गीत: न त परेलीबाट आँसु झर्नसक्छ

न त परेलीबाट आँसु झर्नसक्छ
न त मनले केही गर्नसक्छ
जिन्दगी यो चलिरहन्छ
जो कोहीलाई यस्तो पर्नसक्छ

यहाँ होहल्लामा नाच्नुपर्छ
सुनसानमा पनि बाँच्नुपर्छ
जन्मेपछि यो धरतीमा
ओठैको लागि पनि हाँस्नुपर्छ

जिन्दगी यो चलिरहन्छ
जो कोहीलाई यस्तो पर्नसक्छ

रमाइलोमा पुगे बल्नुपर्छ
दु:खे पनि मुटु चल्नुपर्छ
हरेक रात थुप्रै आशमा
मीठो स्वप्नको लागि ढल्नुपर्छ

न त परेलीबाट आँसु झर्नसक्छ
न त मनले केही गर्नसक्छ
जिन्दगी यो चलिरहन्छ
जो कोहीलाई यस्तो पर्नसक्छ

Add a Comment

Your email address will not be published. Required fields are marked *