कोमल गजल

घरविहीन नेपालीको छाना बनोस् नयाँवर्ष

अकिञ्चनको पेट भर्ने दाना बनोस् नयाँवर्ष

रोग,शोक,भयबाट मुक्ति पाऊन् सम्पूर्णले
लाखौँ नाङ्गाभुतुङ्गाको नाना बनोस् नयाँवर्ष

आत्मीयता छचल्कियोस् तीन कोटी हृदयमा
राष्ट्रियता जुर्मुराउने गाना बनोस् नयाँवर्ष

अनीति र अकर्तव्य समाप्त होस् देशैभरि
मेहनत र परिश्रमको खाना बनोस् नयाँवर्ष

घरै पिच्छे गुञ्जिरहून् सद्भावका स्वर सधैँ
आकर्षक र मनोहारी ताना बनोस् नयाँवर्ष

भातृत्व र सद्प्रेमले जरा हालून् जताततै
असहाय,अशक्तको म्याना बनोस् नयाँवर्ष

विकृति र विसङ्गति हराएर जाऊन् सबै
शताब्दीकै सर्वश्रेष्ठ पाना बनोस् नयाँवर्ष

(नयाँवर्ष २०७५को हार्दिक शुभकामना)

 

One Comment

Leave a Reply to komalbhatta Cancel reply

Your email address will not be published. Required fields are marked *