धर्मराज थापाको आइकोन गीतको विश्लेषणात्मक अध्ययन

 

  • आमुख-

नेपाली वाङ्मयमा धर्मराज थापा एक आदरणीय नाम हो। उनी एक गीतकार, गायक, कवि, लोकगीत गाय संकलक, लोक  साहित्यको लेखक, अन्वेषक हुन्। अझ उनी नेपाली लोकसाहित्को सर्वश्व हुन। उनले यसको अन्वेषण, पुनरूत्थान, संवद्धन र प्रवर्द्धनका लागि आफ्नो जीवन सम्पर्ण गरेका थिए। पोखराको बाटुले चौरमा ..विसं. मा जन्मेका धर्मराज थापाले नेपाली संसारको सर्वेक्षण गरेका छन्। संसारभरि छरिएका गोर्खालीहरूको अवस्था हेर्न, नेपालको सन्देश दिन भ्रमण गरेका थिए। लोकका बिच गएर उनीहरूको गीत गाएर जनजनमा लोकप्रियता हासिल गरेका थिए। लोकजीवनका सुख दुखलाई अनले आत्मसात गरेका थिए। नेपालीहरूका घर घर गएर उनीहरूको मर्कालाई छाम्न सकेका थिए। उनका केही गीतहरू निकै लोकप्रिय थिए। हरियो डाँडामाथि हलो जोत्ने साथी, तेजिङ शेर्पाले पहिलोचोटि सगरमाथा सफलतासँग आरोहन गर्दा गदगद भएर नेपाल र नेपालीको मनोभावलाई गीतमा उतारेका हुन्। लेकको चौरीगाईको गोठ र मधेसको विचरण गर्दै गीतको रन्को लाउँदै हिँडेका हुन्।

  • विषय प्रवेश-

धर्मराज थापाले विसं. मा गाएको गीत संसारका नेपालीबिचमा लोकप्रिय र चर्चित भएको थियो। यस गीतलाई विभिन्न विषयबाट अध्ययन गर्न सकिन्छ। मूल गीत यस्तो छ-

हरियो डाँडामाथि हो जोत्ने साथी

हो हो माले हो हो तारे हो हो

ह ह ह ह ह ह !!! हो  र !!!

चाम्रो माटोमाथि बाल्दै मनको बात्ती

डल्ला फर्काइ फर्काइ ढाड मर्काइ मर्काइ

हो हो जुले हो हो हो जुरे हो !!!

हरियो डाँडामाथि हलो जोत्ने साथी

पख् पख् पख् ह ह ह  !!!

अनौं हलो समाइ बाँझो खन्छ कमाइ

हिँउद वर्षा भरि जोत्छ यसै गरी

हो हो तीखे हो हो तारे हो.

खेतीका दिन गए बसेर के भए?

काम गर्ने दिन सबै भाइ हिन ह ह ह !!!

  • सांस्कृतिक अध्ययन

प्रस्तुत गीतमा नेपाल र नेपालीको समाज र सांस्कृतिक कुरो अध्ययन गर्न सकिन्छ। नेपाली शारीरिक श्रम गर्ने जाँगरिलो जाति हो।  नेपाली जाति मूलतः कठोर परिश्रमी, शारीरिक श्रममा विश्वास गर्ने, विश्वासिलो मानिन्छौं। हाम्रो रगतमा काम गरेर खाने, श्रम गर्ने, कृषिमा निर्भर छौं।

राष्ट्रको कृषि विकासको आह्वान

यस गीतको मूल स्वर नेपाल राष्ट्रको कृषि उन्नतिको आह्वान पाइन्छ। नेपालमा हिमाल पहाड र तराइ गरी तीन भौगोलिक खण्डले मिलेको देश हो। नेपालले चाहे अन्नपानीमा स्वनिर्भर मात्र नभई निर्यात गर्न सक्ने क्षमता हुने सम्भावना छ। हिमाली भागबाट उत्पन्न भएका नदीहरू तल तल बग्दै गएर पहाड र मधेस हुँदै महासमुद्रमा मिसिन्छन्। यसरी उत्स भएर पहाड हुँदै मधेस झर्ने नदीले रै जमीनलाई अभिसिँचित गर्दै उर्वर बनाउँदै लान्छन्। प्रकृतिको परम सुन्दर वरदान हो नेपालको मानचित्र। पहाडमा पनि पहाडयोग्य खेती गर्दै हराभरा पारेको हुन्छ। मधेसमा धेरै खेती हुन सक्छ। नेपाल छाडेर बर्सेनी धेरै नाली बिदेसिन्छन्। नेपालबाट पलायन भएर संसारभरि छरिएका छन्। स्वदेशबाट पलायन भएर जाँदा परदेश पाउनसम्म दुःखशास्ती पाएका हुन्छन्, अर्काको मुलुकमा र अर्काको अधीनमा नोकरसरह बस्नुपर्ने स्थिति थियो। नेपालका राजा महेन्द्रले विदेशमा बस्ने नेपालीहरूका बारेमा चिन्तन गरेका थिए। उनले गाउँ फर्क अभियान पनि सञ्चालन गरेका थिए। विदेशमा दुःख पाएर बस्नुभन्दा स्वदेशमा ने उद्योग धन्दा गर्नेर बस्नु उचित हो। आफ्नो धरतीको खनजोत गरेर उब्जनी गरेर खाउ, इलम गर अनि नेपाल आमाको मुहारमा मुस्कान ल्याउ। यस अभियान धर्मराज थापाको पनि ठुलो योगदान दिएका थिए। उनले यस अभियानलाई नेपालको जम्मै जिल्ला घुमेर जातीय र राष्ट्रिय जागरणको सन्देश दिएका हुन्। यसै सिलसिला उनी दार्जिलिङ आसाम पुगेका थिए। दार्जिलिङका चियाकमान र बस्ती-बस्ती, आसामका छपडी, तेलखानी, शिलाङतिरका कोइलाखानी गएर स्वदेश फर्काउने सन्देश दिएका थिए। गीत गाएर राजाको सन्देश पुर्‍याएका थिए। यस क्रममा उनले नेपाली लोकभाका, लोकसङ्गीतलाई विश्वमा फैलाउन सफल भएका थिए।

  • कृषि क्रान्तिको आह्वान

यस गीतमा नेपालको विकासको कृषिलाई एकमात्र विकल्प मानिएको अनुभव हुन्छ। नेपाललाई कृषि उद्यमले आत्मनिर्भर नेपालको परिकल्पना गरिएको छ। हाम्रा पहाडतिरका गाउँ बस्तीहरू बाँझा छन्, तिनको खनजोत गरेर कृषिबाट फसल उपार्जन गरेर यो धरतीलाई हराभरा बनाउने परोक्ष आह्वान गरिएको छ।  कृषिको व्यापक प्रचार

  • राष्ट्र प्रेम अध्ययन

यस गीतमा मूल रूपमा नेपालमा कृषि क्रान्तिको आह्वान अन्तिर्निहित छ। उनका अरू गीत र कवितामा पनि देश प्रेम नै बढी पाइन्छ। नेपालीले माया मार्‌यो बरिलै, म भात खान्नँ  ए आमा उम्काइदियौ घरका जहान आदि जस्ता गीतमा  पनि देशप्रेमको झलक पाइन्छ। ‘नेपाल आमालाई संसारकी राम्री बनाइदिने’ इच्छा बोकेका थापाले यस गीतमा देशप्रेमको ओतप्रोत भएर यस गीत रचेका हुन्।

  • प्रगतिवादी दृष्टिकोणले यस गीतको व्याख्या

धर्मराज थापाले के सम्झेर यो गीतको रचना गरेका हुन् तर यसलाईअहिले आएर राजनैतिक तवरबाट व्याख्या गर्न सकिन्छ। यद्यपि यसगीतको मूल मर्म, आशय र परोक्ष संकेत परोक्ष रूपमा प्रगतिवादसित जोडेर हेर्न सकिने अवकाश (Space) र सम्भावना देखिन्छन्। उनको यो ‘हरियो डाँड़ामाथि हलो जोत्ने साथी’ गीतलाई राजनैतिक ‘वात’ नलागेको होइन। यसमा रहेका केही शब्द, वाक्यांश र वाक्यमा कता कता प्रगतिवादी व्याख्या गर्न सकिने ठाउँ छन्। “साथी”, “चाम्रो माटो”, “मनको बात्ती”, “डल्ला फर्काइ फर्काइ”, “ढाड़ मर्काइ मर्काइ”, “अनौ हलो समाइ”, “बाँझो खन्छ कमाइ”, “हिउँद वर्षाभरि जोत्छ”, “त्यतिका दिन गयो”, “बसेर के भयो?”, “काम गर्ने दिन सबै भाइ हिँड” । यस्ता शब्द, वाक्श र वाक्यमा प्रगतिवादको शङ्केत पाउन सकिन्छ। यहाँ रहेको  ‘हरिया डाँड़ामाथि हलो जोत्ने साथी’- भनेर यहाँ ‘साथी’ सम्बोधन गरिएको छ। मार्क्सवादीहरू अत्याधिक प्रयोग गर्ने ‘कमरेड’ को अर्थ साथी हो। यसमा सामूहिक खेतीको आभास पाइन्छ। काम गर्न दिन सबै भाइ हिँड, जाउँ,  गाँउमा मिलेर कम्मर मर्काइ मर्काइ काम गरौं भन्ने आह्वान छ। ‘चाम्रो माटो’ र  ‘बाँझो खन्नु’ भनेर नेपालमा युगौंदेखि जडता, अनुर्वतता, कर्महीनता, पलायनतालाई सङ्केत गरिएको छ। मानिसका मनमा नै जडता, असुरक्षा र पलायन प्रवृत्तिलाई तोडेर अघि बढौं। यस्ता जड़ता, पलायनतालाई तोडेर परिवर्तन गरेर नयाँ नेपालको  परिकल्पना गरिएको बुझ्न पनि सकिन्छ। पहाड गाउँ बस्ती बस्तीमा  काम गर्ने कर्मठहरूको जमात जुटाएर देशमा कृषिजन्य आर्थिक क्षेत्रमा अघि सर्नुपर्दछ। यहाँ गोरूका नामहरू पनि ‘तारे’ ‘माले’ छन्। तारा अङ्कित झण्डा काँग्रेस र मार्क्सवादी लेनिनवादी मिलाएर माले शब्द प्रचिलत छ। हलो पनि चीनको १९२७ मा स्थापना भएको Chinese National Peasants’ Association  को चिन्ह थियो। यसको उद्देश्य समाजवादको माध्यमबाट कृषकहरूको क्रान्तिको रूपान्तरण गर्ने थियो। यस संगठनको चिन्ह रातोमा पहेंले रङ्गको चिनियाँ आकारको हलो (हाम्रोतिरको हलोभन्दा आकारमा केही भिन्न) थियो। यो संगठन १९६४ मा भङ्ग भएको थियो। (em.m.wikipedia.org) । बसेर दिन निरर्थक र यथास्थितिमा बिते, अब त्यो होइन सबै नौजवान जुटेर काम गरी देशमा आर्थिक क्रान्ति ल्याउँ, सुधार गरौं, परिवर्तन ल्याउँ भन्ने सन्देश दिएका छन्।  उनको अर्को गीतमा गाउँ घर दुनियाँ ब्युँझाउन  मादल बजेको छ भन्ने भाव पाइन्छ। यसरी उनको गीतको प्रगतिवादको व्याख्या गर्न सकिने ठाउँ छन्। यस गीत कुन उद्देश्य र भावनाले लेखेका थिए, तर व्याख्याका परिधि बढाउन सकिन्छ। यद्यपि यसलाई क्रान्तिकारी र प्रगतिवादी भनेर व्याख्या गरे कतै राजनैतिक अपव्याख्या पनि हुन सक्छ । यो पाठक र स्रोताको बुझाइ र रूचिमा निर्भर हुन्छ।

  • गीतको संरचना
वस्तु वैकल्पिक अर्थहरू साङ्केतिक अर्थ
हरिया डाँडामाथि हरियो जङ्लको हरियो
हलो जोत्ने साथी
चाम्रो माटो
मनको बात्ती

 

  • भ्रमणका क्रममा कालिम्पोङसित जोडिएको धर्मराज थापाको एउटा तिक्त प्रसङ्ग- धर्मराज थापाले विं. सं. २०१० को फाल्गुनदेखि २०११ को मध्यसम्म तदनुसार इशाव्दको १९५४ सालभित्र भारतअन्तर्गत नेपालीहरू बसोबास रहेका गाउँ शहर घुमेका थिए। उनी देहरादुन, क्सू, कलकत्ता, शिलाङ, आसाम हुँदै दार्जिलिङ आइपुगेका हुन्।  उनी दार्जिलिङदेखि कालिम्पोङ आएका थिए।

Add a Comment

Your email address will not be published. Required fields are marked *