उ र म बाँचेको शहर
|धेरै दिनदेखि मलाई चिन्ताले पिरोलिरहेको थियो । कतै उसले गलत त गर्ने होईन ? फेरि एक मनले सोच्यो, यति पीडाको बाबजुत नि उ बाचीरहेको छ भने किन गलत कदम उठाउथ्यो र! उ त एक सहासिक प्रेमी हो आफ्नो प्रेमलाई समर्पण गरेको छ । …….
……
मोबाईलको घण्टी बज्यो, निन्द्रामा नै मोबाईल लिए, यसो हेरे अनि फोन उठाए ।
हलो गुडमर्निङ, उठनु भएको छैन ?
गुडमर्निङ भन्न नपाउदै
कफि पिउन आउने होइन ? ६ बजे आइपुग्नु होला है त्यो अस्ति कफि पिएको क्याफ्टेरियामा । फोन काटियो ।
मैले राहातको सास लिए, उ अहिलेसम्म बाचेको रहेछ, गलत केही भएको रहेनछ, धन्यवाद भगवान ।
मेरो शनिबार अबेरसम्म सुत्ने योजना बिफल भयो । हतपत उठेर तयार भइ म पनि क्याफ्टेरिया तिर लम्किए । करिब २५ मिनेट हिडेपछी म क्याफ्टेरिया पुगेँ । यताउता हेरे, उ अघि नै पुगेर एक कुनामा बसिरहेको थियो । मन्द मन्द म्युजिक बजिरहेको थियो (यति चोखो यति मिठो दिउला तिमिलाई माया……)
कति ढिला ?
मैले घडी हेरे ६ बज्न २ मिनेट बाकी थियो ।
म त समय भन्दा अगाडिनै आईपुगेको छु । प्रश्नउत्तर तेर्साए । कुर्नुपर्ने कुरा सबै यस्तै हुन्छ ?
एकछिन हासो छायो ।
भाइ २ कप कफि। ब्ल्याक है ।
यही समय सन्चो-बिसन्चोको भलाकुसरी चल्यो ।
टेबलमा कफि आइपुग्यो ।
कफि लिउ ।
कफिको तातो चुस्की लिदै उ एकाएक मौन भयो । सुन्यता छायो ।
हजुरलाई के भयो ?
-तिमीलाई थाहा नै छ मैले मायाको लागि सबै थोक त्याग गरे तर पनि “हामी” हुन सकेन । उनको लागि बाच्ने मान्छे म “उ र म” कहिल्यै “हामी” हुन सक्दैनौं किनकी “हामी” हुनको लागि “प्यार” को आवस्यक पर्छ जसको पहिलो अक्षर नै अधुरो छ । तर कसैले छोडेर जादैमा जिन्दगी चल्न नै छोडछ भन्ने होइन, समयसंगै जीवन त चलि नै रहन्छ । अब जिन्दगीले जहाँ लैजान्छ म त्यही जान्छु । जिवनमा सबैभन्दा बढी पीडा त मायाले दिदो रहेछ, मलाई लाग्थ्यो घृणाले होला भन्ने तर म भ्रममा रहेछु । मेरो अतित एउटा छाया हो म जहाँ जान्छु संगसङै साथदिदै पछ्याई रहन्छ । सायद मेरो जिवनमा साथ दिने पनि यो एउटा मात्र होला । सम्झन्छु दिल त उसको पनि टुटेको होला अनि महसुस गर्छु(आखाभरी आँसु पार्दै) आँखा रसाएर आउँछ । लाग्छ अहिले पनि उसले आफ्नो अन्तर कुन्तरमा मलाई लुकाएर माया नै गरिरहेको छ_ ।
उसभित्र रहेको पीडा प्रष्ट उसको ओठमा छाएको थियो ।
“थाहा छ तिमीलाई उ यो सहरमा नै छ, अनि आफ्नो नाम र पहिचान बदलेर बाचीरहेको छ तर नाम र पहिचान बदल्दैमा उ आफू आफैमा बदल्न त सक्दैन नि ? आखिर यो सबै उसले किन गरिरहेको छ ? साचो मायामा जतिसुकै झुट मुखबाट निस्किए पनि आखिर दिलले त सहि कुरा बताउन कहिल्यै छोडनेवाला छैन” ।
“म हरेक दिन बिहान मायामा मर्छु, हरेक साझ माया नै पिएर लठ्ठ हुन्छु, हरेक पल मायामा नै पाइला चाल्छु, माया नै साथ लिएर चिर निन्द्रामा जाने अनि यो मनलाई शुन्यतामा लगेर शान्ति दिलाउने मेरो इच्छा छ। थाहा छैन कुन दिन मेरो लागि अन्तिम दिन हुनेछ ।”
मैले उसको आखामा यस्तो माया देखे जुन एउटी आमाले आफ्नो बच्चालाई प्रेम गर्छिन ।
म मौन भइ सुनीरहे…….
कफि सेलाउदै गई रहेको थियो । मैले उसलाई कफि पिउन आग्रह गरे ।
मेरो मनमा अनेक कुराले एकैपटक आक्रमण ग¥र्यो । आखिर के का लागि संयोगले यो सबै कुरा गरिरहेको छ ?
अनि उसलाई छोडनुको कारण के हो ?
फेरी दुवैजना एउटै सहरमा ?
किन ?
कहि कतै भेट नभएको ?
वास्तविकता के हो ?
उनि को हुन? कस्ति छिन ? किन यो अवस्था आयो ?
आफैमा म हराए ।
एक्कासी मेरो नजर अर्को टेबलमा बस्ने मान्छेमा पुग्यो । उसलाई देखेर म अचम्ति पनि भए । अनि मनमनै हासो पनि लाग्यो, उसको जुँगा देखेर ।
कपको कफि सकिसकेको थियो । फेरी कफि पिउ? मैले संयोगलार्ई आग्रह गरे ।
उसले एकछिन बस्ने तर कफि नपिउने बतायो ।
“समय कति बलवान छ, हर कुरा क्षणमा नै परिवर्तन गराई दिन्छ । “उ र म” यो दुनियमा एक अर्काको लागि बनेको भन्नेमेरो सोच आज आएर कहि कतै मेल खाएन ।” “आखिर मैले सोचको पुगेको नै पो के थियो र ? तर हर पाईला पाईलामा मैले साथ दिएको कुरा आज पनि ताजै छ । मेरो सपना त पुरा भएन तर उसको सपना साकार पार्नको लागि मैले त्यो ठाँउ छोडेर आज यहाँ आएको । यो सहरमा भन्दा मलाई मेरो सहरमा सुख अनि भविश्य थियो । जहाँ म म संसारको सबै सुख भोगेर जिउन सक्थे तर उसको मायाको अगाडी यी सबै चिज केहि होईन ।”
संयोगले यो सबै भनि रहदा मलाई कता कता मेरो सपना पनि उसको जस्तै अरुको सपना पुरा गर्दैमा त जिवन अनि समय बित्ने र सारा सपना सपना नै हुने त होईन ? म झस्किए !
उ लगातार सुनाई रहेको थियो —आफ्नो व्याथा । जो उसले भोगेका आफ्नो पिडा भित्र पनि आशा जगाएर जिवन विताई रहेको थियो ।
संयोगको आँखामा अहिले पनि उनि बाहेक कोहि नभएको, हरेक बस्तुमा उनिसंगको यादहरु गासिएको देखेर मलाई उसको पागल पन हो या माया छुट्टयाउन समेत गा¥हो परिरहेको थियो ।