कथा -मृत्यु सम्बाद

दिलमान ब्युतियो ! हँ दिलमानको लास ब्युतियो ?
ए सुन हौ गाउँले हो दिलमान ब्युतियो ! भर्खर
होइन ३ /३ दिन मुर्दा भैसकेको दिलामानाको लास कसरि ब्युतियो ? ओह घोर आश्चर्य के अनर्थ हुन् लाग्यो यो गाउमा ? के कलियुग भनेको यहि हो ? मुर्दा ब्युतियो मुर्दा ब्युतियो !!

अब बित्यास हुने भयो यो गाउँमा के के अनिष्ट हुने हो अब मरेको दिलमान ब्युतियो आओ ए गाउँले हो आओ यहाँ बित्यास हुन् लाग्यो आओ ..
हो र भन्या साच्चिक्कै मुर्दा भएको दिलमान ब्युझियो ? हो हो साच्चै हो दिलमान मुर्दाबाट ब्युझियो गाउँमा कोलाहल भयो पल्लो गाउँसम्म हल्ला फैलियो
बुढाबुढीहरु आफ्ना साना नानीहरुलाई घर भित्र लुकाउन थाले । कोइ डराएर भाग्दै थिए त् कोइ ब्युतिएको दिलमान हेर्न दौडेर आउदै थिए कमिलाको ताँती जस्तो गोरेटोमा आउने र जानेको भिड लाग्न थाल्यो सबको मुखमा यहि छ मुर्दा ब्युतियो दिलमानको मुर्दा ब्युतियो अब गाउँमा के के बित्यास हुने भो के के अनिष्ट हुने हो ….?.

दिलामान भर्खर ब्युतिएको थियो उ मरेको तिन दिन पछी वरिपरी तमासेको भिड लागेको थियो। बिहानीको मिर्मिरे उज्यालोमा गाउँमा हल्ला मच्चियो ..मरेको दिलामान् ब्युतियो
कसैले दिलमानसित बोल्ने साहस गर्न सकेका थिएनन मात्र ब्युतिएको दिलामानको वरिपरि झुम्मिएका थिए दिलमान ब्युतिएर तुलसीको मोठ अगाडी परालमा कात्रो ओढाएर राखेको अवस्थाबाट कात्रो फ्याकेर उठी फलैचामा गएर बसेका थिए । तमासेहरु बढ्दै थिए । श्रीमतीले चुरा फुटाइ सकेकी थिन । सेतो बस्त्र लगाई सकेकी थिन, कहिले आफ्नो हातको नाडी हेर्छिन छाम्छिन त् कहिले सिउँदोमा हात पुर्यौछिन अनि एकसरो सेतो लुगा लगाएको आफ्नो शरीरलाई के गर्नु गर्नु आपदमा पार्छिन उनि ..छोरा अनि गाउलेहरु चुपचाप नै थिए । दिलमानले सबैलाई नियाले अनि श्रीमतीलाई भने भने लौ लौ जाउ एक कप तातो चिया बनाउ त् ! टोलाई रहेकी दिलामानकी श्रीमती निशब्दनै भित्र पसिन ।

वरिपरि झुम्मिएका सबैमा कौतुहल थियो अब के हुने हो ? मनमा त्रास थियो केहि पो गर्ने हुन् कि ? भुत पो हुन् कि ? अब के गर्ने होला ….
दिलमान फेरी बोले ए बुढी चिया पाकेन अझै ? भोक पनि लागेको छ छिट्टो लेउ …
यत्तिकैमा छोरा कुलमान डराई डराई नजिक गए र काँधमा हात राखेर सोधे बा तपाइँलाई कस्तो छ ? ठिक हुनु हुन्छ ? हामीलाई सम्झेर फर्किएर आउनु भएको हो ? कसरि भयो यस्तो चमत्कार बा ? हेर्नुस त् गाउँलेहरु भयभित भएर हेरिरहनुभएको छ ।

दिलामानले छोरा कुलमानको हात समातेर अझै नजिक तानेर संगै बसाले अनि छोराको हात आफ्नो हातमा लिंदै भने मलाई केहि भएको छैन बाबु छोरा म एकदम ठिक छु जस्ताको तस्तै छु मेरो चिन्ता नगर ..अनि गाउँलेहरु हो तिमीहरु पनि केहि प्राबिधिक गडबडीले तिमीहरुले मलाई मरेको सोचेको होला होइन ? म ठिक छु म अझै ३५ बर्ष बाच्छु मेरो मर्ने बेला भएकोंनै छैन ।

छोराले भने अनि बा स्वास फेर्नु भएको थिएन नाडी रोकिएको थियो । आँखाको नानि पनि बन्द थियो शरीर पनि त् चिसो भएको थियो । मर्नु नै भएको हो भने बैधले पनि सबैको ठहर थियो अनि हामीले कात्रो ओढाई दिएको हो बा । कसरि यस्तो भयो त् बा .? हामीले त् कान्छो भाइले मुग्लानबाट बाको अन्तिम दर्शन गर्न आउछु भनेकोले मात्र न जलाएको हो बा ..

गाउँलेहरुले पनि अब अलि अलि त्रास मुक्त हुँदै नजिक आएर बसे दिलामानको कुरो सुन्न थाले दिलमान सामान्य थिए भुत जस्ता थिएनन हात खुट्टा बोलि जस्ताको तस्तै थियो । हाउ-भाउ सामान्य पहिलेको जस्तै थियो । बुढीले चिया संगै भुटेको गंहू र सेतो भटमास अनि टिम्मुर हालेको खुर्सानीको अचार पनि थालमा राखेर लिएर आइन र आफ्नो बुढाको हातमा थमाई दिन । दिलमान स्वादले खान थाले । यत्तिकैमा पल्लो घरको साइलोको श्रीमतीले दिलमानको श्रीमतीको हात समातेर भित्र लगिन । केहि क्षणमै दिलमान कि श्रीमती पनि पहिले जस्तै चुरा धागो अनि रातो पहिरन लगाएर बाहिर आइन । सबैको मनमा खुसि छायो …छोरा श्रीमतीसंगै गफ गर्दै दिलमानले भने ए काईला ए बीरबहादुर जाउ-जाउ अब आफ्नो घर जाउ मेरो चिन्ता नगर मदेखि डराउँन पनि पर्दैन म जस्ताको तस्तै छु त्यहि हू …केहि समय मुर्दा सरह भएको मात्र हु । जाउ जाउ सबै घर जाउ कति काम बितेको होला ? जाउ आराम गर भरे भोलि म त्यति आउछु भलाकुसारी गर्न ..

तर कोइ टसमस भएनन् …झन् उत्सुकतापूर्वक हेरी रहे कोइलाई छुन मन लागेको थियो कोइलाई आफै बोलेर प्रश्न गर्न मन लागेको थियो । सबै मनमनै सोच्दै थिए कि यो के घोर आश्चर्य भयो ? मरेको मानिस फेरी कसरि ब्युतियो ? त्यसै बीच जेठो छोरा कुलमानले बिनम्र हुँदै सोधे बा यो कहिले पनि न भएको भयो कतै सुनिएको समेत थिएन के भयो यस्तो सबै छक्क परेका छौ बा यो सामान्य हो त् ? यो समयमा बा कता हुनु हुन्थ्यो ? के गर्नु भयो ? केहि बताउन सक्नु हुन्छ ?

दिलमानका छोरा कुलमानको प्रश्नमा वरिपरि जम्मा भएका दिलमानको मलामी जान आएका गाउँलेहरुले पनि हो मा हो जनाए …दिलमानले यसबेलासम्म खाज खाइ सिध्याएका थिए करुवाको पानी कल कल कल कल कल गर्दै पिए ..लामो स्वास फेरे उनको अनुहारमा थप रौनक आयो उनि त् नितान्त चिन्ता मुक्त थिए नै । प्रसन्न मुद्रामा आफ्नो तीनदिनको यमलोक यात्रा , यमराज सीतको सम्बाद , चित्रगुप्तसंग भएको छलफल र भ्रमण बिस्तारै बर्णन गर्न थाले…

कुनै पण्डितले पुराणका कथा सुनाए झैँ दिलमानले बडो खुलस्त अनि सरल तरिकाले आफ्नो यमलोक यात्रा लाइ क्रमश सुनाउन थाले उनले आफ्नो यात्रालाई सुरुदेखि बेलिबिस्तार लगाए ।
पहिलो दिनको कुरो हो मलाइ यमराजका दूतहरुले मेरो पार्थिव शरीरबाट निकालेर यमराज महाराजको बिसाल बैठकमा पुर्याए । त्यहाँ वरिपरि डर लाग्दा जंगली जनवारहरु डांग्डांग्ङ ढुंङ्ढुङ् गरिरहेका थिए । बिषालु सर्पहरु फडा उठाउदै यताउता कुदिरहेका थिए । ओह ओह ओह कस्ता -कस्ता राक्षसहरु त्यहाँ अट्टहास हाँसोमा थिए …यत्तिकैमा त्यहाँ यमराज महाराजको आगमन भयो जनावरदेखि राक्षस सबै शान्त भए सल्बलाउन बन्द भए ..मैले यमराज महाराजको अनुहारमा हेरे ..यमराज महाराजले सिंहासनमा विराजमान हुँदै हातले जुँगा मुसार्दै भन्नु भयो हे मनुवा बधाई छ तिमीलाई मर्त्यलोकको दुःख पीडाबाट मुक्त गराई यहाँ लेरैएको छ एउटा जुनी पार गरेकोमा बधाई छ फेरी पनि र यो मेरो यमलोकमा तिमीलाई स्वागत छ …
अँ मनुवा भन भन तिम्रो नाम के हो रे ?
मैले भने यमराज महाराज प्रभु दिलमान नेपाल हो मेरो नाम
हँ ? के भन्यौ रे ?
दिलमान नेपाल महाराज !
हँ ?! यमराज महाराज छक्क पर्छन् र यमलोक बोलाउने समय भएको मान्छेहरुको सूची पल्टाउन थाल्छन हँ खोइ तिम्रो नाम त् छैन त् आज यहाँ आउने सूचीमा कसरि आयौ तिमी ? कसरी कसको पालो मिच्यौ ? नसक्ने भए मैले तिमी नेपालीहरुसित पालो मिच्न खप्पिस के के चाकरी चुक्ली के के गर्छौ गर्छौ ..
मैले भने यमराज महाराज खै म कसरी भनौ ? प्रभुकै दूतहरुले काम गर्दा गर्दै च्याप्प लडाएर लिएर आउनुभयो मलाई कहाँ आउने रहर थियो र महाराज मेरो उमेर नै कति भएको छ र ? कति काम बाँकी थियो आफ्नो ….रिसानी माफ होस् महाराज !

यमराजजी धेरै घोत्लिए अनि चिच्याए होइन हौ दूतहरु हो ? के उत्पात भयो पालै न आइ कसरी आइपुग्यो यो मनुवा यहाँ ? अब स्वर्ग पठाउने कि नर्क पठाउने ? के जवाफ दिने ? कसरी नियम मिचियो मेरो राजमा ?
एकछिन सोच मग्न भए यमराज महाराज अनि मलाई लिएर जाने दुई दूतलाई सोधे खोइ यो मनुवाको नाम आज आउने सूचीमा नै छैन कसरी लिएर आयौ ?

दूतहरुले झुक्दै स्पष्टिकरण प्रभु हामीबाट गल्ती हुन् पुग्यो ८९ बर्षको दिलमान लेराउन गएको हौ तर यी ३५ बर्षीय परेछन प्रदुषण कुपोषण ग्याष्ट्रिक ग्रस्त यिनी उस्तै उस्तै देखिए हामी झुक्कियौं घोर अनर्थ भयो प्रभु हामीहरुलाई क्षमा गरिबक्स्योस …
यमराज महाराजले मलाइ भन्नु भयो, हे मनुवा के गर्छौ त् अब ? दूतहरुले गल्ति गरि हाले यहि बस्छौ कि अर्को जुनी लिएर जान्छौ कि त्यहि जुनीमा फर्कन चाहन्छौ ?

मैले भने रिसानी माफ होस् ! यमराज महाराज प्रभु ! मेरो इच्छाले के हुँदोरहेछ र ? जहिले मन लाग्यो त्यहिले खबरै नगरी टपक्क टिपेर लेराउने महाराज अब म के भनौ ? प्रभुको जो इच्छा !
यमराज महाराज गम्भीर हुँदै भन्नु भयो,
सुन मनुवा म पनि केहि होइन यो ब्रमाण्डका संचालक सृष्टिकर्ताको बिधि नियतिलाई निरन्तरता दिन खटाइएको एक कारिन्दा मात्र हु म इमान्दारितापूर्वक काम गर्छु ,सृष्टिकर्ताको खेल भावनामा बगेर कार्यन्वयन हुँदैन मनुवा मैले जस्ताको पनि आदेश बमोजिम तस्तै काम गर्ने मात्र हुँ
कहिले काँही यस्तो अनर्थ हुन्छ मनुवा यो समस्याको समधान अब चित्रगुप्तले गर्न सक्छन ..
महाराजको अगाडीको मेरो के सुनुवाई हुन्छ र ?
महाराज !
मेरो आसा भरोषामा बसेको छोरा श्रीमती अनि मेरो अभाबमा रोएका अरु आफन्तको अवस्थाहेरिबक्सियोस् त् कस्तो बेहाल छ मेरो श्रीमती छोरा रोएको सुन्नी रहनु भएको होला ? महाराज मेरा दुश्मन हासेका देखिबक्स्यो ? प्रभु मेरो गल्ति भयो त् ट्याप्प टिपेर लेराउनु परेको ? म त् महाराज कै बाहन भैसीको लागि घाँस काट्दै थिए ..प्रभुको निगाह हुन्छ भने म आफ्नै पार्थिव शरीरमा फर्कन चाहन्छु म मर्त्यलोकबाट मुक्त भए पनि के सच्चिक्कै भागभोग सक्किएको हो त् ? होइन भने मैले पनि त् म मार्फत सृष्टिकर्ताको कुनै उदेश्य बाँकि छ भने पुरा गर्ने मौका पाउनु पर्छ म अहिले मेरो घर परिवार आफन्त मेरो गाउ सबैसंग सन्तुष्ट छु प्रभु अर्कोको जुनीमा फर्किन चाहन्न निगाह होस्

मेरो कर्म भाग्य भोगे पछी मात्र बोलाउनु पर्यो यमराज महाराज,
मेरो कुरा सुने पछी यमराज महाराजले भन्नु भयो, उह्ह्हह्ह् ! मनुवा मेरो हातमा पनि केहि छैन म त् एक आज्ञा पालक मात्र हो यो सबै कुरो अब यसको समधान चित्रगुप्तले बाहेक अरुले गर्न सक्दैन भन्दै महाराजले चित्रगुप्तलाई बोलाउने आदेश दिनु भयो ” दूत हो जाओ चित्रगुप्तलाई मेरो बैठकमा सिघ्रातिसिघ्र उपस्थित हुन् शन्देश दिन पठाई देओ”
र, मर्त्यलोकमा यो मनुवाको पार्थिव शरीर जलाउन रोक ..हस जो आज्ञा महाराज भन्दै दूतहरु निस्के यमराज महाराजबाट भण्डारेलाई बोलावट भयो ..भण्डारेले मलाई आराम कक्षमा लिएर गए त्यहाँ थरिथरिका फलफूल आयुर्वेदिक जुस पिलाई दिए मलाई एक्कै छिनमा हृष्टपुष्ट बनाइ दिए सुमधुर संगीत सहित नृत्यहरु प्रस्तुत गरिएको थियो नागकन्या, बिशकन्याहरुको एकल अनि सामुहिक नृत्य थिए ..निन्द्रादी सोमरस के पिलाई दिएका थिए म त् भुसुक्कै निदाएछु ..एक्कै पटक झिसमिसे बिहानीमै दुइ सुन्दरीहरु आएर मलाई स्नान गराए अनि भोजन गराए त्यस पछी मलाई चित्रगुप्त रहेको बैठकमा उपस्थित गराइयो ।
यमराज महाराजबाट चित्रगुप्तलाई आदेश भयो लौ चित्रगुप्तजी हाम्रो दूतले घोर गल्ति गरे एउटा दिलमान लिन गएको अर्कै लिएर आए घोर अनर्थ भयो के गर्ने यो मनुवालाई के लेखिएको छ तपाइको बहिखातामा ? हेर्नु पर्यो ! यी मनुवा पुन्यात्मा हुन् कि दुष्टात्मा बनि सके हेर्नु पर्यो दुष्टात्मालाई त् राख्ने ठाउँ कम हुन् थाल्यो अब यिनीलाई कसरि के भनेर राख्नु ? हेर्नु पर्यो !
चित्रगुप्तले मेरो ८४ जुनीको बहीखाता पल्टाउन थाले अधोपान्त हेरी सके पछी यमराजलाई भने महाराज अनार्थनै भयो घोर अनर्थ यस्तो अनर्थ ? यिनको मर्त्यलोकको भोग अझै ५१ बर्ष छ । यिनीबाट अझै ५ सन्तानले जुनी लिनु छ उनि हरु बाट हामीले अर्को पुस्ताको लागि काम लिनु छ यिनी मर्दा त् धेरै दुखि छन् कम नै खुसि छन् हामीले यिनीबाट धेरै काम गराउनु छ ..यिनको अनुभब पनि स्वर्ग नर्क कहिँको लागि पनि अहिले उपयुक्त छैन ।

यमराज कडकिए ! अब के गर्ने त् मबाट कसैमाथि अन्याय हुनु हुँदैन हाम्रो साम्राज्यमा बिधि बिधान परिबर्तन गर्न मिल्दैन के गर्ने त् चित्रगुप्त
मलाई सल्लाह चाहियो ।
चित्रगुप्तले विनम्रताका साथ भने माहाराज ! दिलमानलाई आज यहि ट्रान्जिटमा राखौ आज दिनभर बैतरणी पर गर्ने हाम्रा नर्क कुण्डहरुको भ्रमण गराई दिउ र भोलि झुक्किएर जिउदा रहेका ८९ बर्षिय दिलमानको प्राण निकालेर यिनको पार्थ्विब शरीरमा सारी दिउ र फिर्ता पठाई दिऊ ..
यमराज खुसि भए र दिलमानलाई बाँकी जीवन सफलतापूर्वक बाच्ने सुभकामना दिंदै दूतहरुलाई चित्रगुप्तको सल्लाह बमोजिम आदेश दिए अनि आफ्नो शयन कक्ष तर्फ प्रवेश गरे
त्यस पछी चित्रगुप्तले मलाई नर्कको भ्रमण गराउनु भयो ..त्यहाँ कोइ पापकर्मीहरुलाई तातोतेलमा चोप्दै निकाल्दै गरेको कतै बिषालु गोमन सर्प हरुको भिडमा चिच्याउदै थिए .कतै रगतपिपको आहालमा घाँटी घांटी आउने गरि पौडी रहेका थिए उम्कन खोज्नेलाई नन्दी भिरिंगी राक्षसहरुले कोर्रा बर्साई रहेका थिए मलाइ देखेर आक्रमण गर्न खोज्थे तर चित्रगुप्तज्युले हातले इशारा गरेर रोक्नु हुन्थ्यो ..
चित्रगुप्तले मलाइ स्वर्ग र नर्क अनि यमराज महाराजको बैठकमा हुने दण्ड सजाय पुरस्कार बारेमा सम्झाउनुभयो त्यतिकैमा दूतहरु आए चित्रगुप्तलाई सन्देश दिए महाराज ८९ बर्षीय दिलमान भर्यागबाट लडिसके उनको प्राण यहाँ सार्न ढिला हुन् लाग्यो लिएर जानु पर्यो
यसरी मेरो समय पुरा न भएको कारणले मलाई फिर्ता पठाइयो ….दिलमानको कुरोमा थप प्रश्न गर्ने साहस कसैको भएन उनको यमराज महाराज चित्रगुप्तसँगको मृत्यु सम्बाद सुनेर सबै चकित भए,
अझै त्यो गाउँमा दिलमानको मृत्यु सम्बाद कथा बनेर चर्चित छ दिलमानको दोस्रो मृत्यु भएको पनि सय बर्ष नाघिसकेको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *