“तिम्रो देशमा को चाँही बिकेको छैन कोसँग सहकार्य गर्ने ?”- चिनियाँहरू

“आदरणीय नरेन्द्र मोदीजी ! तपाइँलाई मिथिलाको राजधानी जनकपुरधाममा स्वागत छ । दुईसय वर्ष पहिले अंग्रेज तथा नेपाली बीच भएको सन्धि अनुसार मिथिलाक्षेत्र नेपाललाई दिएको थियो । त्यो सन्धि समाप्त भएको छ । अनुरोध छ कि माता सीताको आदर गर्दै यसलाई फिर्ता लिंदै मिथिला राज्यको गठन गर्नुहोस् ।” –कृति आजाद

कृति आजाद दरभङ्गाबाट निर्वाचित लोकसभा सदस्य हुन् । उनी सन् २०१४ मा भएको लोकसभामा भारतीय जनता पार्टीबाट निर्वाचित भएका थिए । तर सन् २०१५ डिसेम्बर २३ मा केन्द्रीय अर्थमन्त्री अरुण जेटली विरुद्ध्र दिल्ली एण्ड दिल्ली डिष्ट्रिक्ट क्रिकेट एसोसिएशनमा भ्रष्टाचार गरेको आरोप लगाएपछि उनलाई पार्टीबाट निस्कासित गरिएको थियो ।

“जनकपुरलाई भारतमा मिलाउनु पर्छ भन्ने कृति आजाद भारतीय सांसदलाई जनकपुर २ नंं प्रदेश र मधेश नेपाल देशको दुश्मन घोषणा गरी विरोध गरौं । त्यो सोच दुवै देशको अखण्डताका लागि खतरा हो । मोदी र ओली दुवै सरकारले तुरुन्त आवश्यक कार्वाही गरेर सार्वजनिक गरोस् । हामी बर्दास्त गर्दैनौ ।”
फेसबुकबाट
२०७५ बैशाख २

नेपाललाई सतीले सरापेको देश पनि भन्छन् । सतीले सरापेको भन्दैमा हामीले आफ्नो चरित्रलाई निस्कलङ्क नबनाउने हो र सतीले सरापेको भन्दैमा देशको निम्ति गरिने जिम्मेवारीबाट आफूलाई पन्छाउन मिल्छ ? जीवनको अन्तिम पटाक्षेपको इतिश्री नहुञ्जेल आफूलाई राष्ट्र र जनताको लागि सुपुर्द गरिरहनु पर्छ । यो मेरो मान्यता रहेको छ ।

भारतीय शासन सत्ता नौकरशाहको चपेटले मुलुकका सम्भ्रान्त विभिन्न दलका राजनीति पार्टीका जोसुकैको होस्, भित्र, घर–घरमा भारतीय साम्राज्यवाद पसिसकेको छ । देश भित्रका विभिन्न पार्टी अफिस, एनजिओ, आइएनजिओ धर्मको आडमा समाज सेवाको आडमा नेपाल विरोधी कृयाकलापमा भारतीय पक्षधरका वर्को ओढेको लश्करलाई बढाइ रहेको अवस्था छ ।

भारतका प्रधानमन्त्रीद्वारा नेपालको संविधान संशोधनको नाममा नाङगो हस्तक्षेप गरेका थिए । त्यसको वदलामा नाकावन्दी नै लगाएका थिए । भारतीय छिमेकीको ध्वासमा नाकावन्दी लगाउनु मेरो गलत हो । संविधान प्रतिको हस्तक्षेपका लागि नेपाली जनतासंग माफी मागेको छैन । जुन नाकावन्दीका कारण राष्ट्रियताप्रति अगाधता प्रकट गरिएबाट नै नेपाली जनताले एमालेलाई जिताए । यो विजय गराउनका पछाडि एमाले वृतमा देखिएको राष्ट्रियताकै कारण हो ।

हामी आम नेपाली जनताले भारतसँग सिङौरी पनि खेलेका छैनौ । संयुक्त राष्ट्रसंघको सदस्यको हैसियतले हाम्रो पनि पूर्णता त्यति नै छ जति भारतको छ । ठूलो राष्ट्रले सानो राष्ट्रलाई जे मन लाग्यो मनपरि तथा हाम्रो राष्ट्रिय स्वार्थप्रति गरेको हेपाहा प्रवृतिप्रति हाम्रै तत्कालीन सरकारले पनि भारतले नाकावन्दी गरेको नै छैन भन्ने लम्पसारवादी चरित्रलाई यसपाली हाम्रा प्रधानमन्त्रीले पुटदिए । के फरक राष्ट्रिय सरकारको चरित्र ? के.पी. र शेरबहादुर देउवामा के फरक प¥यो ?

सत्तामा पुग्ने वित्तिकै के.पी. ओलीले पनि त्यस्तै रूपरंग र लम्पसारको चरित्र देखाए । यस किसिमबाट आम नेपाली जनता कम्युनिष्ट सरकारबाट विरक्तिन बेर लाग्दैन जस्ता सन्देश प्रवाहितको वेग बढिरहेको छ ।

नेपाली काँग्रेसका बिमलेन्द्र निधिले २ नं. प्रदेशका बारेमा भारतीय सांसद कृति आजादले हाम्रो सार्वभौमसत्ता सम्पन्न मुलुकलाई विखण्डन अभिव्यक्तिप्रति नेपाल देशको दुश्मन घोषणा गरि विरोध गरौं भन्दै यो सोच दुवै मुलुकको अखण्डताका लागि खतरा हो भनेका छन् । कुटनैतिक स्तरमा नेपाल सरकारका तर्पmबाट भारतीय सांंसदले बोलेको विखण्डनकारी संदेशको अभिव्यक्ति आपत्ति भएको पत्र काठमाण्डौं स्थित भारतीय राजदूतावासलाई विरोधपत्र बुझाइयोस् । यस किसिमको विरोध मुलुकभरि नै हुनुपर्छ ।

भाष्कर गौतमले नेपाल (अंक ४० आइतवार ६ जेष्ठ)मा लेखेका छन्– “मोदीले के गरेका छन् ? समग्र नेपाली जनताको लागि नाकावन्दी । मधेशी राजनीति वरिपरि सौदावाजी । नागरिक अभिनन्दन भनि रहे पनि वाह्रबिघामा नागरिक सभामा मधेशी जनता, प्रादेशिक सरकार र संघीय सरकारले मोदीको सम्मान गरेका छन् । नागरिक अभिनन्दन गरेको होइनन् । अनि, मोदीले नागरिक सभालाई सम्बोधन गरेका हुन । हिन्दूहरूको महत्वपूर्ण मन्दिरमा पूजा गरेर उनले भारत, नेपाल र अन्य मुलुकका हिन्दुवादीहरूलाई पुनः एकपटक विशेष सन्देश दिएका हुन ।”

प्रधानमन्त्री नरेन्द्र मोदी कति अहंकारी तथा धर्मानन्धको नाममा एशियाली हिटलरी रहेछन भने नेपाल आपूmले बनाएका संविधानप्रति अझ भारतीय शासन व्यवस्थाका जोरजुलुम जारी राखेर, नेपालप्रति गरिएको नाकावन्दीप्रति लज्जित महसुस गरेनन् । न त आपूmले नेपाली जनतालाई मृत्युभन्दा डरलाग्दो नाकावन्दी थोपरेको प्रति कुनै सभाका लज्जा र हिनताबोध महसुस गरेनन् । मोदीको नेपाल भ्रमण हुनुभन्दा अगाडि नाकावन्दी र संविधान संशोधनमा भारतीय बखेडाप्रति क्षमा याचना मागेर भ्रमण तयको प्रारूप गरिनु पर्ने थियो । हाम्रा प्रधानमन्त्री के.पी. ओली अड्न नसक्नु तथा उनको अहमता तथा गलतीप्रति औलाउनु नसक्नु, राष्ट्रप्रति घातप्रतिघात हुँदा मौनताको अर्थ चाकरी प्रवृति दोहो¥याउनु नै हो भन्न सकिन्छ ।

नेपाली जनताले आशा भरोसा गरेर महाकाली माथिको घात प्रतिघातलाई बिर्सिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा गरिएको मृत्युभन्दा पनि डरलाग्दो प्रारूपको संरचनामा जीवन मरणको त्राहीमाममा बेचेर आएका थिए । तत्कालीन ओली प्रधानमन्त्री भएको बेला नाकावन्दी नखुलाइकन आउदिन भनेर अड्डी लिए । नाकावन्दी खोले पछि त्यतातिर लागे । ओलीले राष्ट्रप्रति अडान लिन्छन् राष्ट्रलाई बचाउने कार्यको अहम् भूमिका ओलीबाट हुनेछ भन्ने सोचेर धारणा बनाएर एमालेलाई चुनावी अभियानका नेपाली जनताले जिताए । नेकपा एमालेप्रति जनताको अटुट विश्वासको प्रतिफल हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली जनताले बनाएको संविधानलाई मान्यता दिएका छैनन । उनीद्वारा लगाइएको नाकाबन्दीप्रति मैले नाकावन्दी लागएर अपराध गरे तथा छिमेकीप्रति घात गरे भनेका छैनन् । यी सबैको टुङ्गो नलागीकन प्रधानमन्त्री ओलीलाई भारतीय शासनको निम्तो मान्न दिल्ली जाने जनादेश चै पक्कै दिएका थिएनन् । ओली मोदीलाई भेट्न कति आतुर भए । नेपालप्रति गरेको घातप्रतिघातका चोटप्रति आहातसम्म जाहेर गर्न समय पाएनन् । या ती कुरा भन्न चाहेनन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुस्ताङ्ग जान्छन् । मुस्ताङ्गबाट फर्किसक्दा पनि उनको सुरक्षाका लागि आएको सैनिक हेलिकप्टर त्यहाँ बसेर चीनको चियो चर्चामा तत्लीन रहन्छ । अघिल्लो पटक भूकम्पको लागि उद्दार गर्न आएको प्लेनले पनि यस्तै किसिको हरकत गर्न पछाडि परेको थिएन । भारतीय शासन व्यवस्थाबाट पटक पटक किन यस्तो हर्कत गरेर चीन र नेपाल बीच शत्रुता र नेपाल र चीनको सम्बन्धमा दरार होस् भन्ने भारतीय शासको चाहना स्पष्ट भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किएको २ दिन वितिसक्दा पनि सुरक्षामा आएका सुरक्षा सैनिक मुस्ताङ्गमा अड्डी लिएर बस्नुको पछाडि भारतीय स्वार्थ र नेपाल प्रतिको हेपाहा प्रवृति स्पष्ट भएको छ ।

प्रधानमन्त्री ओली के भन्नु हुन्छ ?

नेपाल एउटा सार्वभौमसत्ता सम्पन्न मुलुक हो । यो संयुक्त राष्ट्रसंघमा अन्य मुलुकको हाराहारीमा सबैको समान हैसियतका आधारमा यो पनि सदस्य हो । भारतीय नाकावन्दीको विरोध गरेर चीनसँग नेपालले अन्य मुलुकसँग सम्बन्ध जोड्ने तथा तेल, इन्धन, अन्य सामग्रीको लागि भारतसँग मात्र मुख ताक्नु नपर्ने स्थितिको सिर्जना गर्नुमा तपाइ र एमाले पार्टीले गरेका, राष्ट्रप्रतिको समर्पित भावनाप्रति हामी आम नेपालीहरू नतमष्तक भएका हौ ।

उत्तरपट्टीको छिमेकी मुलुकमा भएको वाआओ सम्मेलनमा नेपालको स्थिति शुन्य रहेको थियो । यहाँसम्म चीनको तर्पmबाट राष्ट्रप्रति विद्या भण्डारी वाआओ सम्मेलनमा उपस्थिति जनाउनका लागि समेत अनुरोध गरेको कुरा सार्वजनिक भएका छन् । तपाइलाई वाआओ सम्मेलनको भेलामा नेपालको उपस्थितिलाई नगण्य रूपमा हेरेको तथा तपाइको रुची नभएको स्पष्टता प्रदान गर्नु भएको भन्न सकिन्न र ?

प्रधानमन्त्रीज्यू ! तपाइ आपूm अनुपस्थिति त रहनु भयो । अन्यलाई भ्रमण टोलीमा जान समेतको चाहना राख्नु भएन । या भारतीय पक्षबाट त्यता जानका लागि तथा नेपालको अहंता भारतीय शासन व्यवस्थासँग सँगै जोडिएको छ भनेर देखाउनमा मद्दतगार तथा मतियारको भूमिका त निर्वाह गर्नु भएको होइन ? तपाइ निर्वाचित तथा एमालेप्रति जनताको अथाह आस्थाको धरोहरको रूपमा अभिमतद्वारा प्रष्टता प्रकट गरेको कुरालाई नकार्नको रहस्यलाई उद्घाटित गर्न किन ढिलाइ गरिरहनु भएको छ ? देशभक्त आम नेपाली जनता यस सम्मेलनमा नजानुको तात्पर्यता खोजी रहेकाछन् ।

चीन नेपालको अभिन्न मित्र हो । मित्र हुँदाहुँदै पनि लिपुलेक नेपालको भनेर जान्दा–जान्दै पनि भारतसँग लिपुलेकप्रति गरिएको वेपरवाहप्रति नेपाल सरकारका तर्फबाट नगरिनुका पछाडि नेपाल सरकारका उच्च पदस्थ कर्मचारी तथा विभिन्न पार्टीका नेताका भान्सा चौकामा भारतीय शासन व्यवस्थाले जकडेको कुरा घाम जस्तै छर्लङ्ग भएको छ । जनताबाट अपार स्नेहले बनेको एमाले पार्टीको त्यसतर्पmको उदासीनताले गर्दा राष्ट्रप्रति चिन्ता, चासो, ती हेपिएका नेपाली जनताप्रति तथा देशप्रति सिमाना तथा क्षेत्रका क्षेत्रलाई वैधानिक तथा हाक्का हाकी लुट्नु सेनाको मौनता आदिबारे वोल्नु नेपाली जनताले कसलाई गुहार्नु पर्ने हो यसबेला नेपाली जनता नै दिग्भ्रमित भएका छन् ।

हाम्रो निरिहता कठै

आदरणीय चित्रबहादुर के.सी.ले भारतीय शासन व्यवस्थाद्वारा ग्राण्ड डिजाइन भनेर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पहाड र तराईलाई छुट्याउने किसिमका हर्कतहरू एक पछि अर्को रूपमा प्रष्ट देखिदै आएको छ । यसै किसिमको भावभूमिका संसदमा उहाँले आप्mना धारणा राखि रहनु भएको छ । संसदहरू उहाँको भनाइहरू तथा सरकारमा बसेका सत्तासीनहरू नसुनेको वहाना गरिरहेका छन् । राष्ट्रको लागि सचेतता गराउँदा सांसदहरू तै चुप मै चुपको वहानामा आपूmलाई प्रस्तुत गरिरहेका छन् ।

२ नं. प्रदेशका मुख्यमन्त्रीका बौलट्ठी व्यवहारप्रति उसलाई खबरदारी गर्नुपर्छ । राष्ट्रप्रति स्वाभिमानलाई तल झार्ने कार्यप्रति निलम्बन गर्न तथा उनले गरेको धृष्टताप्रति कडा रुख अपनाउन सकारलाई के को अप्ठेरो छ ? यस किसिमका देश विखण्डन तथा देशप्रति घात प्रतिघात गरिने अभिव्यक्ति तथा राष्ट्रको अस्मिता प्रति नै अपमानपूर्ण व्यवहारलाई राष्ट्रले सहन गर्न सक्दैन । ती मुख्यमन्त्रीप्रति राज्यले कठोरका साथ प्रस्तुत होस् भन्ने देशभक्त नेपालीको उच्चतम आकांक्षा रहेको छ ।

नेपाल र भारत बीच खुल्ला सिमानाका कारण र अर्को तीर वीरगंज, विराटनगरमा भारतीय सरकारबाट थपिएका लालीपप केन्द्रका कारण पनि देशप्रति घात प्रतिघातका जालो बुन्ने सहायक अड्डा बनेका छन् । स्पष्टका साथ भन्नु पर्दा नेपाल भारत विरोधी क्याम्पको रूपमा नै यसले निर्देशन एवं त्यसको अगुवाई गरिरहेको छ । राष्ट्र विरोधी गतिविधिलाई निर्धक्क तथा पालित पोषितको रूपमा विकसित भइरहेको छ । सरकारको पहुँच पुगेको छैन । सरकारलाई यी सबै थाहा पाई पाईकन थाहा नपाएको वहानावाजी नाट्य गरिरहेको छ । राष्ट्रको अस्मिताप्रति आँच आउँदा त्यस किसिमका व्यवहार गर्दा पनि मन किन दुख्दैन ? राष्ट्रप्रति पीडा दिनेहरूप्रति आक्रोश किन आउँदैन ?

भविष्यमा यस किसिमका देशद्रोही कार्यको निरन्तरताले मुलुक सुरक्षित रहिरहने वातावरणलाई के कस्तो टेवा देला हामी ढुक्क हुन सक्छौ ? हाम्रा पुर्खाद्वारा अर्जित यस मुलुकको भविष्य तथा हाम्रा सन्तानको भविष्य राष्ट्र सुरक्षित रहँदैन । दिर्घकालीन हामी अभैm पनि सम्वर्धन तर्फ अघि नबढ्ने हो भने राष्ट्रको अखण्डता जोगाउनु अबेर नहोस् त्यसतर्पm सचेत बनौं ।

Add a Comment

Your email address will not be published. Required fields are marked *