नेपाल अमेरिका पत्रकार संघमा नयाँ नेतृत्व

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को वासिंटन डीसीमा जुलाई २४ मा उद्घाटन भई २५ मा सम्पन्न सातौं अधिवेशनले विकासराज न्यौपानेको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित गरेको छ ।

अध्यक्ष, उपाध्यक्ष्य र महासचिवको पदका लागि निर्वाचन भएको थियो । अध्यक्षको प्रतिश्पर्धामा विकासराज न्यौपाने, गोकुल ढकाल र अनुज थापाको उमेदवारी परेको थियो । न्यौपानेका पक्षमा ३८ मत, ढकालका पक्षमा २२ र थापाका पक्षमा २१ मत प्राप्तभएको थियो ।

त्यसैगरी उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा मच्छेदेवी गुरुङ पक्षमा ६० मत प्राप्त भएको थियो भने किसन रेग्मीका पक्षमा २१ मत प्राप्तभएको थियो ।

उता महासचिव पदका लागि भएको निर्वाचनमा सुरज भण्डारीका पक्षमा ४१ मत खसेको थियो भने प्रसान (वीर) एलुङ राईको ३८ मत प्राप्त भएको थियो ।

सचिव पदमा कल्पना घिमिरे, कोषाध्यक्ष प्रभात भट्टराई, क्षेत्रिय संयोजक शिव नेपाल (पश्चिम), लीलादेवी ओझा (डीसी मेट्रो), गोकुल श्रेष्ठ, (उत्तरपूर्व), सुजन पण्डित (दक्षिण) त्यसैगरी सदस्यहरुमा क्रमशः अनिल अधिकारी, बाबुराम दाहाल, संगम बानिया र ज्ञानप्रसाद शर्मा भने निर्विरोध हुनुभएका थिए ।

संघका निर्वाचित पदाधिकारीहरुलाई नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले प्रमाणपत्र वितरण गर्नुभएको थियो भने कार्यक्रमका निर्वाचन अधिकृत आंग छिरिङ शेर्पाले सपथग्रहण गराउनुभएको थियो ।

कार्यक्रममा अमेरिकामा रहेका विभिन्न राज्यमा रहेका झण्डै एक सय जनाभन्दा बढी पत्रकारहरुको सहभागीता रहेको थियो ।

अमेरिका पत्रकार संघ (नाजा)को उद्घाटन

कार्यक्रमको उद्घाटन जुलाई २४ अपरान्ह नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर बिरही, मेरिल्याण्ड हाउस अफ डेलिगेटस् ह्यारी भण्डारी, वासिंङटन डीसीस्थित नेपाली राजदूताबासका उपनियोग प्रमुख कुमार खरेल, वासिंड.टन डीसीक्षेत्रमा रहेको नेपाली अमेरिकन सामाजिक केन्द्रका अध्यक्ष डा. मदन उप्रेती, त्यसैगरी नेजाका सल्लाहाकार तारा बराल, गैर आवासीय नेपाली संगठनका अमेरिका संयोजक बृद्धिसागर सुबेदीका साथै क्षेत्रीय संयोजक राजन त्रिपाठी, कलाकार तथा मेरिल्याण्ड राज्यका लागि अबैतानिक नेपाली दूत प्रेमराजा महतले नेपाल पत्रकार संघको सातौं अधिवेशन तथा १४ औं वार्षिक भेलाको सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा मेरिल्याण्ड जनरल एसेम्वलीको तर्फबाट हाउस अफ डेलिगेट् ह्यारी भण्डारीले लामो समयदेखि अमेरिकामा रहेर नेपाली समुदायका लागि पत्रकारितामार्फत् योगदान दिदै आएका नेजामा आवद्ध तीन संचारकर्मीहरु क्रमशः योगेश उपाध्याय, तारा बराल र गिरीश पोखरेललाई एक सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मेलनलाई शुभकामना सन्देश पठाउनुभएको थियो । उक्त सन्देश नेजा कार्य समितिकी कोषाध्यक्ष मच्छेदेवी गुरुङले पढेर सुनाउनुभएको थियो ।

सम्मेलनमा नेजाले नेपाल पत्रकार महासंघको सहकार्यमा प्रदान गर्ने नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार रसुवाकी पत्रकार अनु आचार्यलाई प्रदान गरिएको घोषणा पुरस्कार समितिकातर्फबाट नेजाका पूर्व अध्यक्ष भोला आचार्यले घोषणा गर्नुभएको थियो । पुरस्कार राशी २ लाख २२ हजार २ सय २२ नेपाली रुपैयाँ रहेको छ ।

कार्यक्रममा उपस्थित पाहुनाहरु तथा पत्रकारहरुको स्वागत अधिवेशन तयारी समितिका क्षेत्रीय संयोजक तथा क्षेत्रीय लीलादेवी ओझाले गर्नुभएको थियो भने आगन्तुकहरुलाई धन्यवाद संघका कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेले दिनुभएको थियो ।

सोही कार्यक्रममा एभरेष्ट लाइन्स क्रिकेट क्लबले डीसी मेट्रो क्षेत्रका संघसंस्थाका तर्फबाट क्लबका सल्लाहाकार तथा गैर आवासीय नेपाली संगठनका केन्द्रीय बोर्ड डाइरेक्टर अशिष संग्रौला, अबजित राईलगायतका खेलाडीले कार्यक्रमका प्रमुख अतिथि विपुल पोखरेल, मेरिल्याण्ड हाउसअफ डेलिगेटस् ह्यारी भण्डारी र अमेरिका नेपाल पत्रकार संघका कार्यबाहक सभापति विकासराज न्यौपानेलाई संझनाको चिन्ह स्वरुप क्लबको जर्सी प्रदान गरेका थिए ।

नेपाल अमेरिका पत्रकार संघको सम्मेलन कार्यक्रमको सफलताका लागि अन्य विभिन्न स्थानीय नेपाली संघसंस्थाहरुका पदाधिकारी तथा वासिंड.टन डीसी क्षेत्रमा रहेका नेपाली अग्रजहरुको समेत विशेष उपस्थिति रहको थियो ।

 

सम्मेलनका केही झलक तस्वीर: राज /क्षितिज

Add a Comment

Your email address will not be published. Required fields are marked *