दशैं

पुरै घर पोत्दा पनि रातो माटोले
ऊबेला क्रान्तिकारी हुन सकेन मेरो दशैं
घरको माथिल्लो भागमा कमेरोले पोत्दा
मेरो दशै सिहदरबार जस्तो देखिएको थिएन
शासंद सचिवालयमा सुटुक्क दवाव दिएर
दशैभत्ता बुझेर फर्कदा मात्र
जनताको जीत भएको अनुभव भएथ्यो मलाई

हली कान्छोको घरमा दशैं
कुभिन्डोमा बाँसका कप्टेराको खुट्टाहालेको
खसी चढेर आएको थियो
साईली घर्तिनी भाउजुको घरमा दशैं
काठको बाकसमा सपनाको अन्त्येष्ठी
बनेर आएको थियो
दुतावासबाट ह्विस्की गिफ्ट बनेर आउथ्यो
तर यसपल्टको दशै
काला-कु्र्ते सपथग्रहण बनेर आयो!
अनि पो दशै अग्रगमनका लागि आए झै भो
नत्र त्यो नखरमाउली दुर्गाले
मतपत्र चवाएर चुनावी माहोल बनाउने
हाम्रो कार्यकर्ता मारेको कथा
कसरी समाजवादी संस्कृति हुन सक्नू ?

भन्न त विधर्मी देशले दशै मान्दैन भन्छन्
किन नमान्नू ?
मानेकै छ युरोपले पनि दशैं
नत्र निधारका अक्षेताका गेडा गन्ने लेख लेख्न
घटस्थापनाको एक हप्ता अगाडी
कसरी पेस्की आउछ मेरो खातामा ?

One Comment

Leave a Reply to Bhagirathi Bhattarai Gnyawali Cancel reply

Your email address will not be published. Required fields are marked *