जीवन नै अनन्त वसन्त

वाष्पिकरणको छाति उकुश मुकुश
धरित्री रसाएर जलामृतले गर्भिणी
वसन्तले प्लावित नवपल्लव उम्रेझैं
तिमीमा पलाएको छ
म मृत्यु रेजिष्टार बोकेर
तिमी सँगै हिँडेको छु।

प्रेम र प्रकृति प्रकट हुन्छ सृष्टिमा
कस्ले कस्को मन चोरो हृदय दृष्टिले
मायाको मुटु कलेजो कस्ले मथेलो…
जान्नु छैन मलाई, तिम्रो न्यानो काख मेरो ढुक्कको न्यानो सिर्हाने।

औंसी आँउने प्रतिपदा जस्तो तिमी
ओझेल पर्दै गएको मैले थाहै पाँईन
पर्यावरणीय बिसन्चोले त्रसित तिमी
वेदनाले नीलो भएको म एक्लै बगि रहेँ
तिम्रो जिन्दगीको रङ्ग खोज्दै खोलै खोला

जीवनका डाँडा काँडा पाखा पखेरा
चिन्तनको पोखरीमा घाँटी सम्म डुब्दा
मेटिएन तिर्खा तिमीले तताएको मन
यता तृप्ति दीप्ति कोही रहेनन तिमी झैं
दयाशील आमाजस्तै।

भावना पाकेर समय थाकेर लखतरान
जीवनले नचिताएको दिन दर्शन हुँदा तिम्रो
मेरो मनको जुन हिमाल पारी निधाउने हो कि तर प्रेम तिम्रो जीँउदै
मेरो त पूर्णिमा व्रत परेछ आँखा बिसाउन।

वसन्तको मुहान फुटेझैं
तिम्रा ढुकढुकीहरू मेरा मुटको यतनमा
मनका हत्केलाहरू छताछुल्ल सुनिन्छ
पूर्णिमै पूर्णिमाको भेला जीवनको बाटोमा।

यस्तो हुन्छ होला भन्ने लागेको थिएन
राति राति ताराहरू एक्लो जुनलाई
गिल्ला गर्छन नेपथ्यमा  जुनेली सङ्गीत
थाहै नपाई आँफ्ना पनि रातहरु
रक्ताम्मे भएको र समयको चक्र घुमेको।

श्वास प्रश्वास दुखेको मनहरु सुकेको
अँध्यारो पक्षमा पाप धुन जुन लुकेछकि
भुलै भुलको बाटो फूलैफूलको स्वागत
तिम्रो मनोसौन्दर्यले मनशाली बने म
यस बेला चङ्खे मान्छेको रमिता छ।

अबता बगे पनि ढुङ्गाको परिचयपत्र छ
सोचे पनि ढुक्क छु मुटुहीन मूर्ति भनि
सोचेको छु प्रेम र प्रकृति सृष्टिको रचना
वसन्तै वसन्त देख्दछु तिम्रो ऋतुकालमा।

3 Comments

Leave a Reply to Purna Kumar Sarmah Cancel reply

Your email address will not be published. Required fields are marked *