श्रष्टा र सृजना

भानुभक्त आदिको रह्यो रामायण मै असीम भक्ति
देवकोटा महा मुनामदन अनि थुप्रै काव्य कृति प्रसस्ति
मोतिराम युवक शृंगार रसका गजलहरुमा मस्त रुमलिए
सिद्धिचरण युग मेरो प्यारो ओखलढुंगा तिर हराए ।

भीमनिधिले पस्किए आफ्नै बारीको तितौरा मस्यौरा
शम्भुप्रसाद आँशुले सकुन्तला विदाईमा झारे आँशु  विचारा।
पहिलो निर्वाचित प्रम वीपीको माया बस्यो सुम्निमासँग
माधवप्रसाद राष्ट्र ख्याल-ख्याल मै गौरीको प्रेममा फसेर दंग।

लेखनाथ शिरोमणीको जुक्तिले भए मुक्ति पिंजडाको सुगा
धरणीधरले साहित्य सुधालाई छताछुल्ल छर्दै मठारे जुँगा ।
मोहन कोइरालाको त्यो फर्सिको झ्याँगमा गट्टा लागेन
बालकृष्ण समको मुटुको व्यथा बल्झिरह्यो निको भएन।

3 Comments

Add a Comment

Your email address will not be published. Required fields are marked *