रोइरहेको नारायणहिटी दरबार

गणतन्त्रका नवराजाहरुको
एक पछि अर्को ममताहीन प्रहार
आज असह्यै पीडामा छटपटिएर
रोइरहेको नारायणहिटी दरबार

शाहवंशको राष्ट्र एकीकरणको
त्यत्रो लामो नेपालको इतिहास
बालुवाटार, गोकर्णको जग्गा हुँदै
नारायणहिटी हुनेभो सत्यानास

करौडौँ नेपालीको आस्थाको स्थान
रेस्टुरेन्टले पो बिटुलेने भो रे
एक एक गर्दै संस्कृति र मान्यता
लाइभ म्यूजिकले खल्बलिने भो रे

सयौँ गणतन्त्रका नवराजा बन्नलाई
सबैको साझा एउटा राजा हटाए
युवायुवतीलाई बाकसमा फर्किनु पर्ने
खाडि मुलुकतिर दु:खमा पठाए

गणतन्त्रका नवराजाहरुको
एक पछि अर्को ममताहीन प्रहार
आज असह्यै पीडामा छटपटिएर
रोइरहेको नारायणहिटी दरबार

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *