लघुकथा: भष्माशुर सपना
|कपाल काट्ने काम गरेर गुजारा चलाउने नाईले भगवान शिवको तपश्या गऱ्यो । खुसी पारेर आशिर्वाद माग्यो-“मलाई भष्मासुरको जस्तै आशिष पाऊँ !”
शिवले श्रमिक नाईतिर अलिकति ठूला आखा पार्दै भने – “तिमीले पनि भष्मासुरले झै बेईमान गऱ्यौ भने के गर्ने जनसेवक ?
मैले मुलुकको मुक्तिका लागि र जनताको हितको लागि एकपटक मात्र आशिष प्रयोग गर्ने छु । मलाई एकपटक मात्र प्रयोग गर्न मिल्ने आशिष दिनोस् ।
शिवले तथास्तु भने । अन्तरध्यान हुनु पूर्व शिवलाई पनि उत्सुकता जाग्यो र सोधे- ‘तिमी यो आशिष प्रयोग कसलाई गर्छौ त बृद्द जनसेवक ?’
“मैले भोट दिएको मेरो ठुलो नेता साह्रै खराव निस्कियो प्रभू ।” -नाईले हात जोडेर कुटिल ढंगले मुस्कुरायो।
छिमेकी प्रधानमन्त्रीसँग कुनै महोत्सवमा भागलिदा समेत निदाएर उँघीरहेका बृद्द प्रधानमन्त्री झसङ्ग जागे र मुखबाट चुहिरहेको ऱ्याल हत्त न पत्त पुछे । ओहो कस्तो अशुभ सपना ! प्रमले मनमनै सोचे तर कसैलाई भनेनन् !
सुन्दर श्रृजना व्यङ्ग भरतपुर