हरले चुलिएका रहरहरु

रहरै रहरको शहर हो भनेर चिनिने
तिम्रो छातिमा फैलिएको
आशामय बगरमा
जीवन नौकाको पाल टाङ्गि दिएँ
त्यसमा साँझ बाक्लिएर बुनिएको
जुनेलिको बर्को ओडाई दिएँ
अर्को बिहानी बोकेर ल्याउने साथीलाई।

मेरा आँखा बिसाउन चाहन्थे..
मेरा आँखा बिसाउन चाहन्थे
हरियो गलैंचा र चराचुरुङ्गीहरूमा,
भोलिपल्ट बर्कोमुनि छिरेर बिहान आयो
तर आँखीझ्याल भित्र
छुरो रूखो बालुवा छरेर
मेरो ईन्देणी मनलाई
ठहरै पारो, ठहरै।

आशा आत्तियो, हो आशा आत्तियो
हरियो चुलिएको हेर्नलाई।

उता मलाई त माझी मात्रै हैन
परिस्थितिले किचेर बाध्यताको
फलाम दोबारेर
समयको नाविक सम्म बनायो समयले नै
समयको नाविक सम्म बनायो समयले नै
मेरै धरावासी वंशजको
आक्रोशित राप ताप र बाफमा
सिकस्त, बुढो पृथ्वीको
सँह्यारसुसार गर्ने चौकीदार बनायो।

त्यसैले आज दुनियाँ पर्यावरणीय दिवसमा
हो आज पर्यावरण दिवसमा
जीवनको डुङ्गोमा चढेर म
मिसिसिपि,नर्मदा, सिन्धु ,काबेरी हुँदै
लौहित्यगङ्गाको प्रवाहमा
बटवृक्षको अलिकति बीजहरू
केही  जोडी परेवा
भँगेरा र चिबेहरू लिएरै आएको छु,
तिम्रो र मेरो कल्याण सम्झौता
भएको दिन
तिमीलाई मेरो पूर्वजको साम्राज्य समेत
दाईजोमा दिँउला भनेर
मन भरीको हरियो चञ्चल
छ्याँङ छ्याङ्गे खोला।

आशा गर्दछु तिम्रो स्वीकार सूचना
र समयको नौका
पुनर योबाटो आँउदा
भेट होस उद्वेलित, वर-पिपलको हाँगामा
पोहोर साल छोडेका शान्तिका परेवा
उत्तिकै भँगेरा र चिबेहरूको वैंशालु नृत्य
अनि मान्छेका रहर चुलिएका रहरहरु
हो मान्छेका रहर चुलिएका रहरहरु।।

One Comment

Leave a Reply to नारायण शर्मा Cancel reply

Your email address will not be published. Required fields are marked *