म बॉच्दै गरेको समय

म जुन समयमा जन्मेँ, तिथिमिति
यकिन छ
म कुन समयमा मर्छु तिथिमिति
भन्न कठिन छ
तर मृत्यु छॉयासरि हरपल छ
जन्म र मृत्युबीचको जीवनकालमा
अनेकन घटना दुर्घटना, भयाबहता बेहोरेको
त्राशद समय
सुनेको, पढेको महाभारत
बिश्वयुद्धको विभीषिका
भोगेको आफैँले
भूकम्प, बाढी पहिरो आगलागी
क्रान्ति, जन आन्दोलन, जनयुद्ध, संकटकाल
सबमा अटेर अविचल म
तर यो महामारी
जुन अभूतपूर्व यत्रतत्र सर्वत्र ब्याप्त भयाबहतासँग
म चुपचाप सामनारत छु
मौन समाधिमा
थाहा छैन
यो ब्याधिलाई
शक्ति रांष्ट्रका राजकुमारले
छेक्न सकेनन्
उनको सुरक्षा कवच
सजगताको सुविधासम्पन्नता
आदि कहीले छेक्न सकेन
जसरी आखिर श्रीकृष्ण एक रहेछ
भनिएका कुरूक्षेत्रका दिग्विजयका अभियन्ता
मै हुँ सर्वब्यापी ब्रम्ह भन्ने पनि
व्याधाबाट कि ब्याधिबाट मारिए ?

मौन रचुपचाप स्वयम् बन्दी
यो स्तब्धता
फलामलाई फलामले काटेझैँ
अदृश्य जीवाणुसँग
विना चहलपहल
नितान्त एक्लाएक्लै
लडदै जाऊँ !

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *