बाकाे सपना
|तुफानी बेगले वृक्षहरूलाई चण्डी नाच नचाउँदा
परार साल हजुर बाले जतनले छाएका,
जस्ताका पाता पाता उडाउला झैँ भइरहदा
मेग जर्गन हुन्छ
र पृथ्वीलाई अातङ्कित तुल्याउछ
यसै बेला एउटा विउले पालुवा हाल्छ
वसन्तका ती जटिलतालाई चिर्दै
अामाले बडाे सकस पछिकाे शान्तिकाे सास फेर्दा
पहिलाे पल्ट संसारलाई तिमीले अावाज सुनाएकी थियाै
त्यसै बेला,
तिम्रा बाका अाखाँमा तिम्रा लागि सपनाले जन्मलिन्छन्
प्रथम पाईला टेक्नु अगावै
निश्चितताकाे घेरा ताेकीदा
लगामकाे घाेडा भयाै
या धागाेले बाँधेर उडाएकाे चङ्गा
कल्पनामा;
सेताे एप्राेन,
स्केप्थेपस्काे,
र नामकाे अगाडि डा.
बाले तिम्राे न्वारन अगाडि ‘डाक्टर’ उपमा पहिराइदिए
निश्चिन्त दाैडन मन लाग्दा पनि
निश्चितताकाे बाँध नकाटेकी
बाकी अाज्ञाकारी छाेरी तिमी
सेताे कपडालाई एप्राेनकाे अाकार दिइरहदा
स्केप्थपस्काेले झुक्किएर अाफ्नाै धड्कन सुन्न पुगीछाै
सम्मान र चाहानाकाे द्वन्द्व भयानक
बाकाे सपनालाई सकार तुल्याउने
या अाफ्नाे सपनाकाे विजाराेपन गर्ने?
सम्मानार्थ बाकाे सपनाले बाजी मार्याे
र तिम्राे चाहना साेप्निल गर्भमै तुहिए
सन्तान सुखकाे अञ्जली थमाईदिँदा
अाफ्नै सुखकाे दागबत्ति
हाे त्यसैले,
अाजका तिम्रा हरेक प्रगति पछिकाे मुस्कानमा
कहि कतै वितृष्णा झलक्क झल्किन्छ
पुर्ण सन्तुष्टिकाे रट लगाउदा पनि
कहि कतै रिक्तताले गिज्याउँछ ।