विदेशको भूमीमा नेपाली नयाँ वर्ष मनाउँदै

अमेरिकाको डेलावर राज्य तथा यसको नजिक बसोबास गर्ने नेपाली समुदायले आउँदै गरेको नेपाली नयाँ वर्ष २०७९ को स्वागत कार्यक्रम अप्रिल ९ शनिबार एक बनभोज कार्यक्रम गर्दैमनाएका छन् ।

कार्यक्रम डेलावर नेपाली पाठशालाको आयोजनामा भएको हो । बिदेशी भूमिमा हुर्कदै गरेका नयाँ नयाँ पुस्ताले पनि नेपाली भाषासंस्कृतिको अध्ययन गर्दै गर्दा नेपाली भाषा , संस्कृति अनि चाडपर्बको बारेमा सुशिक्षित गर्ने उद्देश्यले बनभोज कार्यक्रमको आयोजना गरिएको हो। यसै कुरालाई मध्यनजर गर्दै नेपाली पाठशालाको अबधारणा आएको हो । जहाँ ४५ बढी बालबालिका अनलाइन कक्षा लिइरहेका छन । अन्य नेपाली चाडबाड जस्तै नया बर्षको उपलक्ष्यमा पनि पाठशालाले कार्यक्रम आयोजना गरेको हो ।

उक्त बनभोज कार्यक्रममा करिब २५० जना को सहभागिता रहेको अनि बालबालिका तथा अभिभावकका विभिन्न प्रस्तुति रहेको रहेको थियो । मौसमले अनपेक्षित रुपमा बीच बिचमा अबरोध गरेता पनि विभिन्न आकर्षणहरुले दर्शकहरुलाइ भरपुर मनोरंजन प्रदान गरेका थिए ।

कार्यक्रमको उद्घोसण बिजय गैरे तथा बालबालिकाहरु स्यामी ढकाल , रिदम खनाल , प्रिशु गैरे अनि एड्रिका नेपालले पालै(पालो गरेका थिए ।

कलिला बालबालिकाहरु स्टेजमा जम्मा भई स्वदेशगान गाएका थिए । विदेशमा आएपछि बालबालिकाहरु नेपाली बोल्न जान्दैनन्, भन्ने ठुलो पिर अभिभावकमा रहेको हुन्छ । तर संस्कृतका श्लोक त्यो पनि महामृतुन्जय मन्त्र खरर भन्ने निहित आचार्य हुन् वा भरतनाट्याम जस्तो गहन नृत्य नाच्ने स्यामी ढकाल अवस्व पनि बहुमुखी प्रतिभाका धनि हुन् । साना साना मितेनीहरु सिसम र इशा हुन् वा बर्स्यो माया भन्दै माया बर्षाउने आश्मा, प्रिशु अनि एड्रिका हुन् , सबै कलिला नानीहरु भोलिको कला सस्कृतिका दरिला खम्बा हुन् । मैसाबले घाइते दिलमा आरा चलाइस्यो भन्ने अग्रिम र सुबिग्य अनि मैसाब बन्ने एन्जीलाको प्रस्तुति पनि कम रोमांचाक थिएन । यसै गरि म हुँ नेपाली बाबु गीत मा रिदमको प्रस्तुतिले स्टेज तताएको देख्न सकिन्थ्यो । अन्य एकल नृत्य प्रस्तुत गर्ने बालबालिकाहरु आश्मा, सुबिग्य, एनाले आफ्ना छुट्टा छुट्टै प्रस्तुतिबाट सबै दर्शकलाइ मन्त्रमुग्ध परेका थिए । यसैगरि गायनमा निहित आचार्य र स्यामी को एकल अनि अग्रिम र आर्नभ को संयुत्त प्रस्तुति रहेको थियो ।

बालबालिकाका मिठा प्रस्तुति पछि अभिभावकका पनि प्रस्तुति निकै रमाइला रहे । नेपालकी छोरी हँ म गीतमा रेखा रेग्मीले नृत्य गरेकी थिइन् । अनि कार्यक्रमको विशेष प्रस्तुति रहेको थियो बडा बा ( मुकुन्दे कमेडी गीत मा गरिएको प्रस्तुति । शैलेन्द्र देवकोटा, नारायण खनाल लगायत साथीहरुको प्रस्तुति निकै रोमान्चक मात्र हैन पेट मिची मिची हँसाउने थियो ।

सांस्कृतिक कार्यक्रमको अन्तिम तर अति नै महत्व बोकेको प्रस्तुति रहेको थियो स् पूर्व कोहि पश्चिम घर गीतमा सातजना महिला अभिभावकको संयुत्त नृत्य । यो प्रस्तुति यसकारण पनि बिशेष थियो कि सात जनामा सबैको पहिरन ले केहि बोलिरहेको थियो । जस्तै विभिन्न जातजाति स् नेवारी , शेर्पा, थारु,तामांग , गुरुङ अनि हिमाल पहाड र तराई को प्रतिनिधित्व । निलिमा हुमागाई को कोरियो ग्राफी तथा नेतृत्व को यौ प्रस्तुति मा साथ दिने अन्य कलाकारहरुमा रिता पाण्डे , सपना खनाल देवकोटा, दीपा ढकाल न्यौपाने, मन्जु पाण्डे , आज्ञा अधिकारी, प्रमिला पौडेल रहेका थिए ।
सांगीतिक कार्यक्रमको समापन संगै कार्यक्रमको अर्को भाग बार्बीक्यु , स्पुन रेस, भलिबल लगायतका कार्यक्रम रहेका थिए ।

त्यो बिचमा नेपाली पाठशालामा बालबालिकालाइ पढाउन आफ्नो अमुल्य समय खर्चिने शिक्षिकाहरु लाई सम्मान प्रदान गर्दै मायाको चिनो प्रदान गरिएको थियो । डा देव जैसी ले सम्मान प्रदान गर्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो । सम्मानित हुनुहुनेहरुमा प्रमिला पौडेल, आज्ञा अधिकारी , अनिरा कंडेल अनि शोभा डंगोल हुनुहुन्थ्यो ।

बार्बीक्युमा सुबोध अधिकारी , हुमलाल भण्डारी अनि बालकृष्ण नेपाल को टोलि निकै खटिएको देख्न सकिन्थ्यो । बालबालिकाका खेलकुदमा बिजय गैरे , प्रमिला पौडेल र अनिरा कडेल को संयोजकत्व रहेको थियो । यसो त आउदै गरेको इस्टर चाड पारी एग हन्ट पनि खेलिएको थियो। अभिभावक भलिबल मा नारायण खनाल अनि धन दीपक कार्की को संयोजकत्व रह्यो । मौसम अनुकुल नहुदा भलिबल को निर्धारित कार्यक्रम हुन नपाए पनि स्वत स्फुर्त रुपमा खेल चाही भैरहेको देख्न सकिन्थ्यो । बिहान ११ देखि साझ घाम नअस्ताउन्जेल विभिन्न कार्यक्रमको संयोजनले एक प्याकेज कै महशुश गराई रहेको थियो । अन्त्यमा डिजे नाच जसमा भर्जिनिया देखि आउनुभएका बिरेन्द्र आचार्य को जादुमय नृत्य ले सबैलाई मन्त्र मुग्ध पारेको थियो । फोटोग्राफिमा रजमित मानन्धर को योगदान रह्यो । कार्यक्रमको ब्यबस्थापन मा स्वयम्सेवक हरु को राम्रो संयोजकत्व देखिन्थो । कार्यकमका मुख्य संयोजक शैलेन्द्र देवकोटाले कार्यक्रम समापनमा बोल्दै सबैलाई धन्यवाद प्रकट गर्नुभएको थियो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *