नारी हिम्मत
|स्वच्छ पवित्र गंगा हौ तिमी
परिआए गडगडाउने बाढी ल्याउने हिम्मत राख
उज्यालो छर्ने प्रकाश हौ तिमी
परिआए ज्वालामुखी बनी ध्वस्त पार्ने हिम्मत राख
आफ्नो कोखमा अर्काको नामको
फूल फुलाउने निस्वार्थ देवी हौ तिमी
परिआए आफ्नो अधिकारको लागि लड्ने हिम्मत राख
घर देश छोडेर परदेशमा उत्तिकै मेहेनत गर्छौ तिमी
पारिवारिक उत्तरदायित्व बुझाउने हिम्मत राख
सन्तानको गल्तीमा बिना गल्ति दोषि बन्छौ तिमी
आफुलाइ निर्दोष सावित गर्ने हिम्मत राख
खुशी आफूभित्र हुनेरहेछ
आफूभित्रको खुशीलाई छताछुल्ल बाड़ने हिम्मत राख
३६५ दिनमा १ दिन दिदा प्रफुल्ल हुने तिमी
३६५ दिन नै आफ्नो बनाउने हिम्मत राख
३६५ दिन नै नारी दिवस बनाउने हिम्मत राख ।