आखिर त्यो त माया रहेछ
|आखिर त्यो त माया रहेछ
व्यर्थैमा यी आँसु बगेछ
दु:ख भन्छन् कहाँ छ
आँसुसंगै उडिजाने
मनको बह बिस्तारै
समयले चुँडिलाने
मलाई पर्यो उसलाई पर्यो
रोक्दा रोक्दै आँसु झर्यो
व्यर्थैमा यी आँसु बगेछ
आखिर त्यो त माया रहेछ
धेरै खुसी भेटिन्छ
आफ्नोसंग रमाउदा
जीवनको सुख त्यहीँ
मन लगि थमाउदा
सन्तोष हुन्छ छाती भित्र
अलिकति हाँसे मात्र
व्यर्थैमा यी आँसु बगेछ
आखिर त्यो त माया रहेछ
आखिर त्यो त माया रहेछ
व्यर्थैमा यी आँसु बगेछ