स्थानीय निर्वाचनलाई फर्केर हेर्दा
|साथीले म्यासेज गरेको थियो मेसेन्जरमा कल गर न भन्दै मैले उसलाई फोन गरें नेपाल टेलिकमले घण्टीको साटो गीत सुनायो “लौन हजुर आयो निर्वाचन ” हो त साँची हामी समाचार सुन्दैनौं , उम्मेदवारले चर्को स्वरमा बजाएको गीत सुन्दैनम, अनि जता-ततै भएको नाङ्गो ताण्डव देख्दैनौं, भन्ने सोच्छन कि क्या हो नेपाल टेलिकमका कर्मचारीहरुले फोन गरे पिच्छे लिरिक्सनै कण्ठै हुने गरि, दिमाग नै रन्केला झैँ गरि यो धुन सुनाउन जरुरत पनि थिएन ।
फेसबुकभरि, पत्रिकाभरि, टुइटरभरि जता ततै माहोल चुनावी भएको छ। सायद इन्द्रलोकमा पनि नेपालको स्थानिय निकाएको चुनाबको चर्चा चुलिएको होला । देवलोकबाट रामसीताले हेर्दै होलान् मेरो जन्मभूमीमा राजनीति चल्दैछ, नेपालमा के भयो होला मेरो जन्भुमीको टुंगो भएर पनि धार्मिक कार्डको राजनीति खेल्दा बेटुङ्गोको बानाइदिए, आफ्नो अयोध्या कहाँ गयोध्या भयो भनेर राम नै रनभुल्ल छन् । म टिकटक त चलाउदिन नचलाए पनि टिकटकको चटकबाट फेसबुक र टुइटर अछुतो बसेको भने हुदैन । हात उचालेर बेढंगसँग कम्मर मर्काउदै नेपाली कांग्रेस जिन्दाबाद भन्दै नाचिरहन्छन, कोहि भने “नेपाली कांग्रेस जिन्दावाद भोट के मा सूर्यमा” भन्दै उफ्रिन्छन ।
कुवामा भ्यागुता उफ्रे भन्दा चर्को । ताई न तुइ भुइँखुट्टे फुँई देखाउन हामी नेपाली माहिर छौं।
यो स्थानीय चुनाव भनेको गाउसँग गाउ छोरासँग बाउ भिडाउने खेल हो, कतै मामा जुन लिएर उठेको छन् भने तेही भान्जा तारा लिएर उठेको हुन्छन्। गएको पाँच बर्षमा विकास मज्जाले भयो, सुकेको जिउ लिएर वडा अध्यक्ष चुनिएकाहरु फुकेको भुँडी लिएर फेरी मत माग्न आएका छन् । बाइक भुइँ-भुइँ पार्दै हिड्नेहरु पसिना पुछ्दै खुईफुँईं गर्दै सुस्केरा काढ्ने जनता लादिएर कमाएर रहर थाती राखेर तिरेको करमा रमाएर कार चड्ने सरकारले आफ्नो विकास मज्जाले गरे, हातीछाप चप्पल प्याट्प्याट पड्काउनेहरुले सरकारी बजेट पड्काउन पाएपछि ‘लुट्न सके लुट कान्छा नेपालमै छ छुट’ भन्दै लुट्ने भए । कतै कतै एकाध राम्रा नेता त चुनिए तर ति रासमै दबिन मजबुर भए ।
कतै उम्मेदवारहरु कम्मरमाथि नछुनुस तल लौरो भाटा जेले जति बजाए पनि फरक पर्दैन भन्दै सार्वजनिक मंचबाट भाषण गर्छन, हुन त ‘रद्दीलाई गद्दीमा टिकाउन’ खोजेपछि परिणाम त्यस्तै त हो। एकातिर एउटा उम्मेदवार हजार रुपैयाँ राख्दै ढोग गरेको तस्बिर भाइरल भयो। हुन त नेता तेस्तै चाहिन्छ जनतालाइ देउता नै मान्ने तर ‘चुनावअघि पाउ पडी गया चुनावपछि बिर्सी गया ।’ उनले स्पष्टिकरणमा स्पष्ट पारेछन् ढोग गरेको दिदीलाई हो भनेर हुन पनि हो हामी सबै नेपाली दाजुभाइ दिदीबहिनी। चुनावको आचारसंहितालाई अचार सम्झेर बट्टामा एउटा कुनामा थन्काए जसरी थन्काएका छन् । लौरोको प्रसङ्ग झिकिहालम काठमाडौंमा एक इञ्जिनिएर युवाले लौरो चुनाव चिन्ह लिएर सबै पार्टीका टटुबटुहरुलाई चर्को मतान्तर सहित पराजित गरे । नेपालका लौह पुरुष भनेर चिनिने गणेशमान सिंहले लौरो उठाए पनि जित्छ भन्ने काठमाडौंमा उनकै बुहारीले फलामको चिउरा चपाउँदै झैं स्वतन्त्र लौरोसँग लज्जास्पद हार बेहोर्न बाध्य तुल्याई दियो । अझ रमाइलो र खुशी लाग्दो प्रसङ्ग पनि ७९ को चुनावमा एउटा उप-महानगरपालिकाले देखायो त्यो त्यहाँको स्वतन्त्र उम्मेदवार स्थानीय अभियानता हर्कको लौरो अरुलाई भारी पर्यो । न ठुला-ठुल्ला वाचा न ठुल्ठुला गफ थियो त केवल समस्या समाधानको दृष्टिकोण र जनताले त्यहि मन पराएका थिए । राजधानीको नाम काठमाडौंबाट फोहोरमान्दु भइसकेको छ, प्रेमजोडी मुखमा मास्क आँखामा चश्मा लाएर अरुले नदेखुन भनेर होइन गाला र छाला धुलाम्मे नहोस भनेर, मास्क लाएकी प्रत्यक सुन्दरी आफ्नै प्रेमिका लाग्न बेर छैन, कुनै दिन मास्क छुटे हात छोडेर नाक समातेर हिड्न बाध्य छन् । हात समाएर समुन्द्रको तिरमा घुमाउन नसके पनि नाक थुन्दै बागमतीको तिरमा घुमाउँछु भन्ने जोक्सले नि राम्रै बजार ततायो। हुन पनि बागमती र विष्णुमति मति बिग्रेकाले गर्दा ढलमती भैसकेका छन् । जिउ सुधा हुन्छ भनेर छर्किने जल हो बागमतीको पनि अहिले छोयो मात्र भन्ने पनि दाज, लुतो, चिलाउने, कनाउने सब्बै हुन्छ । त्यस्तै खानेपानी र हिलो बाटोको समस्याले पिरोलिएका धरानमा त्यहि समस्याको समाधान गर्ने आश्वासन बाडेर पार्टीको पखेटा न लिएको एक स्वतन्त्र चरा उडान भर्ना भरि मतान्तर सहित विजयी छ। एक्लै अटो लिएर जनताको घर आगडि चोक आगाडी खुर्र खुर्र टाउको दुईचार भएको ठाउँमा आफ्नो विचार सालिन सत्यपरक ढंगले राखेर मन र मत जितेका उनले आश गरम काम राम्रै गर्लान। उनको न अघि कोहि थिए न पछि कोइ थिए तर उनीसँग उनको आत्मविस्वास थियो अनि अदृश्य जनसमर्थन पनि नत्र यहाँ पार्टीको नेताको पार्टी खान सात गाउँको जन्त र दश गाउको मलामीको भन्दा धेरै घुँइचो लाग्छ, ‘जौको झोल खसीको झोल को हो को हो लाई कोदाको झोल अनि बाइकमा झण्डा उठाउने झोलेलाइ पेट्रोलको झोल’ हाल्दा घडेरी बेचेका नेताले पांच वर्ष बजेटमा झोलझमेल गरेर पांच गुना घडेरी जोड्छन। जनता एकदिन विके नेता पाँच वर्ष टिक्छन अनि किस्ता किस्ता बिकिरहन्छन्। तर यसपाली धरानले नया धराणा ब्यक्त गर्यो यसपाली धरानले मतबल को सहि मतलब चिन्यो सुट्टुक्क आफ्नो भोट स्वतन्त्र तारिकाले स्वतन्त्रलाई दियो हेरौं उनी कतिको खरो उत्रिन्छन ।
चुनावको लागि भनेर चुनावी म्याद भरिलाइ म्यादी प्रहरीको भर्ना गर्यो सरकारले, अहिले तात्ते तात्ते गर्न थालेकालाई तातो जाउलो खुवाउन पनि टिकटकको साहारा लिन्छन् अभिभावकहरु, अहिले धेरैलाई जे पनि टिकटकिकरण गर्ने, भाइरलिकरण गर्ने अनि जे को पनि जता को पनि जस्तो पनि टिकटक पोस्टाउने प्रवृति ह्वात्तै चुलिएको छ, भाइरल बन्ने रहर भाइरल ज्वोरो भन्दा नि चर्को र व्यापक छ आहिले को पुस्तामा। पहिले बाजेले भगवानलाई भोग लागाएर खाना खानु हुन्थ्यो चोखि निस्टा गर्दै, बाको पालिमा बाले चोखि निस्टा गर्न छोडे जे पाए तेही लुडाए, बाजेले गौमुत्र अमृत भन्दै ग्रहण गर्थे, बाजेको छोरोले लुक्दै सोमरस पान गर्न थाले अहिले त्यहि बाजेको नाति नातिना कतै खाना ज्युनार गर्न गएका छन् भने फेसबुक टिकटक जता-ततै पोस्टाउने प्रवृतिको प्रलय छ भोग लाउने प्रविती त्यसैले हाटायो। मेरो घर छेउमा छन् एक जना पण्डित बाजे सप्तादेखि सरादसम्म यजमान उनलाई खोज्छन, बुडा पनि कौवा आएर टौवामा नचड्दै नित्य कर्म सकेर एक पौवा दुध र बाच्छीको मुत्रपान गरेर पूजा गर्न हिडी सक्छन, तिनैका नाति फेरी कुल ( बिन्दाश, रमाइलो,) देखिन भन्दै हप्तैपिच्छे वाइन धोक्दै गरेको टिकटक फोटो सामाजिक संजाल भरि छरपष्ट पार्छ। सामाज कुन दिशातिर गइरहेको छ थाहा छैन तर दिशा सहि हैन । अब सोच्नुहोला किन चुनावको बेला टिकटकको कुरा किन आयो भनेर सोच्नु होला अहिले गाँसबासको ध्याउन्न भन्दा पनि टिपटप भएर टिकटक र चटकि भएर टिकटकमा आउने जमात जताततै छन् । चुनावी रमाइलोमा म्यादीहरुको टिकटक पनि अग्रपंगतीमै हुन्छ। केहिको जागिर त टिकटकमा चट् चट् भन्दै म्यादी पोशाकको अपमान गरेको मा नै भयो । तर रमाइलो भन्ने यसपाली एउटा भिडियोले बनायो जसमा एक बच्चा आफन्ती कसैको म्यादी पोशाक चोरी पहिरिएर बोलेका छन्, ए सागर, बसन्ते, किश्ने हेर तेरो दै मिदी भैसक्यो ——— अब जता बसेर जोइन गुके नि फुक तेरो दाइको पावर चल्छ ——- जोइन भनेको गाँजा है सोझो पाठकलाई भन्दिम । यसले रामाइलो त औधी नै गरायो तर अवचेतन रुपमा समाजको सत्यता पनि उजागर गरेको छ एक शक्तिको दुरुपयोग अनि अर्को गाँजा मोह । यहाँ खरदार र हवल्दार ( माफ पाम पद तोकेको मा ) कमाइ इमान्दारपूर्वक काम गर्ने आइजीको सोझो तलब भन्दा ३ गुणा धेरै हुन्छ।
७९ को चुनावको कुरा गरिराख्दा भरतपुरको कुरा गरेनौ भने पाप लग्न सक्छ । कांग्रेसका पुरै मण्डली नै खनिएर हँसिया-हथौडाको लागि भोट मागेको ठाउँ हो भरतपुर महानगरपालिका। देशको प्रधानमन्त्रीले धरी गठबन्धनको एक सदस्य पार्टीको अधक्ष्यको हैसियतले भन्दै मयेरको प्रत्याशी लागि भोट माग्न पुगे। देशको शक्तिशाली नेता पूर्व प्रधानमन्त्री छोरी थिइन् प्रत्याशी जित पनि उनैको भयो, नेताले त बोलिदिए कांग्रेसीले हँसिया-हथौडामा भोट नहाले देश दुर्घटना जान्छ भनेर। अब जनतालाई सकस जिताइदि नै पर्यो नत्र फेरी जंगल पसे भन्ने आपत । गारो छ जनतालाई।
अब कुरा गरम गठबन्धनको पहिले त सिद्धान्तै नमिलीसँग केको आधारमा गठबन्धन मात्र सत्ता टिकाउनको लागि । नाम पर्यो पाँच दलको तर यो चुनावमा रमाइलो छ, म एकलाई लडेको भन्ने एमाले पनि ठाउँ हेरी गठबन्धन गरेकै छ, कतै उछिट्टिएको कमल थापाको राप्रपालाई बोकेको छ त कतै लिङ्ग्देनको राप्रपासँग लिंक गरेको छ अझ हाँसो लाग्दो त कतै कतै त कांग्रेस र एमालेले नै आरु विरुद्ध मोर्चाबन्दी गठबन्धन गर । प्याच्च नलेखौं तर यो गठबन्धन ठिक वा बेठिक भनेर धेरै बुद्धिजीवीको विवादित बहस छ हुन त आजकल जो पनि बुद्धिजीवी डुप्लिकेट बुद्धिजीवी माझबाट सहि बुद्धिजीवी चिन्न बगरबाट शालिग्राम चिन्नु जतिकै गारो छ । गठबन्धनलाई ठगबन्धन भन्ने जनताको जमात पनि उत्तिकै छ अनि नेताको पनि हुन पनि वर्षौदेखि ठगिएका जनता जो हुन् । जुन जोगी आए नि कानै चिरेका पुरानो उखान हो, जुन नेता आए नि भ्रष्टचारी अहिलेको समयसापक्ष उखान भयो । गाउँको चुनावी बखान बेग्लै छ त्यो गर्दै गरौला आश गरौ ७५३ पालिकाले कर्मठ विकासप्रेमी प्रमुख र नेता पाएको होस् ।
Twitter: https://twitter.com/NabinSu53062628