नदी
|बग्न थालेपछि नै त हो
पानीले नदी बनाएको
घुम्दै र शान्त गतिमा
हिड्न थालेपछि नै त हो
नदीले बाटो भेट्टाएको !
फूलमाया,
तिमीलाई
पानी मन पर्छ कि नदी
हिँडाइ मन पर्छ कि गति?
तिमी भन्थ्यौ नि –
पानीमा पनि आगो हुन्छ
तर नदी चैं किन नजलेको?
हिँडाइमा पनि त थकाइ हुन्छ
तर नदी चैं किन नगलेको?