दोष
|एउटा औँलाले
भूमण्डललाई
रेखा गराइदियो……
चाँर आँलाले
मनलाई
खण्डन गराइदियो
मनको सागरमा
अनुभवका चट्टानहरुले
राज गरिसकेपछि पनि
भावनका छालहरुले
अनुभवलाई छुन मात्र पाए……
लेउलागेका किनारमा
कोरिने भाग्यको उपनाम
अस्ताउन कतिबेर पो लाग्छ र ….
सन्धान र साधनको बीचमा
अस्त, व्यस्त र ग्रस्त
यो जुनि
यो चोला
कति बाँचिरहूँ म……….
बाँचिरहनु दोष हो कि
बाँच्न पाउनु नै दोष हो ?
दोधारमा छु….
यो भाग्यको गहिराइमा
म पौडेर
मुक्तिको किनार खोज्दै छु…..
मुक्ति किनारमा छ कि गहिराइमा ?????,