मायामा

चौडण्डी डाँडामा झ्याँगिएको छ सुन्दर बर
तिम्रो म छु नि माया दुनियाँमा मेरो को छर ?
सपना र विपनामा होस वा परिकल्पनामा
भुलेर पनि यो मनलाई रूवाउने काम नगर ।

सँ-सँगै बाँचौंला हामी सँधै सँ-सँगै हाँसौला
जाऊली होस वा चौरासी ब्यन्जन सँ-सँगै चाखौंला ।
शत्रुलाई डाहा लागोस् मित्रलाई लागोस् आहा
भनुन् यस्तो जोडी दुनियाँमा अन्त पाइन्छ काहाँ ?

स्पेस खोज्ने होइन हामीले भएको दूरि घटाउने हो
एक अर्काको मुटुमा नबिझाई सँधैलाई अटाउने हो।
माया मै रमाउँला हामी जीवनमा माया नै कमाउँला
जिन्दगीको यात्रा भरि निरन्तर तिम्रै हात समाउँला ।

Add a Comment

Your email address will not be published. Required fields are marked *