरण साहित्यमा गणना हुने यो नागबेली,युवा नेपाली पत्रकार र लेखकहरूका लागि प्रेरणादायक मात्र होइन सन्दर्भ स्रोत पनि हुनसक्छ ।

उहाँ नाताले मेरा मावली हजुरबा पर्नुहुन्छ । हजुरबाको प्रसङ्गमा अहिलेलाई मेरा हजुरबा हरिप्रसाद भण्डारीकोको एउटा भनाइ यहाँ उल्लेख गर्न मन लाग्यो,उहाँ भन्नुहुन्थ्यो- मुर्खमा पनि ज्ञान नहुने होइन । मुर्खको पनि ज्ञानको कदर गर्न सक्नुपर्छ । रावण पनि विद्वान थियो तर सता र शक्तिको अहमले मुर्ख व्यवहार गर्थ्यो। रावणसँग भएको ज्ञान लिन रामले आफ्ना भाइ लक्ष्मणलाई रावण मृत्युशैयामा भएको समयमा पनि पठाएका थिए । यस कृतिमा पनि समाजका सङ्गत विसङगत सबै पक्षलाई लेखकले पस्किदिएका छन् । त्यसबाट काम लाग्ने र काम नलाग्ने कुरा पर्गेल्ने जिम्मा विद्वत पाठकहरूले पक्कै गर्नु हुनेछ ।

राम्रा पक्षले केही सामान्य कमजोरीलाई ओझेलमा पनि पार्न पनि सक्छन तर यो पटक पटक दोहोरिन दिनु हुँदैन । नागबेली,यसका लेखक वा प्रकाशक रहेको प्रिमियर प्रिन्टको पहिलो कृति त हो । तर यी दुवै लेखक प्रकाशकको यो पहिलो प्रिन्ट/प्रकाशन सार्वजनिक भने होइन । एक त पहिले नै प्रकाशित लेखहरूको संकलनमा भाषा/व्याकरणका पुरानै वा नयाँ कमजोरी हुनु पाठकका लागि गाँसमा ढुंगा हो । पुरा भोजनना १-२ ढुंगालाई आँखा चिम्लिन पनि सकिन्छ तर हरेक गाँसमा वा हरेक पटकको भोजनमा यस्तो हुन नदिन भान्से सचेत हुनैपर्छ । हाम्रा आगामी प्रकाशनमा यस्तो हुन नदिन १-२ दिन मात्रको धैर्यता र मेहनत हुन सके सुनमा सुगन्ध हुनेछ ।

लेखकको सु-स्वास्थ्यको कामना तथा यस कृतिमा नसमेटिएका अन्य अनगिन्ति सन्दर्भहरूको नालिबेली पनि छिट्टै पढ्न पाइयोस । यो प्रदेशी नातिको अपेक्षा पनि त्यही हो ।

मञ्जु गुरुङ्गको ‘कर्म घरमा एक चक्कर’

स्वघोषित साहित्यकारले जे लेखे पनि साहित्य हुने वा अरुले जेजस्तो लेखेपनि साहित्य नहुने पो हो कि ? कवि प्रोल्लास सिन्धुलियज्यूको यो पाठकीय टिप्पणी अर्थात भूमिका रहेको पत्रकार मञ्जु गुरुङ्गको ‘कर्म घरमा एक चक्कर’ कोरियाली जीवनसँगको नेपाली अनुभूति/संस्मरणहरूको सङ्कलन हो । छोटा छरिता मिठा र सूचनामूलक ३३ वटा कोशेली/लेख समेटिएको यो संस्मरण( २० पेजको भूमिका टिप्पणी शुभकामनासमेत १०८ पेज)ले कोरियाली भूगोल र जीवनसँग साक्षात्कार हुनका लागि पाठकलाई कवि सिन्धुलिय ज्यू कै अनुसार भिसाको कुनै झन्झट बेहोर्न पर्दैन । तर अझै यसले हामी अब्बल लेखक पत्रकार वा बुज्रुक हौँ भनेर देश बाहिर कर्म भूमिहरुमा भौतारिरहेर पनि एक शब्द पनि लेख्न नसक्नेहरुका लागि गतिलो झापड मात्र होइन उदाहरणीय प्रेरणा पनि
हो ।

लेखक गुरुङ्ग्को स्वीकारोक्ति छ-‘मेरा इन्द्रियले बुझेसम्म सत्य तथ्य पाठकलाई सुम्पेकी छु,अब यी अनुभूति मेरा मात्र रहेनन् ।’ पढ्दा पढ्दै मलाई पनि यस्तो लाग्यो यस्तो त म एकदिनमा नै लेख्न सक्छु तर अमेरिकाबासको १२ बर्ष भयो अहिलेसम्म पाठकरूलई त्यो विश्वास दिलाउन भने सकेको छुइन ।
बसी बियाँलो कम्युटरमा यो गीत सुन्दै थिएँ-
हा..हा…दशैं आयो प्रदेशी आएन
आउँथे आमा छुट्टी नै पाएन
कोरियाको चिसो खाँदै छु
अहिले मलाई फोन नगर्नु हे मामा
यति बेला ड्युटी जाँदैछु –

Add a Comment

Your email address will not be published. Required fields are marked *