मति बिगार्ने अस्त्र

चकित छु
चकित भएरै
थकित छु
सत्ता शक्तिको खेल
सकेसम्म भयानक झेल
पत्याऊ, नपत्याऊ
भन्छन् – राजनीतिमा
असम्भव केही हुँदैन
सम्भव त्याग
त्यो त जोगीले गर्ने हो
जोगी हुन कोही राजनीति गर्दैन
मन्त्री हुन, प्रधानमन्त्री हुन
सबैलाई हतारो छ
यो हतारोमा
सामुन्नेको भीर वा अवरोध
प्रत्यासीले देख्दै देख्दैन
अप्रत्यासी बिचरा
निम्छरो जनता
उदेकसँग तिलमिलाइरहेछन
सोचेर …
लिस्नो त आफ्नै मतको ढाड थियो
ढाडमा टेकेर टाउकोमा हान्ने खेल
फोहोरी आहाल रहेछ
थुइक्क ! त्यो स्वस्तिक छाप
मति बिगार्ने अस्त्र रहेछ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *