विवशता

उमेरले बोक्रा नतासी  छिप्पिन्छ ऊ
भाले नबिउँझी बिउँझन्छ ऊ
अनि बिस्तारै लाग्छ पैसाको बोट फल्ने रुखको खोजीमा
रहर लागेर हैन भोक मार्न  हिड्छ ऊ
झोलाभित्र बालापन  बोकेर

घरिघरि
सोच्द्छ ऊ
कसैले मेरो  कसौंडीमा भात उमारी  दिए
म पनि त दगुर्थे होला भकुण्डोको पछिपछि

कसैले म ननिदाएको कारण सोधि दिए
हर्षले झार्थे होला वेदनाका कैंयौं थोपाहरू

एक छाती नीलो आकाश रहरको इन्द्रेणी बोकेर आउँछ
लुकामारी खेल्दै
अनि
सोहोरेर लान्छ  आँखाबाट सपना
संसारै धमिलो पारेर
हराउछ्न खुशिका बुट्टाहरू
उसकी आमा हराए झैँ
त्यो कागे खोलामा
कहिल्यै नफर्किने गरी

आज आमाको सम्झनाले असाध्यै सताएपछि
एउटा कविते पत्र लेख्छ ऊ
अनि माथि अकाशतर्फ फ्याँक्छ

प्यारी आमा ..
मायाको खानी थियो तिमीसँग
खान्न खान्न भन्दा खुवाउने कहानी थियो तिमीसँग
घामको मुहान  छेक्ने शीतल छायाँ  थियो तिमीसँग
संसार आट्ने मुटु अनि न्यानो माया थियो तिमीसँग
आमा!!
सर्वस्व गुमाएपछि
एक्लो भएको छु आज तिमी बिना यहाँ
हरेकपल मेरो झझल्कोमा डुल्छौ तिमी
तिम्रो सम्झनाले औधी सताउँदा
आफ्नै अनुहार नियाल्ने गर्छु ऐनामा
उति बेला तिमिलाई
तँ जस्तै तेरो छोरो भन्ने मेरो हजुरबुवालाई सम्झदै

हो आमा तेसैले आज  खोजी रहेछु आफुमा  तिमीलाई
कतै खोज्ने ठाउँ नपाएर
यो संसारमा

आमा!!!
एक पटक दैवलाई भेटेर सोध्न मन छ
तिमीलाई किन खोस्यो मबाट
फेरि बाबालाई पनि किन टाढा पुर्यायो  नियतिले
म तेति ठुलो कहाँ भएको छु र आमा
जति ठूलो आज समयले  बनाउँदैछ मलाई

(काम नगरी खानेलाई चोर भन्छ्न्)
तिम्रो यहि  शब्द मेरो कानमा गुन्जी रहँदा
आज कर्मको पाठ घोक्न हिड्दैछु
तर आमा
निष्ठुर रहेछ् दुनियाँ
मैले रित्तै फर्कनु पर्छ घर सधैंभरी
मलाई सम्झाउने हरूको भिड हुन्च त्यहाँ
फोटो खिच्नेको ताँती हुन्छ त्यहाँ
एउटै भाषण सवैको मुखभरी

यो त पढ्ने लेख्ने उमेर हो
यसरी काम खोजेर हिन्नु हुन्न बाबा
बिद्यालय  जानू पर्छ  है भोलि देखि
यहि एउटा बाक्य सुन्दासुन्दै
थाकिसक्यो आमा  मेरो कान

विद्यालय नजाँदा पनि त टेकेको छु नि खुट्टा
तर अन्न बिना सक्दिनँ उभिन म आमा
तिमि नै बुझाइदेउ न
यो समाजलाई
भनत
कसरी जाउँ म बिद्यालय  कस्ले गरिदिन्छ भर्ना
कस्ले किनिदिन्छ कापी कलम  किताब र कपडा
अनि फेरि कसले गर्छ  जोगाड यो भुँडीको

भो आमा म हैरान भइसकेँ आडम्बरी  समाज देखि
तेसैले निधो गरेको हुँ तिम्रो समीप आउने
एक अँगालो चोखो मायामा लुट्पुटिने
तिमी हुँदा सवैले कति धेरै माया गर्थे
अहिले देख्दिनँ  कसैको आखामा  त्यो माया
त्यो प्रेम
हो आमा
सक्ने छैन अब म तिमी बिना बाच्न
बुझ्ने छ दैवले पनि
म आउँदैछु आमा त्यही खोलामा
जुन खोलाबाट तिमी फर्किएनौ कहिल्यै
उहीँ  तिमिले छोडेको  टुहुरो  छोरा “मँ”

उसैबेला घाँस काट्न जाँदा
घासीको नजर पर्छ एउटा  कागजको टुक्रामा
जसलाई पढेर आत्तिदै थरथरी काम्दै
कुद्देर पुग्छे कागे खोला
तर ऊ शान्त भएर अविरल  बगिरहेको हुन्छ

निलेर एउटा अबोध बालक

(एउटा सत्य घटनामा आधारित कविता)

2 Comments

Leave a Reply to पूर्णकुमार शर्मा Cancel reply

Your email address will not be published. Required fields are marked *